• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

स्थानिय तहमा बेरुजु बेथिति:६ महिनामा निराशाजनक विकास खर्च


  •   आइतबार, माघ ०६, २०७५ मा प्रकाशित
  • प्यार अलि खाँन,प्यूठान।

    Advertisement

    प्यूठानका स्थानिय–तहहरुमा बेरुजु बेथिति बढ्दै गएको छ भने चालु वर्षको अर्धवार्षिक अवधि (साउन–पुस) मा बजेट कार्यान्वयनले गति लिन सकेको छैन् प्यूठानका स्थानिय–तहहरुले बजेट कार्यान्वयनमा तीब्रता दिने जनस्तरमा अपेक्षा लिईएता पनि कार्यान्वयन विगतकै निरन्तरताभन्दा पृथकता देखिएको छैन् ।प्यूठानका स्थानीय तहहरुमा मुस्किलले १० प्रतिशत भन्दा कम आसपासमा विकास बजेट खर्च भएको तथ्यांकले देखाएको छ । स्थानिय तहका प्रमुख तथा स्थानिय अधिकारीहरुले भने पहिलो ६ महिनामा उपभोक्ता समिति गठन र समितिसंग सम्झौता, बोलपत्र तयारी, ठेक्का सम्झौताजस्ता योजना पूर्व तयारीका काममा समय व्यतित हुने र वर्षायाम तथा चाडपर्वका कारण पुँजीगत खर्च बढ्न नसकेको बताउँछन् । कागजी योजना र बजेट तर्जुमामा ब्यस्त हुने हुनाले सामान्यतया पहिलो चौमासिकमा पुँजीगत खर्च धरै नहुने देखिँदै आएको छ तर जेठ महिनामै बजेट आएपनि त्यसबाट फाईदा उठाउन नसकिएको जानकारहरु बताउँछन् ।
    सरुमारानी गाँउपालिकाको आ.व २०७४÷०७५ मा अन्य गाउँपालिकाको तुलनामा बेरुजु बढेको देखिन्छ । पालिकाको बेरुजु १ करोड ६३ लाख निस्किएको लेखापाल वजिर आलमले बताए । ‘६१ लाख असुलउपर गरिसक्यौँ ।’ आलमले भने, ‘४० लाख फरफार गर्नैपर्ने वाँकी बेरुजु छ ।’ विकास बजेट तर्फ करिब १३ करोडमा करिब ४० लाख मात्र भुक्तानी भएको लेखापाल आलमले बताए । यसरी सरुमारानीमा हेर्दा मात्र ३ प्रतिशत विकास बजेट खर्च भएको देखिन्छ ।
    ‘योजना लागत स्टिमेट सम्झौताका कामहरु धमाधम भैरहेका छन् ।’ गाउँपालिका अध्यक्ष झग बहादुर विकले भने, ‘स–साना टुक्रे विकासे योजनाहरुको स्टिमेट गराउँदा केही समय बढी लागेको हो ।’ बजेट कार्यान्वयन गर्ने प्रक्रिया झन्जटिलो हुने भएकाले पनि समय घर्कदै गएपछि काम गर्ने परिपाटि विद्यमान रहेको गाउँपालिका प्रमुख वि.क.को बुझाई छ । प्रमुख वि.क.ले भने ‘विकासे योजनाहरु समय अवधीमै पुरा हुनेछन् ।’
    माण्डवी गाउँपालिकामा १ करोड ६ लाख ६७ हजार बेरुजु निस्किएको लेखापाल धर्म डि.सि.ले बताए । ‘४५ हजार ६ सय ३० असुल गर्यौ ।’ लेखापाल डिसिले भने ‘वाँकी बेरुजु सैद्धान्तिक तर्फको हो ।’ गाँउसभाले संसोधन अनुमोदन गरि महालेखा परिक्षकको कार्यालयमा पठाईसकेको डि.सि.ले जानकारी दिए । विकास बजेट तर्फ ७ करोड ३६ लाख १० हजार रहेकोमा हालसम्म मात्र १२ लाख रुपैयाँ खर्च भएको उनले बताए । ‘विकास बजेटमा १.७४ प्रतिशत मात्र रकम खर्च भएको छ ।’ योजनाका कामहरु भैरहेकाले भुक्तानी हुन वाँकी रहेको डिसिले बताए ।
    ऐरावती गाँउपालिकामा १ करोड १७ लाख बेरुजु निस्किएको लेखापाल धर्म रावलले बताए । नौबहिनि गाँउपालिकामा करिब १ करोड ३ लाख बेरुजी निस्किएको छ भने गौमुखी गाँउपालिकामा करिब १ करोड रकम नै बेरुजु निस्किएको लेखापाल प्रेम कुँवरले बताए । २७ लाख असुलउपर गरिसकिएको लेखापाल कुँवरको भनाई छ ।
    झिमरुक गाँउपालिकामा सबैभन्दा कम करिब ७९ लाख बेरुजु निस्किएको लेखापाल बिमल भुषालले जानकारी दिए । ‘शिक्षामा बेरुजु निस्किएको थियो ।’ भुषालले भने, ‘असुल गर्नैपर्ने तर्फ करिब ८ देखि १० लाख बेरुजी रकम छ ।’ करिब १२ करोड पुँजीगत बजेट मध्ये १ करोड आसपास भुक्तानी भएको लेखापाल भुषालको भनाई छ । ‘अहिले सम्म ८ प्रतिशत विकास बजेट खर्च भएको छ ।’ भुषालले भने ।
    प्यूठान नगरपालिकामा आ.व २०७४÷०७५ मा २ करोड ८१ लाख बेरुजु निस्किएको लेखा अधिकृत विष्णुभक्त थापाले बताए । ‘१ करोड ७५ लाख असुल–उपर गरिसकेका छौँ ।’ नगरपालिकाको पुँजीगत बजेटमा भने अन्य स्थानीय तहको तुलनामा बढी गरेको देखिन्छ । करिब १९ करोड मध्ये करिब ३ करोड ५० लाख खर्च भैसकेको लेखापाल दुर्गा पोडेलले बताए । ‘हालसम्म चालु वाहेक १८ प्रतिशत आसपास विकास बजेट खर्च भएको छ ।’ पौडेलले भने ।
    स्थानिय तहरुमा अत्यधिक मात्रामा उपभोक्ता समिति मार्फत विकासे योजनाहरुको काम गर्दा गुणस्तरमा समस्या आएको र प्रभावकारी गुणस्तर मापन गर्ने संयन्त्रको विकास नहुँदा वेथिति मौलाएको बताईन्छ । रित ऐन–कानुन पूर्वक खर्च नगर्ने परिपाटिको विकासले बढ्दो बेरुजु कम गर्न स्थानिय सरकार प्रमुखहरु समेत मौन देखिएको आरोप नलागेको होईन । उपभोक्ता समितिका नाममा अघोसित ठेकेदार जनप्रतिनिधि बन्न नहुने नागरिक समाजका अगुवाहरु बताउँछन् ।

    आइतबार, माघ ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • २.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ६.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ७.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ८.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation