माधव खनाल, अर्घाखाँची। छोरी बलात्कार गरेको आरोपमा अर्घाखाँची प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ६ जुकेनाकि एक १२ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको हो । बालिकाकी आमाले श्रीमानबाट छोरी बलात्कार भएको उजुरी प्रहरी कहाँ दिएपछि घटना बाहिरिएको हो।
Advertisement
बालिकाकी आमाले आफू घर नभएको बेला छोरीलाई बलात्कार गरेकाले कानुन अनुसार कारबाही गर्न माग गरेकि छन् । आमा आफन्तको घरमा गएको समयमा उक्त घटना भएको हो । हजुरबुवाको मोवाईलबाट छोरीले फोन गरेर घटनाबारे बताए पछि घरमा आई हेर्दा छोरीको गुप्ताङ्ग सुन्निएको देखिएको आमाले बताइन् ।
छोरी बलात्कारको आरोप लागेका जुकेनाका उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नबराज मल्लले जानकारी दिए।