• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ९. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

साइबर अपराध र बाल बिवाह बारे विद्यार्थी पढाउँदै प्रहरी


  •   मङ्गलबार, पुष २४, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । प्रहरीले बाल बिबाहको बेफाइदा र साइबर अपराधका विषयमा विद्यार्थीलाई पढाउन शुरु गरेको छ ।
    समाजमा बढ्दै गएको बाल बिबाह तथा साइबर अपराध विरुद्ध विद्यार्थीलाई सचेत गराउनका लागि कक्षा शुरु गरिएको प्युठान नगरपालिका ९ मरन्ठानाका प्रहरी इन्चार्ज टिका कुवरले जानकारी दिए ।

    Advertisement

    बिशेष गरि ६ देखि कक्षा १० सम्मका विद्यार्थीलाई बाल बिबाहबाट हुने हानी र साइबर अपराधबाट हुने बेफाइदाका विषयमा शिक्षित गराइएको कुवरले जानकारी गराए ।

    यस क्षेत्रका‘सबै विद्यालयमा पुगेर बाल बिबाह ,लागुऔषध दुव्र्यसनी, साइबर अपराध, सडक सुरक्षा, सामाजिक सुरक्षा लगायतका विषयमा प्रशिक्षण शुरु गरिएको छ’, इन्चार्ज कुवरले भने, समाजमा शान्ति सुरक्षा कायम गर्न, जनतासँग प्रहरीको साझेदारी बढाउन, विभिन्न अपराधका विरुद्ध जनतालाई सचेत बनाउन र बालबालिकामा बढ्दै गएको बालबिबाह लागुऔषध दुव्यर्सन तथा प्रविधिको गलत प्रयोगमार्फत बढ्दो साइबर अपराध नियन्त्रणका लागि सचेतनाले ठूलो भूमिका खेल्ने प्रहरि इन्चार्ज कुवरको भनाई छ ।

    प्रहरीले स्थानीय सरकारसँग समन्वय गरेर जिल्लाका सबै निजी तथा सामुदायिक विद्यालयमा प्रशिक्षणका कार्यक्रम गरिरहेको प्रहरी इन्चार्ज कुवरले बताए ।

    किशोर किशोरी विद्यार्थीमा बढ्दै गएको प्रविधिको गलत प्रयोग बालबिबाह तथा लागुऔषधको दुव्यर्सन र सडक असुरक्षाका कारण समाजमा अपराध र असुरक्षा बढिरहेकोले यसतर्फ सबै सचेत रहनुपर्ने बाल बिध्या माध्यमिक विद्यालय मरन्ठानाका प्रधानाध्यापक केशु गिरिले बताए ।

    उनले प्रहरीको यस अभियानले समाजका किशोर तथा युवा उमेरका विद्यार्थीलाई सामाजिक विकृति र अपराधबाट टाढा राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    ‘इन्टरनेट प्रयोगबारे राम्ररी नबुझ्दा यस्ता समस्या आएका छन गिरिले भने,‘एकातिर स्वतन्त्रताको कुरा आउँछ, अर्कोतिर सुरक्षा र गोपनियताको,’ ‘यी दुईको सन्तुलन गर्न नजाने प्रयोगकर्ता समस्यामा पर्छन्।’

    प्रहरीको यस्तो कार्यक्रमले अपराध न्यूनीकरणमा ठूलो सहयोग पुग्ने बाल बिध्या माध्यमिक विद्यालय कक्षा– ९ की छात्रा जुना सुनारले बताइन्। उनले भनिन, ‘हामीलाई साइबर अपराधका विषयमा खासै जानकारी थिएन्, यो कार्यक्रममा धेरै ज्ञान आर्जन भयो, फेसबुकमा के लेख्ने र के नलेख्ने भन्ने विषयमा पनि थाहा भयो ।’

    नेपालमा अझै ४१ प्रतिशत बालिका र ११ प्रतिशत बालकको बालविवाह हुने गरेको स्वास्थ्य मन्त्रालयको प्रतिवेदनबाट थाहा हुन्छ ।
    बाध्यतावश अभिभावकले नै उमेर बढाएर बिहे दर्ता गर्न पुग्छन् । वर्तमान कानुनअनुसार बाल विवाह गराइएमा तीन वर्ष कैद र जरिवानाको नियम बनाइएको छ तर व्यहारमा भने कडाई गरेको पाइँदैन ।

    समाजमा सञ्चार प्रविधिमा पहुँच, यातायात र द्वन्द्वले पनि किशोरीमाथि नै सर्वप्रथम असर पार्छ । सञ्चार जगतमा देखिएका विभिन्न प्रविधिको विधिले किशोरीहरूमा बलात्कार, अपहरण, यौनहिंसा र अश्लिल व्यवहार बढाएको छ । साथै किशोरी आमा बन्ने क्रम पनि बढिरहेको छ । सानै उमेरमा बालिकाहरूलाई डर, धाकधम्की र प्रलोभनमा पारेर आफन्तबाट नै जबरजस्ती करणी गरिन्छ । बालिकाहरू थाहा नपाइकन आमा बनिरहेको पाइएको छ। समाजमा बढ्दै गएको उच्छृङ्खल गतिविधि र फिल्मी प्रभावले पनि किशोर किशोरीलाई छिटै नै विवाह गरिदिने प्रवृत्ति छ ।

     प्रबिधीको बिकासले बढे अपराध

    ‘प्रविधि र सामाजिक सञ्जाल विकाससँगै दुरुपयोग बढिरहेको छ। सुरक्षा र गोपनियताबारे थाहा पाउँदा पाउँदै पनि वास्ता नगर्ने र बदलाको भावना पूरा गर्न सजिलो माध्यम भएकाले सामाजिक सञ्जाल दुरुपयोग बढेको सरोकारवाला बताउछन् ।

    फेसबुक, ट्वीटर, म्यासेन्जर, भाइबर, इमो, इमेल लगायतबाट धम्की दिने, गाली गर्ने, अश्लील र नभएका तस्वीर जोडेर चरित्र हत्या गर्ने जस्ता आपराधिक घटना बढिरहेका छन्।
    विद्युतीय कारोवार ऐनबाट कारवाही प्रक्रिया अगाडि बढाइँदै आएको भए पनि प्रविधि विकाससँगै अपराध प्रकृति फेरिँदै गएकाले ऐनले सबै अपराध र कारवाही समेट्न सकेको पाइदैन ।

    उता, नेपालको संविधान २०७२ को धारा १७ मा अभिव्यक्ति स्वतन्त्रता उल्लेख छ। यसमा इन्टरनेट प्रयोग अधिकारअनुसार कुनै पनि नागरिकले कुनै माध्यमबाट आफ्नो विचार, धारणा र अभिव्यक्ति दिन पाउने उल्लेख गरिएको छ। यही विचार अभिव्यक्ति अधिकारमाथि टेकेर अरूको मान, मर्यादामाथि आघात पुर्याउने, अश्लील भिडियो तथा तस्वीर बनाउने र पोस्ट गर्ने जस्ता समस्या फैलिँदै छन्।

    पछिल्ला केही घटनाहरु हेर्ने हो भने नेपालको साइबर स्पेस खतरामा छ । देश विदेशबाट नेपालको साइबर स्पेसमा कम्प्युटर, मोबाइल र यसका विभिन्न नेटवर्कबाट आक्रमण हुने क्रम रोकिएको छैन । सरकार, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक, बैंक, एयरलाइन्स लगायतका कम्पनीका सिष्टममा अझै आक्रमण भइरहेका छन् । तर सबै घटना बाहिर आउदैनन् । कतिपय अवस्थामा नेपाल साइबर अपराधको अखडा बन्ने हो कि भन्ने प्रश्न पनि उठ्न थालेका छन् ।
    यसलाई पुष्टि हुने गरी विभिन्न थरीका साइबर अपराधका घटनासमेत भइरहेका छन् । तर, मुख्य कुरा हाम्रो साइबर सेक्युरिटीको संरचना नै कमजोर भएकाले झनै जोखिम निम्तिएको छ भने सरोकारवालाको ध्यान अझै यतातर्फ आउन सकेको छैन ।

    इन्टरनेट स्वतन्त्रताको माध्यम भएकाले यसको प्रयोगमा उचित र नैतिक शिक्षा दिन जरुरि छ,कानुन, परिवार र समाजबाट दण्ड दिने शैलीभन्दा शिक्षा दिएर नकरात्मक पक्ष कम गर्नुपर्नेमा जोड दिन आबश्यक छ।

    मङ्गलबार, पुष २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान
    बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा
    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण
    सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...