कोहि आवस मेरो देश बनाईदिओस।
Advertisement
–किशोर गैरे
म कुनै बिद्वान त होइन, न कुनै दार्शनिक अथवा कुनै विषयमा बिधावारिधी गरेको डाक्टर नै हु, म एक समान्य नागरिक हु, म एक नेपाली हु, म एक मध्यम बर्गिय मानिस।मैले नेपाल बुझने सहास गर्नु हुन्थ्यो कि हुदैन्थ्यो त्यो पनि प्रस्ट सङ्ग म भन्न सक्दिन, तर एउटा कुरा अवस्य भन्न सक्छु कि मैले बुझेको कुरा नेपालका हरेक नेपालीले बुझ्नु आवस्यक छ, यो मानेमा होइन कि मैले अरुले भन्दा धेरै बुझे, यो मानेमा हो कि मलाइ जस्तै चिन्तन सबैलाई हुनु आवश्यक देखे, यो देखाइ मेरो सहि थियो या गलत त्यो पनि म छुट्टाउदिन।
मलाइ एक दुई बर्ष यता एउटै चिन्तनले सताउछ, हामीले कस्तो नेपाल हाम्रा भाबीपुस्तालाई छोडेर जानेछौ त? के हामीले हाम्रा भाबी पुस्तालाई न्याय सङत नेपाल छोड्दै छौ त?
मलाइ एउटा सामाजिक किताबको वाक्य सारै सतायो, त्यो बेला म एक बिधालयमा सामाजिक पढाउदै थिए। त्यो वाक्य थियो, नेपाल बिश्वको अति कम बिकशित रास्ट्रहरु मद्य्यमा पर्दछ। त्यो वाक्य पढ्दा मलाइ मेरो स्कुले जीवन त्यहि सामाजिकमा पढेको कुराको याद आयो, हामीले पढ्दा त नेपाल बिकाशिल रास्ट्र हो भनेर पढ्थ्यौ, मेरो स्कुले जीवनबाट जागिरे जिवन बिताउदै गर्दा सम्म नेपाल बिकाशिलबाट अतिकम बिकशित रास्ट्रमा परिणत भयो। यो कुनै सामान्य कुरा भने होइन, मलाइ यहि चिन्ताले सताउछ कि मेरो सन्ततीले भोलीका दिनमा पढ्ने त्यो समाजिक किताबमा नेपालको व्याख्या गर्ने वाक्य कस्तो हुनेछ? म यो प्रश्नको जवाफ खोज्न आँत्तिए,र मैले काङ्ग्रेस निकट नेताहरुलाइ सोधे,’नेपाल यो अवस्थामा आउनुको दोस कस्को?
उहाँहरुको जवाफ नेपालको निरंकुश राजतन्त्र अनि कम्युनिस्टहरुले गर्दा नेपाल यो अवस्थामा पुग्यो, काङ्ग्रेसले त हरेक क्रान्तीको नेतृत्व गर्यो, बिपि कोइरालाले देखेको सपना सबै नेपालको एउटा सानो घर होस, छोरा छोरीले पढ्न पाउन, औसधि मुलो होस, एउटा गाई होस, सबै नेपालीको हैसियत मेरो जस्तो होस त्यो सपना पूरा गर्न नेपालि काङ्ग्रेस सत्तरी बर्ष देखि संघर्ष गरिरहेको छ, मलाइ यो जबाफले पनि उत्तर दिन सकेन जस्तो लाग्यो अनि मैले कम्युनिस्ट निकट नेतालाइ सोधे, ‘नेपाल यो अवस्थामा आउनुको दोस कस्को?’ कम्युनिस्ट नेताको उत्तर थियो, नेपाल यो अवस्थामा आउनुको कारण सामन्तवाद र काङ्ग्रेसले गरेका गल्तीहरुको कारणले नेपाल यो अवस्थामा आएको हो, हामी त नेपाललाई नया नेपाल बनाउनका कति संघर्ष र त्याग गरेर आएका छौ, आज सम्म सबै भन्दा बढी सत्ताको रजाइ गर्ने काङ्ग्रेसले गर्दा यो दुर्दशा भएको हो, हाम्रा महान जननेता मदन भन्डारीले पर्तिपादन गरेको जनताको बहुदलिय जनबादको सिद्धान्तले त नेपाललाई बैज्ञानिक समाजबाद तर्फ लैजान्छ। यो सुनेपछी म कम्युनिस्टका अर्का नेता प्रचण्डले नेपालमा प्रयोग गरेको माओबादका जनकार नेता सङ्ग परामर्शमा लागे। उनको भनाइ थियो, नेपाल यो अवस्थामा आउनुको कारण त सामन्तबादीको २४० बर्षको शासन ब्यबस्था अनि काङ्ग्रेस एमालेको अर्धसमान्तबादी पुजिबादी चिन्तनले गर्दा हो, हामी नेपाललाई नया कार्यदिशा प्रदान गर्नका लागि १० बर्ष सम्म को जनयुद्धको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रको निर्माण गरि नेपालको बिकास गर्न आगि बढिरेका छौ।यसैका लागि हाम्रो बाम गठबन्धनले कार्यक्रम अगाडी बढाइरहेको छ। सबैको कुरा सुनेपछि पनि मेरो प्रश्नको उत्तर नपाएर म छट्पट्टाइरहेको थिए।मेरो देश नेपाल यो अवस्थामा आउनुको दोषिको हो? सबैले एक अर्कालाई दोषारोपण गर्दै आफू चोखिने प्रयास गरेको पाए।
केही समय पछि म नेपालको मध्यपश्चिम कर्णाली प्रदेशमा भ्रमण गर्दौ थिए, कर्णालीको भिराला भौगोलिक बिकट्तामा आफ्नो कठोर पुर्ण जिन्दगी यापन गरिरहेका नेपालिलाई देखे, त्यो बेला मलाइ नेपालमा न त बिपिको प्रजातान्त्रिक समाजबाद नै देखे न त कम्युनिस्टका जनताको बहुदलीय जनबाद। मैले प्रष्ट देखे कि जबसम्म नेपालको यी कुना र कन्दराहरुमा बिकास र सहजताको लहर आउदैन तब सम्म नेपालमा जुनसुकै वाद र तन्त्र आएपनी कुनै नेपालीको जीवन परिवर्तन हुनेवाला छैन। मलाइ त्यहा पुगिसके पछि नेपाल पिछडिएको होइन, पछाडी पारिएको रहेछ भन्ने बुझे।नेपालको अनुपम प्रकृतीको सुन्दर सृजनालाई अतिकम बिकशित रास्ट्र बनाउने हामी रहेछौ। हामी नेपालीहरुले नै नेपाललाई यो अवस्थामा पुराएका रहेछौ।मैले दोषी आफै भित्र भेटे।नेपाल यो अवस्थामा आउनुको सबै भन्दा ठूलो दोषी त म रहेछु। म त दोषी खोज्दै हिडिरहेको थिए, दोशी त मेरो भित्र लुकेर अरुलाइ औला देखाउदै गिजाइरहेको थियो, मैले त्यहा पुगेर असलि दोषीको पहिचान गरे, हो म दोसि हो।नेपाललाई यो अवस्थामा पुराउने मुख्य अभियुक्त म नै हो। मैले म दोसि हुनुका कारण खोज्दै गए। म दोषी हुनुको मुख्य कारण मेरो देश प्रतीको दायित्व र कर्तव्य अनि जिम्मेवारिको बोध मलाइ न हुनु नै हो। म यस्तो लोकतन्त्र अभ्यास गर्दै छु जस्ले आफना दायित्व र कर्तव्यबाट मलाइ बिमुख गर्दै अधिकारका लागि संघर्ष गर्न मात्र सिकाउछ। म मेरो मोटर हाक्ने बाटोको जेब्रा कर्सिङ्गमा उभिएको मान्छे लाई हर्न हान्दै मोटर हुइकाउने रहर गर्दछु, मलाइ बिलासिताका हरेक साधन प्रयोग गर्ने इच्छा छ, म मेरो जिवनलाइ बिलासिला प्रदान गर्नका लागि कर छली गर्दै अकुत सम्पती सृजना गर्दैछु, म मेरो जग्गाहरुलाई भबिस्य नसोची अनेक तरिकाले बेच बिखन गर्दै नेपालबाट कृषि पेशा लोप पार्ने दाउ गर्दै छु, मैले आफ्नो काम सजिलो सङ्ग गराउनका लागि २-४ सय रुपिया टेवल मुनि बाट दिएर कर्मचारीलाई लोभी र पापी बनाउदै छु र भ्रस्टाचारको लत बसाल्दै आफुमा सामेल गर्दै छु। मैले आफ्ना छोरा छोरीलाई अमेरिका र युरोप पठाएर आप्रवासी बनाउदामा गर्ब र इज्जत उच्च भएको देख्दैछु, मैले सानो सानो कुरामा पनि लोकतन्त्रको गलत उपयोग गरि नाताबाद र कृपाबादलाई प्रोत्साहन गर्दैछु, मैले यस्तो समाज निर्माण गर्दै छु जुन समाजमा उस्को मुल्यांकन उस्का छोराहरु कुन देशमा आफनो रोज्गार गरिरहेका छ त्यस्को भरमा समाजिक हैसियत हुने। मैले यस्तो समाज बनाउदै छु कि कानुनको उपहास गर्नुलाई मेरो रास्ट्र प्रतीको योगदान र बिरताको प्रतीक बनाउदैछु, मैले मेरो देस् किन बनाउन स
किन?
म मेरो जग्गाहरुलाई भबिस्य नसोची अनेक तरिकाले बेचबिखन गर्दै नेपालबाट कृषि पेशा लोप पार्ने दाउ गर्दै छु, मैले आफ्नो काम सजिलो सङ्ग गराउनका लागि २-४ सय रुपिया टेवल मुनिबाट दिएर कर्मचारीलाई लोभी र पापी बनाउदै छु र भ्रस्टाचारको लत बसाल्दै आफुमा सामेल गर्दै छु। मैले आफ्ना छोरा छोरीलाई अमेरिका र युरोप पठाएर आप्रवासी बनाउदामा गर्ब र इज्जत उच्च भएको देख्दैछु, मैले सानो सानो कुरामा पनि लोकतन्त्रको गलत उपयोग गरि नाताबाद र कृपाबादलाई प्रोत्साहन गर्दैछु, मैले यस्तो समाज निर्माण गर्दै छु जुन समाजमा उस्को मुल्यांकन उस्का छोराहरु कुन देशमा आफनो रोज्गार गरिरहेका छ त्यस्को भरमा समाजिक हैसियत हुने। मैले यस्तो समाज बनाउदै छु कि कानुनको उपहास गर्नुलाई मेरो रास्ट्र प्रतीको योगदान र बिरताको प्रतीक बनाउदैछु, मैले मेरो देशमा बलत्कारी र अपराधीहरुलाई संरक्षण देने हरेक निकायलाई मौन समर्थन गर्दै छुट दिएको छु, मैले समाजमा पैसाको आधारमा समाजिक हैसियतलाई बिक्री गराउदैछु। मैले यस्तो लोकतन्त्रको अभ्यासलाइ प्रोत्साहन गर्दौछु जस्मा करोडौंको लगानी नगर्ने निस्ठाबान र त्यागी मान्छेलाई सिधाउदै करोडौं खर्चिने मेरो मतको सौदागरलाई आफ्नो शासनको बाग्डोर हस्तान्तरण गर्दै बिकास र समृद्धि नभएकोमा आफ्नो भन्दा फरक मत राख्ने जो सुकैलाई दोषारोपण गर्दैछु।मैले यस्तो समाज निर्माण गर्दैछु कि प्रतेक दिन हजारौं युबा हरुलाई बिमानस्थल बाट बिदाइ गर्दै प्रतेक दिन ४-५ बाकसको प्रतिक्षा गर्दै संख्या वृद्धि गर्न युबालाई प्रोत्साहन गर्दै छु, सकारात्मक कुरा भन्दा पनि नकारात्मक प्रचार र अर्कालाइ नराम्रो बनाएर आफुलाई राम्रो बनाउने मेरो प्रयास अनि मेरो सोच र मेरो व्यबहारले नै मेरो देशलाई यो अवस्थामा पुराएको हो। अनि अर्को अति महत्त्वपुर्ण कुरा के भन्दा यो सबै हुदा हुँदै पनि म कोहि आवोस मेरो देश बनाइदियोस भन्दै प्रार्थना गरिरहेकोछु तर मैले के गरे भन्ने कुरा सोच्दै नसोची आफ्ना कर्तुत र व्यबहारलाई निरंतरता दिरहेको छु।किनकि म त काङ्ग्रेस हो, म त कम्युनिस्ट हो, किनकि मलाइ बिलासिता प्यारो छ म आफ्नो देश सङ्ग बिलासिता साट्न तयार छु, म मेरो इमान र निस्ठा अनि नेपालित्वोलाई कौडीको भाउमा बन्दकी राखी आश गर्दै छु कोहि आवोस मेरो देश बनाइदिओस।
तर अब मैले बुझ्ने बेला आएको छ, अब पनि मैले बुझेन भने कैले बुझ्ने अनि मैले बुझिन भने कस्ले बुझ्ने? आफ्नो देश आफै बनाइन भने कस्ले बनाउने? देश बनाउनका लागि मैले सान्सद र मन्त्री अनि प्रधानमन्त्री हुनु आवश्यक छैन, जहाँ जहाँ म छु त्यहा त्यहा मेरा सोच र बिचार अनि मेरा व्यबहार परिवर्तन गर्नु आवश्यक छ। हो अब आत्मक्रान्ती आवश्यक छ। अब लोकतन्त्र भन्दै मा अधिकार मात्र होइन मेरा दायित्व र कर्तव्य अनि जिम्मेवारीलाई बोध गर्नुछ। सबै भन्दा पहिले मेरो देशको निर्वाचन प्रणालीमा लागेको गलत संस्कारलाई परिवर्तन गर्नुपर्ने छ,करोडौंको प्रचार प्रचारबाट होइन, बिचार र सिद्धान्त अनि दुरदर्शिता खोज्नुछ, एक साम्सदले हाम्रो भोट ४-५ करोडमा खरिदने होइन हाम्रो मन उस्को काम र निस्ठाले खरिद्नुपर्नेछ। बजेटको हतारो असार लागेसी होइन, बारैमासे हुनुपर्नेछ। हो, सबै भन्दा पहिले मैले आफ्नो आत्मालाई लोकतान्त्रिकरण गर्नु आवश्यक छ। अब नेपालमा आत्मक्रान्तिको आवश्यक छ। जब सम्म आत्मक्रान्ती हुदैन तब सम्म केही हुदैन, जब सम्म मेरो देशले आफ्नो दिशा आत्मनिर्भरता तर्फ पुराउदैन तब सम्म जुनसुकै वाद र तन्त्र आएपनी न समृद्धि हुन्छ न बिकास न परिवर्तन। मात्र पात्र बदलिन्छ्न, नाट्क त उहीँ मन्चन हुन्छ, राजाको छोरा राजा भए भनेर गणतन्त्र लेराउने हामी हामाएती नेपालीहरु, काङ्ग्रेसको छोरा काङ्ग्रेस अनि कम्युनिस्टका छोरा कम्युनिस्ट हुनुपर्छ भन्दै दरबारमा भएको बंशबादलाइ गाउँ गाउँ घर घरमा नया नाम बाट स्थापना गर्दै हिडिरहेको हाम्रो ब्यवहारमा जब सम्म परिवर्तन हुदैन मेरो नेपालको बारेमा लेखिएको अतिकम बिकशितको त्यो हरफ झन बढ्ने छ। त्यसैले नेपालभरी रहेका म हरु एकीकृत भै हामी बनी आत्म क्रान्ती गर्दै आत्मनिर्भर नेपाल निर्माण अभियानमा लागौ। होइन भने हामी पछिका सन्ततीले हामीलाई सराप्ने छ्न।
जय नेपाल।।
लेखक बर्दघाट, नवलपरासी निवासी हुन।