• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

बर्षमान र ओनसरीले नदिएकाे जवाफ ?


  •   बिहिबार, माघ १०, २०७५ मा प्रकाशित
  • जीवन डाँगी,काठमाडौं।

    Advertisement

    एक शब्द : जेल्बाङका भुवन बुढा जनयुद्धका सहिद हुन्। उनी परिवारका एक्ला छाेरा थिए। कलिलो उमेरमा युद्धमा हाेमिए र ज्यान गुमाए। पुनले चुनाब जितेपछि बीबीसी नेपालीकाे एक कार्यक्रममा, युद्धपछि राेल्पाकाे यर्थात चित्र देखियाे। जहाँ बर्षमान जवाफ दिन सक्दैन्थे, अाेनसरी रुन्थिन् र वास्तविक पात्र हाँसिरहन्थे। पुनले तीनै भुवनका बुबा मंगले बुढाकाे घर बनाईए र सानदार तरिकाले उद्घाटन भयाे। र सबै सहिदहरुकाे सपना समेत साकार गरे। यति मात्रै हाेइन, राेल्पा जिल्लामा फुसकाे छानाे हटाए, टिनकाे छाना लगाउने कार्यक्रम पनि तय गरेकाे बर्षदिन भयाे, माडि खाेलाकाे पुल बनाउने त एक दशक न‌ै भयाे। यस्ता कार्यक्रमहरु देख्दा लाग्छ – अनन्त कमरेड क्या बिकासबादी र परिबर्तनकारी क्रान्तिकारी नेता!

    केही यस्ता दृश्य : जहाँबाट जवाफ चाहियाे

    बर्षमान गृह जिल्ला प्रायःजसो हेलिकप्टरबाट पुग्छन्। उनले चढ्ने हेलिकप्टरकाे भाडा राजधानी देखि राेल्पा सम्म कति हाेला ? हेलिकप्टरकाे भाडा अाफै तिर्छन् या कसैले प्रायाेजन गरिदिन्छ! याे प्रश्नको जवाफ अाजसम्म राेल्पाली जनताले पाएनन्। कसैलाई याे प्रश्न सामान्य लाग्न सक्छ तर यसकाे जवाफमा राेल्पाकाे इतिहास, १० बर्षे युद्ध, सहिदको रगत, सहिद परिवारकाे पसिना र जनताको कर जाेडिएकाे छ ।

    अन्नत कमरेड अाफ्नै पैसाले हेलिकप्टर चढ्छन् भने, ०६२/६३ पछि एकाएक कहाँबाट बने चाैधरी, खेतान, सुमार्गी र महत्त्व? यसकाे स्रोत के हाे? यदि कसैको प्रायजनमा उड्छन् भने, उनले शक्तिकाे दुरुपयोग गरिरहेका छन्। बिनापैसा मस्ति साथ उडाउनेहरुले मन्त्री ज्युबाट गैरकानुनी रुपमा कति फाईदा लिएका हाेलान्? यसकाे हिसाब-किताब राेल्पाली जनताले पाउन जरुरत छ।

    बर्षमान सत्ताका खेलाडी हुन्। अाफु सत्तामा पुग्न, उनी जस्तोसुकै अालाेचना सहन सक्छन्। कांग्रेस संग सहकार्य गरेर सरकार बनाउने देखि, पार्टी एकताको बिरुद्धमा लाग्ने सम्मका अाराेप उनलाई लाग्ने गर्दछन्। ०७० सालमा सभासद बन्न नसकेपछि श्रीमती अाेनसरी घर्तीलाई सभामुख बनाएको चर्चा पनि चल्याे। अन्ततः गृह जिल्लाकै कृष्णबहादुर महरा (हालका सभामुख) संग जुहारी चलाएर र दाङको, संसदीय राजनीतिमा सरुवा गरे। बर्षमान पुनले राजनीतिमा तालुका राैँ झारेकालाई किराना लगाउदै भक्तपुरबाट बहिनी सुशील पुनलाई प्रदेश सांसद पनि बनाए।

    ०५२ साल तिर सरकारी दमन, भ्रष्टाचारी, माफिया र परिवारवादकाे बिरुद्धमा अनगिन्ती युवाकाे सुनाैलाे भबिस्यकाे यात्रा बन्द गराउदै, युद्धमा जान बाध्य बनाए। अाज अाएर अाफै सरकारकाे दमनकर्ता देखि कराैडाैँ सम्पत्तिका मालिक र परिवारवादमा लिप्त भए। अन्ततः १० बर्षे परिवर्तनकारी युद्धको, क्रान्तिकारी छलाङ बर्षमान पुनमै देखियाे।

    उर्जा मन्त्री बनेपछि बर्षमान, परिवार सहित पुल्चोकस्थित मन्त्री निवासमा बस्छन्। काठमाडौँमै उनकाे सुबिधा सम्पन्न घर समेत नभएको हाेइन। सरकारी पद धारण गरेपछि, सरकारी निवासमा बस्नु अन्यथा मानिदैन र उनीपनि पुर्बसभामुख समेत रहेकी, श्रीमती अाेनसरी संग बसे। मन्त्री बन्दापनि घरबाटै सिंहदरबार पुग्दा केही बिग्रदैन्थ्याे। तरपनि पुल्चोकै स्वाद चाखे र जनतालाई कर थुपारे ।

    सांसद अाेनसरी घर्तीले, याे बर्ष संसद सचिवालयबाट घरभाडा पनि लिइन। उनकाे राजधानीमा घर छ। घरमात्रै हाेइन, अझ अचम्मकाे कुरा : उनी (मन्त्री) श्रीमान संगै सरकारी निवासमा बस्ने गरेको सबैलाई प्रष्ट छ। तरपनि जनताले दुखका साथ जम्मा गरेको करकाे पैसा बर्षमान, अाेनसरीकाे खातामा पुग्याे।

    राेल्पालीकाे रगतले नेता बनेका यीनीहरुले, काेठाभाडाकाे नाममा पैसा लिन एक काैडी लाज समेत मानेनन्।

    झुठो विबरण पेश गरेर सांसदहरूले अाफ्नाे खातामा पैसा जम्मा गरे। जनताले खाेज पत्रकारिता केन्द्र नेपालकाे खाेज समाचारबाट सांसदहरूकाे यस्तो भ्रष्टाचारकाे सुइँको पाएपछि, धेरै नेताहरुले पैसा फिर्ता गरेको सार्वजनिक वक्तव्य दिए। अाेनसरी घर्तीले अहिलेसम्म सार्वजनिक रुपमा झुठो विबरण पेश गरेकोमा माफि र घरभाडाकाे पैसा फिर्ता गरेको बताएकी छैनन्।

    के संसदीय राजनीतिमा बर्षमान मात्रै टिप्पणी गर्नुपर्ने पात्र हुन्, त! यसाे पनि हाेइन। यहाँ त बर्षमान प्रतिनिधि पात्र हुन्। किन यिनै मात्रै अालाेचना र टिप्पणी भन्ने : कसैको प्रश्नमा छ भने, जवाफ यस्तो हुनेछ। बर्षमान नेपाली राजनीतिकाे नयाँ स्वरुपका लागि हजारौं परिवार बिचल्ली बनाउने मध्येका एक हुन्। हिजाेका राजनीति ब्यबस्थाकाे बिराेध गर्दै, नयाँ राजनीति ब्यबस्था स्थापना गर्ने गाना गाउँदै जंगल पसे।

    युद्धताका राेल्पाका राजधानी देखि, थबाङबाट नेपालगन्ज सम्म केबुलकारका भाकल गरे। राेल्पा बिकास अनेकन सपना बाँडे। सरकारी संरचना भत्काउने देखि – सेना, प्रहरी मार्ने सम्म याेजना ल्याए । त्याे पनि केहिहद सम्म पूरा गरे।

    “फाेन गर्न रुख चढ्नुपर्ने बाध्यता” “बर्षमानकै घरछेउकाे पुल बर्षाै भयाे बनेन” नयाँ युग नाम दिएकाे सरकारमा कमरेड नै मन्त्री छन् तरपनि राेल्पा अर्थात् बर्षमानकै जिल्लाबाट यस्ता समाचार बन्छन्। राजनीति अचम्मकाे हुदाे रहेछ। हिजाे जंगलमा बाँस गर्दा प्रहरी देखेर भाग्ने, अाजकाल प्रहरीकाे सुरक्षा बिना खाना पनि खादैनन्।

    “उहिलेका कुरा खुइले” भन्ने नेपाली उखान झै बर्षमान अर्थात् राेल्पाले जन्माएकाे कुनैबेलाका एक क्रान्तिकारी हिस्साकाे हिजाेकाे बाेली र अाजकाे ब्यबहार दिक्क लाग्दाेछ। बर्षमान पुनकाे निजी जीवनमा अार्थिक सम्पन्नता, पार्टीमा फैलिदाे गुठ र राजनीतिमा पारिवारवादले शिखर चुमाेछ्। यहाँ यस्ताे चलिरहन्छ…।

    बिहिबार, माघ १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation