• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

बालबालिकालाई सास्ती: २२ किलोमिटर हिँडेर स्कुल आउजाउ


  •   शुक्रबार, माघ २५, २०७५ मा प्रकाशित
  • केशर रोका,प्युठान : माण्डवी गाउँपालिका–१ कुमालटारकी कृष्णा ठेडी बिहान ६ बजे उठ्छिन्। राम्रोसँग हातमुख धुन नपाउँदै उनलाई विद्यालय हिँड्न हतार हुन्छ। केहीबेर घरमा ढिला गरिहाले साथीहरूले छाड्छन्। तीन घण्टा पैदल यात्रापछि मात्र उनी विद्यालय पुग्छिन्। बिहानै गाडी पाउँदैन। संयोगवश गाडी भेटिहाले पनि रोक्दैनन्। आजको अन्नपुर्णमा केशर रोकाले यो समाचार लेखेका छन। ठेडीलाई राम्रोसँग पढ्नेभन्दा धेरै पिरलो विद्यालय पुग्ने र फर्किनेमै हुने गरेको छ। बिहान घरमा परिवारसँग बसेर खाना खानु उनका लागि बिरानो बनिसक्यो। चिया, नास्ता खाएर टिफिनको खाना बोकेर उनी दिनहुँ विद्यालय पुग्ने गर्छिन्। अतिरिक्त कक्षा र ट्युसन पढ्दा पाँच बजे नै उनी विद्यालय हिँड्नुपर्छ। दिन छोटा हुँदा अँध्यारोमा हिँड्नै मुस्किल हुने गरेको उनी दुःखेसो पोख्छिन्। नौ कक्षामा अध्ययनरत १७ वर्षकी ठेडीको दैनिकी विद्यालय आउने–जाने चिन्ताले बित्ने गरेको छ। थकानले गर्दा राम्रोसँग पढ्न पाउँदैनन्। झोलाभरि कापी, किताब बोकेर उनीसहित थुप्रै विद्यार्थी घण्टौँ पैदल यात्रापछि मात्र विद्यालय पुग्ने गरेका छन्। माण्डवी माध्यमिक विद्यालय नयाँगाउँमा पढ्न जाने टाढाका बालबालिकाले वर्षौंदेखि यस्तै पीडा झेल्दै आएका छन्। ११ किलोमिटर टाढाको दूरीबाट बालबालिका हिँडेर विद्यालय पुग्ने गर्छन्। थक्लेनी, कुमालटार, सिमलचौर, एकचोटेलगायत क्षेत्रका बालबालिकालाई विद्यालय पुग्नै सकस हुने गर्छ। जसपुर, चकचके, आपचौर, सल्लीकोट, नरसुउदयपुरकोट, धाइरेचौर र भलावाङका बालबालिकासमेत घण्टौँ हिँडेर विद्यालय जाने गर्छन्।

    Advertisement

    ‘स्कुलमा पुग्दा खुट्टा दुख्छन्’, ९ कक्षामा अध्ययनरत थक्लेनीकी १५ वर्षीया सेमन्ता उलुङेले भनिन्, ‘६ बजे हिँड्नुपर्छ। थकाइ लागेर पढ्नै सकिँदैन।’ आठ कक्षासम्म जस्पुरस्थित भवानीश्वरी आधारभूत विद्यालयमा पढेको उनले सुनाइन्। माध्यमिक विद्यालयमा आउजाउ गर्न करिब २२ किलोमिटर हिँड्नुपर्छ।

    गाउँमै माध्यमिक तहसम्म पढाइ हुने विद्यालय नहुँदा टाढाका बालबालिका घण्टौँ हिँडेर विद्यालय पुग्ने गरेका छन्। बस्ती छरिएकाले टाढाका गाउँमा मावि सञ्चालन गर्न समस्या हुने सम्बन्धित विद्यालयले जनाएका छन्। ६ कक्षादेखि माथिका २ सय ७१ जना विद्यार्थी आउजाउ गर्दा झण्डै ६ घण्टा हिँडेर विद्यालय आउने गरेको प्रधानाध्यापक मेघराज पौडेलले जानकारी दिए। ‘स्कुल बस सञ्चालन गर्न सके विद्यार्थीलाई धेरै सहज हुने थियो’, उनले भने, ‘विद्यालयले लगानी गर्न सक्ने अवस्था छैन। साना बालबालिका घण्टौं हिडेर स्कुल आउँदा साह्रै पीडाबोध हुन्छ।’ पढ्न आउने विद्यार्थीको घरघरमा गाडी पुग्ने मोटरबाटोको सुविधा भए पनि स्कुल बस सञ्चालन गर्न नसकिएको उनले सुनाए।

    कतिपय बालबालिकाले विद्यालय आउन–जानका लागि साइकल किनेका छन्। तर, त्यसले दिगो समाधान दिन सकेको छैन। सबैको पहुँचमा साइकल नहुँदा अझ विद्यार्थीमा मनोबल घटाएको पाइएको छ। जिल्लाकै अब्बल मानिने उक्त विद्यालयमा विद्यार्थीको आकर्षण बर्सेनि थपिँदै गएको छ। माण्डवी गाउँपालिकाले पालिकामध्येबाट नमुना विद्यालयका रूपमा यसै विद्यालयलाई अघि सारेको छ। उक्त विद्यालयमा ८ सय ७० जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक पौडेलले बताए।

    शुक्रबार, माघ २५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation