-सुरेश जि.सि
विद्यार्थी आन्दोलनको एक महत्त्वपूर्ण उपलब्धीका रुपमा लिइएको स्वतन्त्र विद्यार्थी युनियन(स्वबियु)को निर्वाचन हुन नसकेको लामो समयपछि त्रिभुवन बिश्वबिद्धालयले २०७३ फागुन १४ गते स्वबियु निर्वाचनको मिति घोषणा गर्यो यद्यपि त्यतिखेर पनि केही क्याम्पस बाहेक अधिकाम्स क्याम्पस निर्वाचन हुन सकेन । त्यसको २ बर्ष पछि फेरि नँया मिति घोषणा गरेको छ र त्रिभुवन बिश्वविद्द्यालय यस कार्यलाई सबै विद्यार्थी सङ्गठनले स्वागतयोग्य कदमको रूपमा लिएका छन जसले गर्दा विद्द्यार्थी अान्दोलनलाइ थप मजबुद बनाएको छ र फागुन १४ गते अर्को मिति घोषणा गरेको छ । मिनि संसदको रुपमा हेरिने स्ववियु निर्वाचनको मिति घोषणासँगै निर्वाचनको सरगर्मीसुरु भएको छ । क्याम्पस तथा विश्वविद्यालयहरु विद्यार्थी राजनीतिले तात्न थालेका छन् ।यसले देशको राष्ट्रिय राजनीतिमा समेत नयाँ तरङ्ग ल्याएको छ । नेपाली विद्यार्थी आन्दोलनको संरक्षण र विद्यार्थी राजनीतिमा नयाँ अान्दोलनको थालनी हुनेछ । समग्र विद्यार्थी राजनीतिले नै नयाँ उचाई लिने छ ।
नेपाली राजनीतिको इतिहास पल्टाउने हो भने देशमा भएका प्राय:सबै राजनीतिक परिवर्तनमा विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनको निर्णायक भूमिका रहेको पाइन्छ । राणाशासनका विरुद्ध भएको आन्दोलनमा होस् या पञ्चायत विरुद्धको आन्दोलन,चाहे ६२/६३ को जनआन्दोलनमा नै किन नहोस् विद्यार्थी संगठनहरुको महत्वपूर्ण योगदान रहेको छ । तर, पछिल्लो समय विद्यार्थी संगठनहरुको आ-आफ्नो स्वार्थ र अडानका कारण लामो समयदेखि विद्यार्थीको हकहित र अधिकार प्राप्तिको साझा मञ्चको रुपमा स्थापित स्ववियु निष्कृय जस्तै बन्न पुगेको छ । यसले सिंगो विद्यार्थी आन्दोलनलाई नै प्रभावहीन र निस्क्रिय बनाइरहेको छ । विश्वविद्यालय तथा क्याम्पसहरुमा भ्रष्टचार मौलाइरहेको छ । पटक पटक स्ववियू निर्वाचन जितेका संगठनहरुले आजसम्म शैक्षिक गुणस्तर र समानताका लागि निरन्तर लडिरहे त्यसबाट प्राप्त उपलब्धिलाई संरक्षण र कार्यन्वयन गर्नेबेला सबै विद्यार्थी अभिभावक विहिन बनेका छन ।विद्यार्थी संगठन नाम राखेका तर वास्तविक विद्यार्थीको हितमा सिन्को पनि भाँचेका छैनन् । यस्तो अवस्थामा त्रिभुवन विश्वविद्यालयले ढिलै भएपनि स्ववियू निर्वाचनको मिति घोषणा गरेर सकारात्मक सन्देश दिएको छ । त्योभन्दा महत्वपूर्ण कुरा स्ववियु निर्वाचनमा अघिल्लो पटक उमेदवारको उमेर हद बन्दीले निकै चर्चा चलाएको थियो र त्यसको सफलता पुर्बक कार्यान्वयन भएको छ र हदबन्दी तोकेर ऐतिहासिक तथा स्वागतयोग्य निर्णय गरेको थियो।
स्ववियु भनेको विद्यार्थीहरुको साझा संस्था हो । यसको प्राप्ति पछाडि बलिदानको एउटा गर्विलो इतिहास छ । तसर्थ यसको ऐतिहासिक गरिमालाई जोगाउन पनि स्ववियुको निर्वाचनलाई मर्यादित बनाउनु अति आवश्यक छ। र त्यसका लागि पनि उमेर हदबन्दी एउटा दरिलो हतियार हो । ४०/४५ बर्षसम्म बिरालोले मुसा ढुकेझैँ स्ववियु ढुकेर बस्ने, एउटै निर्वाचनमा बाबु एउटा क्याम्पसबाट र छोरो अर्को क्याम्पसबाट चुनाव लड्ने अनि वास्तविक विद्यार्थीहरु सधै छाँयामा पर्ने गरेको तितो यथार्थ हाम्रोसामु थियो तर उमेर हदबन्दी त्यस समस्या लाई समाप्त पारेको छ र चुनाव लड्ने र त्यसबाट नियमित र वास्तविक विद्यार्थीहरु सधैं ओझेलमा पर्ने परिपाटीको अन्त्य गरिएको छ ।
नियमित र वास्तविक विद्यार्थीहरुको बिचबाट सबल, सक्षम, कुशल र योग्य व्यक्ति निर्वाचित गरी सही र वास्तविक विद्यार्थीलाई नेतृत्वमा ल्याउनका लागि पनि उमेर हदबन्दी एउटा उपयुक्त र प्रभावकारी माध्यम हो । स्ववियुमा २८ वर्षे उमेर हदबन्दी र समानुपातिक प्रणाली भएन भने जोस र जाँगर हराइसकेको निराशाले भरिपूर्ण व्यक्तिहरुले अवसरको फाइदा लिनेछन् । जो देखावटी भर्ना भएका हुन्छन् विद्यार्थीमाझ कहिल्यै पुगेका हुदैनन् । क्याम्पसमा के भइरहेको छ? विद्यार्थीहरुको चाहना र आवश्यकता के हो ? भन्ने नबुझेका व्यक्ति नेतृत्वमा पुग्ने र नयाँ जोश जाँगर भएका वास्तविक र नियमित अध्ययनरत विद्यार्थीहरु नेतृत्वदायी भुमिकाबाट वञ्चित हुने अवस्था आउन यस(स्ववियु)मा दिनुहुँदैन । विद्यार्थी आन्दोलन शिथिल भएर जाने,विगतका विद्यार्थी आन्दोलन र योगदानको गौरवमय इतिहास समेत ओझेलमा पर्ने भएकाले पनि विगतका उपलब्धिहरुको रक्षा गर्नका लागि पनि उमेरको हदबन्दी अति सान्दर्भिक थियो र भयो ।
चुनाव भनेको एउटा परीक्षा हो र चुनावमा हारजित हुनु स्वभाविक छ । त्योभन्दा महत्वपूर्ण कुरा एउटा प्रणालीको सुरुवात गर्नु हो।त्यसकारण उमेर हदबन्दीका कारण कुनै संगठन विशेषलाई नोक्सानी होला तर सिङ्गो विद्यार्थी आन्दोलनलाई यसले पुनर्जीवन दिनेछ वास्तविक विद्यार्थीले नेतृत्व गर्ने अवसर पाउदछ । एकाध संगठनलाई बेफाइदा भएतापनि निर्वाचन र वास्तविक विद्यार्थीमाथि हुने गरेको अन्यायको अन्त्य हुनेछ । सिङ्गो विद्यार्थी आन्दोलन र विद्यार्थी राजनीतिलाई फाइदा पुग्नेछ । र, यो नै हामी सबैको जित हो ।
नेपाली राजनीतिको मेरुदण्डको रुपमा रहेको विद्यार्थी राजनीति बिस्तारै शिथिल बन्दै गएको यथार्थलाई हामीले स्वीकार गर्नैपर्छ । पछिल्लो समय स्ववियु सञ्चालन सम्बन्धी उपयुक्त नियमावली र आचार संहिताको अभावमा विद्यार्थी आन्दोलन सुस्ताएकै हो ।सुस्ताएको विद्यार्थी आन्दोलनलाई पुनः जागृत गराउनु आजको आवश्यकता र सम्पूर्ण विद्यार्थी संगठनहरुको गहन जिम्मेवारी हो । त्यो जिम्मेवारी पुरा गर्न र सुस्ताउँदै गएको नेपाली विद्यार्थी आन्दोलनलाई पुनर्जीवन दिने एउटै विकल्प अहिले घोषणा भएको उमेर हदबन्दी कार्यान्वयन भए सँगै विधार्थिको ठुलो उपलब्धिलाई संरक्षण गर्दै स्ववियु निर्वाचन गर्नु हो ।विद्यार्थी संगठनहरुको लागि यो एउटा राम्रो मौका पनि हो । यसलाई हामीले सदुपयोग गर्न सकेनौं भने विधार्थि अान्दोलनबाट प्राप्त ठूलो मुल्य चुकाउन पर्नेछ । नेपाली विद्यार्थी आन्दोलन र विद्यार्थी राजनीतिको अहिलेसम्मका उपलब्धि बालुवामा पानी सरह हुनेछ ।
वास्तवमा स्ववियु विद्यार्थी हकहित र अधिकार प्राप्तिका लागि मात्रै नभई जनजीविकाका सवाल र राष्ट्रियताका सवालमा पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले स्ववियु निर्वाचनलाई पनि समय सापेक्ष बनाउँदै लैजानु आवश्यक छ । अनियमितता र भ्रष्टचारको अखडा बनेको स्ववियुलाई हामीले विद्यार्थी हकहितका लागि प्रयोग गर्नु आवश्यक छ । करोडौं पैसा खर्च गरेर नक्कली विद्यार्थी भर्ना गरी गुन्डागर्दीको आडमा चुनाव जित्ने र जितेपछि कहिल्यै विद्यार्थीको माझमा नफर्कने,चुनावमा भएको खर्च असुल्नका लागि विद्यार्थी कल्याणकारी कोषको दुरुपयोग गर्ने परम्पराको अन्त्य गर्नु जरुरी छ । त्यसका लागि सुरुबाटै आचारसंहिता बनाएर जानु उपयुक्त हुन्छ ।
अन्तमा, स्ववियुलाई कस्तो बनाउने भन्ने कुरा सम्पूर्ण विद्यार्थी संगठनहरु,नियमित र वास्तविक विद्यार्थीहरुको हातमा रहेको छ । विगतमा हुने गरेका कमी कमजोरीहरुलाई सुधार गर्दै सभ्य र मर्यादित रुपमा निर्वाचन सम्पन्न गर्नेदेखि उपयुक्त उमेदवार चयन गर्नमा हामीसबैको महत्वपूर्ण भूमिका रहेको छ । विगतमा स्ववियुको नाममा कमाउ धन्दामा लाग्ने,चुनाव जितेपछि विद्यार्थीहरुको हक हितका लागि सिन्को नभाँच्ने प्रवृत्ति हाबी भएकै हो । निर्वाचनको मिति घोषणा भएपछि रातारात फर्जी विद्यार्थी भर्ना गरी पैसा र गुन्डागर्दीको आडमा चुनाव जितेर विद्यार्थी राजनीति र समग्र विद्यार्थी आन्दोलनलाई नै कुरुप बनाउनेहरुलेलाई गतिलो पाठ सिकाउँदै वास्तविक र नियमित विद्यार्थीहरुको माझबाट उपयुक्त इमान्दार, अनि पढाइमा अबल,सक्षम सवल कुशल नेतृत्व चयन गरी शिथिल बन्दै गएको विद्यार्थी आन्दोलनलाई पुनर्जीवन दिने प्राबिधिक अनि बैज्ञानिक शिक्षा प्राप्त गने सुवर्ण अवसर हाम्रोसामु आएको छ । यसको उचित उपयोग गर्न हामी चुक्ने छैनौं ।
***अनेरास्ववियु कार्यबाहक अध्यक्ष पाटन क्याम्पस