• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, जेठ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

अस्पताल बने, सेवा सुरु भएन

गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

लोकप्रिय समाचार

  • १. गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • २. गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

  • ३. पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

  • ४. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ५. डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

  • ६. भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

  • ७. रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

  • ८. ३ लाख नदिए मलेसिया उड्न नदिने म्यानपावर एजेन्ट पक्राउ

  • ९. अस्पताल बने, सेवा सुरु भएन

  • १०. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

आजको नेपालको सन्दर्भमा: राष्ट्रियता


  •   बिहिबार, पुष १९, २०७५ मा प्रकाशित
  • – किशोर गैरे
    राष्ट्रियता के हो? यो अत्यन्त गहन विषय हो। राष्ट्रियताको कुनै एक मुलमन्त्र अथवा एक परिभाषा छ भनेर म भन्न सक्दिन र यदि कसैले राष्ट्रियताको परिभाषा गर्दछ भने त्यो भनेको पुर्ण परिभाषा हुनेछैन। किनभने राष्ट्रियताको परिभाषा हरेक दृस्टिकोणबाट फरक फरक हुन सक्छ। कसैको लागि उसले प्रतिनिधित्व गर्ने जमिन राष्ट्रियता हुन सक्छ,कसैको लागि उसको रास्ट्र प्रतिको अमुक मोह तथा सम्मान। राष्ट्रियताको गहनतालाई अध्ययनगर्ने हो भने राष्ट्रियताको परिभाषा मानबको बिचार, दृष्टिकोण र भावना अनुसार फरक अवस्य हुन्छ। तेसैले गर्दा मैले प्रस्तुत गर्ने राष्ट्रियताको परिभाषा र आजको सन्दर्भको राष्ट्रियता कस्तो हुनुपर्ने भने कुरा सबैलाइ राम्रो नलाग्न नि सक्छ र लाग्नु पनि हुदैन।
    राष्ट्रियताको मुल अर्थ भनेको नै कुनैपनी रास्ट्रमा बसोबास गर्ने नागरिकको रास्ट्र प्रतीको अटुट माया, चाहना, बिस्वास र समृद्धीको भावना सहित त्यस राष्ट्र प्रतीको समर्पण नै हो। म राष्ट्रियतालाइ भावना मात्र भन्दिन, भावना मात्रले राष्ट्रियताको महिमाको वर्णन गर्दैन, यो हरेक नागरिकको राष्ट्र प्रतीको निस्वार्थ समर्पण नै हो।
    हाम्रो मुलुक नेपालमा राष्ट्रियताको बिषयमा धेरै प्रश्न हरु उठ्ने गर्छन, कोहि भारतको बिरोध गर्दा सबै भन्दा ठूलो राष्ट्रियताको वकालत गर्ने वकिल सोच्छन। तर राष्ट्रियता त न भारतको बिरोध गरेर बलियो हुन्छ न त चिनको, न त अरु कुनै राष्ट्रको।
    राजनितिले हरेक कुरा ठूलो प्रभाब परेको हुन्छ, एसैगरि राष्ट्रियतामा पनि यस्को ठूलो प्रभाब छ, हाम्रो राजनिती कसरी सन्चालित छ भन्ने कुरा अहम रहन्छ यो बिषयमा।हो, हाम्रो राजनिती बिरोधको राजनिती छ, हामी हेरौ, आज सम्म जस्ले आफुलाइ राम्रो र असल साबित गर्न खोज्यो, उस्को पहिलो वाक्य नै अरुको नकारात्मक टिप्पणी बाट सुरु हुन्छ, त्यो नराम्रो छ र म राम्रो छु भन्ने सस्कारले ओतप्रोत हाम्रो राजनितीको प्रभाबले गर्दा होला, भारतलाइ गाली गर्दा राष्ट्रियता मज्बुत भाको देख्ने? तेहि भयेर नै भुमिगतकालमा माओवादीहरु भारत सङ्ग सुरुङ युद्ध गर्ने भन्ने गर्दथ्ये।यो भन्दैमा म भारतप्रस्त भने होइन, सिमा अतिक्रमण, बल मिच्याइ र मित्रको भेषमा स्वार्थ देख्दा मलाइ नि गाली गर्नु मन लाग्छ। तब सोच्छु, भारतलाइ गाली गर्नु नै के हाम्रो दायित्व हो त? के भारत बिरोधि भावना मात्रै राष्ट्रियताको भावना हो त?होइन, गल्ती हाम्रै हो।अझै पनि सुन्छु, भारत सङ्ग सम्बन्ध बिग्रे, चीन छ, चिनले भाको भए बिकासको मुल फुटैसक्थ्यो। आश्चर्य लाग्छ, एस्तो परनिर्भरताको मानसिकताले गर्स्थ मानिस देख्दा। हाम्रो राष्ट्रियताको प्रमुख शत्रु हाम्रो परनिर्भरता नै हो। परनिर्भरताको अन्त्य आजको नेपालमा राष्ट्रियताको नया कार्यदिशा हो। नेपाल परनिर्भर बाट आत्मनिर्भर मात्रै गराउन सक्ने हो भने हाम्रो समृद्धिको लागि कसै सङ्ग ढोका ढकढक्याउनु नै पर्दैन र कसैले हस्तछेपकारि भुमिका गर्ने दुस्साहस गर्न सक्दैन।
    परनिर्भर बाट आत्मनिर्भर हुनु त्यति सजिलो भने छैन तर राष्ट्र प्रतीको अटुट समर्पण र बिश्वास हुनेहो भने कुनै कुरा असम्भव भन्ने छैन। परनिर्भरताको अन्त्य कसरी हुन्छ त, नेपालले जब उत्पादनलाई महत्त्व प्रदान गरि निर्यातलाई बढाउछ।
    नेपालमा त्यो बाताबरण निर्माणको लागि नेपाली नेतृत्वले सबै भन्दा पहिले इतिहासको सपनामा मस्त भै आज अस्तब्यस्त भयेको नेपाली समाजलाइ इतिहासमा रामाउने होइन,बर्तमान र भबिस्यको कार्य सम्पादन गर्नु तिर लागाउनु पर्ने देखिन्छ। जुन देशको उत्पादन सुन्य बराबर छ, आयत निर्यात भन्दा सारै धेरै छ, जुन देशका युबा हरु बेरोजगार र बिदेशियका छन, जुन रास्ट्रमा चिनि देखि नुन सम्म, खुरसानी देखि स्याउ सम्म बिदेशी खाने बानी छ, एक नेपालीलाइ एसो हेर्नू पर्छ, उस्ले प्रयोग गर्ने हरेक कुरा बिदेशी छन, सोच अलि सम्पन्नको अमेरिकी, युरोपेली पि आर कसरि प्राप्त गर्ने छ,अरुको रोजाइ खाडि, नेपालको हरेक गाउँ मा न बिदेशियको मानिस नै छैन होला। राष्ट्रियताको कुरा आउदा आज पनि उहीँ इतिहासकै उदाहरण दोहोराउनु पर्छ, हिजो पुर्खाले लेखे आफ्नो ईतिहास, त्यो इतिहासको जगमा नया राष्ट्रिय इतिहास कोर्ने कस्ले,? उनिहरुले आफनो कर्तव्य पूरा गरि हामीलाई पुस्तान्तरण गरेको रास्ट्र हामी कता लग्दैछौ त? सोचौ त एक छिन।
    २ ओटा घटना सबैलाइ सुनाउन चहान्छु, यी घटनाले मेरो सोच र जिवनमा ठूलो प्रभाब परेका छ्न। पहिलो घटना हो नकाबन्दीको, नकाबन्दिले नेपालमा भारत प्रती नकारात्मक भावनाको बिकास भैरहेको थियो। म त्यो बेला नेबि संघको क्याम्पसको नेता थिए, राष्ट्रिय स्वाभिमानको अभियान स्वरूप हामी आन्दोलित हुने निर्णयका साथ भारतिय प्रधानमन्त्रीको पुत्ला दहन गरि बिरोध सभा आयोजना गरियो, जस्मा मैले सम्बोधन गरे। त्यसको दोस्रो दिन हामी साइकल र्यालीको आयोजना गरने निर्णय सहित दोस्रो दिन साइकल र्यालीको आयोजना भयो, निषेध आज्ञा लागेको कारण प्रहरी हस्तछेप पनि भयो, त्यो बेला भारत बिरोधि स्वाभिमान आन्दोलन को लागि प्रयोग भएको पत्ला दहनमा प्रयोग भएको पेट्रोल भारतीय थियो, हामिले प्रयोग गरेको साइकल मा स्पस्ट सङग made in india लेखेको थियो।त्यो दिन मेरो मनले अरुको बैसाकी टेकेर आफ्नो स्वभिमान खोज्नु मुर्खता हो भन्ने बुझे। मैले बुझेको राष्ट्रियता आजको सन्दर्भमा परनिर्भरताको अन्त्य नै हो। जब सम्म हामिमा परनिर्भरता रहन्छ, नत राष्ट्रियता मज्बुत हुन्छ, नत समृद्धी नै प्राप्त।
    परनिर्भरताको अन्त्यका लागि के गर्न सकिन्छ त?
    यस्को अन्त्यका लागि सबै भन्दा पैले हामीले आफ्नो आधारसिला तयार गर्नु पर्छ, हामी सबै भन्दा पैले रास्ट्रलाई औधोगिक उन्नती तर्फ उन्मुख गराउनुपर्छ, त्यस्का लागि राष्ट्रिय स्तर बाटै औधोगिक क्षेत्रहरुको बिकास, पुजिसुरक्षा, लगनीको वातावरण सहित युबा हरुलाइ उधमसिल्ताको आत्मबल प्रदान गर्नु पर्छ, सबै भन्दा पैले रास्ट्र प्रतीको बिस्वास मज्बुत परानुपर्छ र प्राकृति स्रोत हरुको उचित प्रयोग सहित नेपालमा कृषि औधोगिकरण तर्फ अगाडि बढाइ सबै भन्दा पैले नेपालि बस्तु नेपालमै उपभोग हुने दिन आउनु पर्छ।

    Advertisement

    लेखक:बर्दघाट, नवलपरासी निबासी हुन ।

    बिहिबार, पुष १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग
    हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो
    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

    लोकप्रिय

    • १.
      गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • २.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई

    • ३.
      पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

    • ४.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने

    • ५.
      डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२

    • ६.
      भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय

    भर्खरै

    • १.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

    • २.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

    • ३.
      बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

    • ४.
      अस्पताल बने, सेवा सुरु भएन

    • ५.
      गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    • ६.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ७.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

    • ८.
      पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation