सल्यान-प्रेमीसँग मिलेर आफ्नै नावालक ४ बर्षीया छोराको हत्या गर्ने सल्यान कि एक महिलालाई जिल्ला अदालत सल्यानले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।जिल्लाको छत्रदेव गाउँपालिका–४ सुगरपोखरीका १९ वर्षीया यमुना केसीले छोरा समिर खत्रीलाई पुस २८ गते बिहान ७ बजे सेल्फास नामक विषादी खुवाएर हत्या गरेको आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको सल्यानका प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले बताए ।
‘निजका श्रीमान भारतको रोजगारीमा थिए, यता श्रीमतिले इमोमार्फत काठमाडौं तिरको केटासँग अविवाहित छु भन्दै प्रेम सम्वन्ध राखेकी रहिछन,’ डिएसपी शाहीले भने– ‘गत दुई÷चार महिनासम्म निरन्तर फोनमा कुरा हुँदै आएको रहेछ त्यसैले छोराको त्यसरी हत्या गरेको उनले स्वीकार गरेकी छन ।’ त्यसको एक हप्ताअघि मात्र उनका श्रीमान लिलाधर खत्री भारतबाट घर आई फर्केको डिएसपी शाहीले बताए ।