रमेश गिरी,प्युठान। जिल्ला समन्वय समितिका उपप्रमुख पदम वहादुर थापाले रेडक्रसकाे मुख्य उद्धेश्य मानव सेवा भएकाेले सबै शिक्षक तथा विद्यार्थीहरू एक भएर मानव सेवामा लाग्नुपर्ने बेला अाएकाे बताएका छन । गोष्ठिका प्रमुख अतिथी समेत रहेका उनले पुर्वीया संस्कृतिले पनि मानव सेवालाई प्राथमिकता दिएकाे भन्ने कुराकाे स्मरण गराउन भ्याए । झिम्रुक गाउँपालिका २ गडेरपानी बाँदिकाेट स्थित सर्वाेदय मा. वि. मा सुरु ३५ अाै जिल्ला स्तरिय युवा रेडक्रस सर्कलकाे जिल्ला गाेष्ठिका अबसरमा उनले उक्त कुरा बताएका हुन।
गोष्ठिका विशेष अतिथि झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीले गाेष्ठीकाे सफलताकाे शुभ कामना ब्याक्त गर्दै व्यापार गर्न हिडेका हेनरी ड्युनोले मानव जातीकाे सेवा गरेकाे कुराकाे बारेमा जानकारी दिदै अब हजाराै हेनरी ड्युना जन्मनु पर्ने अवस्था अाएकाे धारणा राखे। ‘स्थानीय सरकार रेडक्रसकाे साथमा छ’ जिसीले भने। रेडक्रसकाे विकासमा जुनसकै सहयाेग गर्न स्थानिय तह तयार रहेकाे अध्यक्ष जिसीले धारणा राखे । उक्त कार्यक्रममा नेपाल रेडक्रस साेसाइटिका सभापति गुमानराज पुलामीले युद्धमा घाईते भएका ,खान नपाएका ,पिडामा छटपटाई रहेका मान्छेहरूलाई सहयाेग गर्ने मनसायले रेडक्रसकाे स्थापना भएकाेले सवैले त्याे सिद्धान्तलाई अात्मसाथ गरि रेडक्रसकर्मीहरूले व्यबहार गर्नु पर्ने धारणा सहित रेडक्रस सम्वन्धी प्रशिक्षणात्मक भनाई राखेका थिए ।जिल्ला शिक्षा समवन्य एकाई प्रमुख शिव पण्डितले जिल्लामा ब्लड बैंक धरासायी अवस्थामा रहेकाेले याे गाेष्ठि पछि त्याे ब्लड बैंकमा ब्लड जम्मा गर्न सबै सर्वसाधारण तथा रेडक्रसकर्मीसंग अाग्रह गरे ।
उक्त गाेष्ठिकाे सफलताकाे शुभ कामना झिम्रुक गाउँपालिका वडा न. २ वडा अध्यक्ष बल बहादुर मतहरा , ने.रे.साे. का ५ प्रदेशका सदस्य नारायण प्रसाद पाैडेल, पत्रकार महासंघका पुर्व अध्यक्ष सुशील पाेख्रेल ,बाल संजालका अध्यक्ष प्रेम बहादुर विश्वकर्मा लगाएतका सामाजिक अगुवाहरुले धारणा राखेका थिए । रेडक्रसका जिल्ला सचिव ज्ञानहरि रिजालले प्रगति प्रतिवेदन प्रस्तुत गरे भने प्रधानाद्यापक लाल वहादुर एम.सीले स्वागत गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पित बहादुर एम.सिकाे अध्यक्षता भएकाे कार्यक्रमकाे संचालन शिक्षक नायक शिव बहादुर महतरा गरेका हुन । कार्यक्रम २८ गते सम्म चल्ने अायाेजकले जनाएकाे छ। कार्यक्रममा जिल्लाका ५४ अाेटा माध्यामिक विद्यालयहरूकाे सहभागिता छ ।
युवा रेडक्रस सर्कलकाे ३५औँ जिल्ला स्तरीय गाेष्ठि सुरु,कस्ले के बोले?
युवा रेडक्रस सर्कलकाे ३५औँ जिल्ला स्तरीय गाेष्ठि सुरु,कस्ले के बोले?
Advertisement
तपाईको प्रतिक्रिया