• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

प्युठानमा बालसञ्जालले  रोक्यो बालविवाह


  •   शनिबार, मङि्सर २९, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान ।
    प्युठानमा बालसञ्जालले बालविवाह रोकेको छ । जिल्लाको माण्डवी गाउँपालिका– २ मर्कावाङ्ग १ महिना अघि भएको बालविवाह रोकिएको हो । गत मंसिर १ गते वर्ष २० को केटा र वर्ष १८की बालिका विच विवाह सम्पन्न भएको थियो ।
    शुक्रवार बालविवाह भयो भन्ने थाहाँपाएर जिल्ला बालसञ्जालका अध्यक्ष प्रेम बहादुर विश्वकर्माको नेतृत्वमा गाउँपालिका उपाध्यक्ष मुगा पुन, प्रहरी, गाउँपालिकाको बालसञ्जाल, पत्रकारको समुहले बालविवाह रोकेको बालसञ्जाल जिल्ला अध्यक्ष विश्वकर्माले बताए । बालविवाहलाई आधिकारिक रुपले छुटाउनको लागि पुष १ गते गाउँपालिकाको न्यायिक समितिमा बोलाईएको छ । समुहले बालिकाको अभिभावकलाई भेटी बालविवाहको असर तथा कानुनी उपचारको बारेमा समेत सचेत गराएको थियो । दाङमा विवाह भएकी बालिकालाई जन्मदर्ता सहित केटालाई लिएर गाउँपाकिलामा उपस्थित हुन बालसञ्जालले अभिभावकलाई आग्रह गरेको छ ।
    यसै बिच समुहले मर्कावाङमा रहेको सुन्नानी आधार माध्यामिक विद्यालय निरिक्षण समेत गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीसंग बालविवाह गर्न नगराउन, कम्तिमा आफ्नो एकजना साथीलाई सम्झाउन, कतै बालविवाह भएमा बालसञ्जाल, प्रहरीलाई खबर गर्ने जस्ता विषयमा सहजीकरण गरिएको थियो ।
    जिल्ला वालसञ्जालले जिल्लामा वालविवाह न्युनिकरणका लागि अभियान चलाउने मात्र होईन विवाह रोक्नेसम्मको काम गरेको बालसञ्जाल अध्यक्ष विश्वकर्माले बताए । भौगोलिक अवस्थाले बालविवाह रोक्ने अभियान दुरदराजमा पुगेको छैन। उनले भने,– ‘जिल्लामा थुप्रै वालविवाह रोक्यौं तर, दुर्गममा प्रभावकारी अभियान चलाउन सकेका छैनौं।’ उनी भन्छन् बालविवाह रोक्नका लागि दुर्गम क्षेत्रमा रहेका वालक्लवहरुलाई पनि सक्रिय बनाउन अभियान अगाडी वढाईएको उनले बताए । विश्वकर्मा बालसञ्जालको अध्यक्ष ०७३ चैत १८ गते भएका हुन् । उनको नेतृत्वमा हाँलसम्म औपचारिक र अनौपचारिक तबरबाट ३२ जति बालविवाह रोकिएका छन् ।
    ५ मुद्धा जिल्ला प्रहरीमा
    जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा यसवर्ष आ.व. २०७५÷०७६ मा जिल्लाभरमा वालविवाह गर्नेको संख्या ५ छ जसमध्य २ वटा अन्तरजातिय विवाह छन्। आ.व. २०७४÷०७५ मा १२ वटा मुद्धा प्रहरीमा पुगेका थिए। भने २०७३÷०७४ मा दुईओटा केसमात्रै जिल्ला प्रहरी कार्यालयमा पुगेका छन्। जिल्लामा वालविवाह विरुद्धको अभियान चलाईएपनि दुर्गममा यो अभियानको प्रभाव पर्न नसकेको हो।
    वालविवाह कानुनतह अपराध हो । वालविवाह गर्नेलाई कानुनमा ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था भएको अधिवक्ता मेघराज भट्टले बताए । जिल्लामा वालविवाह गर्नेलाई प्रहरीले मुद्धा नचलाएको पनि होईन। तर, दुर्गम क्षेत्रमा वालविवाह रोकिएको छैन। यसका पछाडिका कारणहरु जनचेतना, सामाजिक वातावरण, आर्थिक अवस्था संगै किसोर किसोरीलाई अविभावकले सचेततापुर्वक रेखदेख र परिचालन गर्न नसक्नु पनि हो। भने प्रहरी प्रशासन र अभियन्ताहरुको ध्यान पनि दुरदराजमा पुग्न सकेको छैन।
    सानै उमेरमा विवाह गर्नाले महिला र उनवाट जन्मने वच्चाको स्वास्थ्य, परिवार र सामाजिक पहुंचमा प्रतिकुल असर पर्ने जानकारहरु वताउछन्। जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विसाल सुवेदीका अनुसार जिल्लामा वाल विवाहको कारण आमा र वच्चाको स्वास्थ्यमा समस्या आएका घटना दुर्गम क्षेत्रमा धेरै छन्। वालविवाह न्युनिकरणका लागि सरकार र सरोकारवाला निकायले लाखौं रुपैया खर्च गरेपनि त्यो लगानि दुर्गम वस्तीमा पुग्दा वालुवामा पानि भएजस्तै लाग्छ। यसकारण दुर्गम क्षेत्रमा वालविवाह न्युनिकरणका लागि स्थानिय सरकारमा निर्वाचित जनप्रतिनिधी हरुको नेतृत्वमा अभियान चलाउनुका साथै वालविवाहका प्रत्यक्ष तथा अप्रत्यक्ष कारणहरु पहिचान गरि त्यसको समाधानमा ध्यान दिनु जरुरी छ।
    दुर्गममा गाउँमा रोकिएन बालविवाह
    जिल्लाका दुर्गम गाउँमा अझै बालविवाह रोकिएको छैन् । बालविवाह विरुद्धका अभियान शहर केन्द्रित हुँदा बालविवाह नरोकिएको हो । दुर्गम क्षेत्रमा टेलिफोन र सामाजिक सञ्जाल वालविवाह न्युनिकरण तथा रोकथामको चुनौति वनेको छ। चिन्दै नचिनेका केटाकेटीले पनि फोन र फेसवुकमा प्रेम गरेर विवाह गर्ने गरेको सामाजिक अगुवाहरु वताउछन्। स्कुले केटाकेटीले फोनै फोनमा सम्वन्ध गासेको अभिभावकहरु पत्तै पाउदैनन्। पुरानो पुस्ता प्रविधिको न्युन पहुंचमा रहेको त्यस क्षेत्रका अधिकांस किसोर किसोरीले टेलिफोन मात्र होईन सामाजिक सञ्जालको समेत प्रयोग गर्ने गर्दछन्।

    Advertisement

    शनिबार, मङि्सर २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार
    देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation