माधव खनाल,अर्घाखाँची । बहुविवाह गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको भुमिकास्थान नगरपालिका-५, असुरकोट बस्ने जिवन केसी ४ वर्ष पछी उनकै घरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।
२९ वर्षिय केसीलाई उनकी जेठी श्रीमती मन्जु केसीको जाहेरिका आधारमा जिल्ला अदालत अर्घाखाँचीले २०७१ साल चैत्र २५ गते २ वर्ष कैद र ५ हजार रुपैँया जरिवाना तोकेको थियो । ठहर भएको कैद र जरिवाना भुक्तान नगरी भारतको विभिन्न स्थानमा लुकिछिपी बस्दै आईरहेका उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन।
घर आएको गोप्य सुचनाका आधारमा घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिनुभयो । पक्राउ पछी जिल्ला अदालत अर्घाखाँची मार्फत केसीलाई कारागार चलान गरिएको पत्रकार लक्ष्मण घिमिरेले जानकारी दिनुभएको हो ।
अर्घाखाँचीमा बहुविवाह गरी फरार रहेका एकजना पक्राउ
अर्घाखाँचीमा बहुविवाह गरी फरार रहेका एकजना पक्राउ

Advertisement
तपाईको प्रतिक्रिया