• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ २५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मोडल तथा निर्देशक शंकर बिसीको ‘एउता नाता’ सार्वजनिक

साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

तरकारी खेती गर्दै जनप्रतिनिधी

गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

लोकप्रिय समाचार

  • १. लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

  • २. लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

  • ३. रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

  • ४. गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

  • ५. कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

  • ६. गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

  • ७. बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

  • ८. स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

  • ९. प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

  • १०. दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

बालबालिकालाई सास्ती: २२ किलोमिटर हिँडेर स्कुल आउजाउ


  •   शुक्रबार, माघ २५, २०७५ मा प्रकाशित
  • केशर रोका,प्युठान : माण्डवी गाउँपालिका–१ कुमालटारकी कृष्णा ठेडी बिहान ६ बजे उठ्छिन्। राम्रोसँग हातमुख धुन नपाउँदै उनलाई विद्यालय हिँड्न हतार हुन्छ। केहीबेर घरमा ढिला गरिहाले साथीहरूले छाड्छन्। तीन घण्टा पैदल यात्रापछि मात्र उनी विद्यालय पुग्छिन्। बिहानै गाडी पाउँदैन। संयोगवश गाडी भेटिहाले पनि रोक्दैनन्। आजको अन्नपुर्णमा केशर रोकाले यो समाचार लेखेका छन। ठेडीलाई राम्रोसँग पढ्नेभन्दा धेरै पिरलो विद्यालय पुग्ने र फर्किनेमै हुने गरेको छ। बिहान घरमा परिवारसँग बसेर खाना खानु उनका लागि बिरानो बनिसक्यो। चिया, नास्ता खाएर टिफिनको खाना बोकेर उनी दिनहुँ विद्यालय पुग्ने गर्छिन्। अतिरिक्त कक्षा र ट्युसन पढ्दा पाँच बजे नै उनी विद्यालय हिँड्नुपर्छ। दिन छोटा हुँदा अँध्यारोमा हिँड्नै मुस्किल हुने गरेको उनी दुःखेसो पोख्छिन्। नौ कक्षामा अध्ययनरत १७ वर्षकी ठेडीको दैनिकी विद्यालय आउने–जाने चिन्ताले बित्ने गरेको छ। थकानले गर्दा राम्रोसँग पढ्न पाउँदैनन्। झोलाभरि कापी, किताब बोकेर उनीसहित थुप्रै विद्यार्थी घण्टौँ पैदल यात्रापछि मात्र विद्यालय पुग्ने गरेका छन्। माण्डवी माध्यमिक विद्यालय नयाँगाउँमा पढ्न जाने टाढाका बालबालिकाले वर्षौंदेखि यस्तै पीडा झेल्दै आएका छन्। ११ किलोमिटर टाढाको दूरीबाट बालबालिका हिँडेर विद्यालय पुग्ने गर्छन्। थक्लेनी, कुमालटार, सिमलचौर, एकचोटेलगायत क्षेत्रका बालबालिकालाई विद्यालय पुग्नै सकस हुने गर्छ। जसपुर, चकचके, आपचौर, सल्लीकोट, नरसुउदयपुरकोट, धाइरेचौर र भलावाङका बालबालिकासमेत घण्टौँ हिँडेर विद्यालय जाने गर्छन्।

    Advertisement

    ‘स्कुलमा पुग्दा खुट्टा दुख्छन्’, ९ कक्षामा अध्ययनरत थक्लेनीकी १५ वर्षीया सेमन्ता उलुङेले भनिन्, ‘६ बजे हिँड्नुपर्छ। थकाइ लागेर पढ्नै सकिँदैन।’ आठ कक्षासम्म जस्पुरस्थित भवानीश्वरी आधारभूत विद्यालयमा पढेको उनले सुनाइन्। माध्यमिक विद्यालयमा आउजाउ गर्न करिब २२ किलोमिटर हिँड्नुपर्छ।

    गाउँमै माध्यमिक तहसम्म पढाइ हुने विद्यालय नहुँदा टाढाका बालबालिका घण्टौँ हिँडेर विद्यालय पुग्ने गरेका छन्। बस्ती छरिएकाले टाढाका गाउँमा मावि सञ्चालन गर्न समस्या हुने सम्बन्धित विद्यालयले जनाएका छन्। ६ कक्षादेखि माथिका २ सय ७१ जना विद्यार्थी आउजाउ गर्दा झण्डै ६ घण्टा हिँडेर विद्यालय आउने गरेको प्रधानाध्यापक मेघराज पौडेलले जानकारी दिए। ‘स्कुल बस सञ्चालन गर्न सके विद्यार्थीलाई धेरै सहज हुने थियो’, उनले भने, ‘विद्यालयले लगानी गर्न सक्ने अवस्था छैन। साना बालबालिका घण्टौं हिडेर स्कुल आउँदा साह्रै पीडाबोध हुन्छ।’ पढ्न आउने विद्यार्थीको घरघरमा गाडी पुग्ने मोटरबाटोको सुविधा भए पनि स्कुल बस सञ्चालन गर्न नसकिएको उनले सुनाए।

    कतिपय बालबालिकाले विद्यालय आउन–जानका लागि साइकल किनेका छन्। तर, त्यसले दिगो समाधान दिन सकेको छैन। सबैको पहुँचमा साइकल नहुँदा अझ विद्यार्थीमा मनोबल घटाएको पाइएको छ। जिल्लाकै अब्बल मानिने उक्त विद्यालयमा विद्यार्थीको आकर्षण बर्सेनि थपिँदै गएको छ। माण्डवी गाउँपालिकाले पालिकामध्येबाट नमुना विद्यालयका रूपमा यसै विद्यालयलाई अघि सारेको छ। उक्त विद्यालयमा ८ सय ७० जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक पौडेलले बताए।

    शुक्रबार, माघ २५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव
    प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा
    गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित
    स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट
    प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार
    दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

    लोकप्रिय

    • १.
      लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

    • २.
      लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

    • ३.
      रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

    • ४.
      गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

    • ५.
      कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

    • ६.
      गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

    भर्खरै

    • १.
      मोडल तथा निर्देशक शंकर बिसीको ‘एउता नाता’ सार्वजनिक

    • २.
      साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

    • ३.
      तरकारी खेती गर्दै जनप्रतिनिधी

    • ४.
      गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

    • ५.
      प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

    • ६.
      गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

    • ७.
      स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

    • ८.
      प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation