• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

प्युठानमा बालसञ्जालले  रोक्यो बालविवाह


  •   शनिबार, मङि्सर २९, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान ।
    प्युठानमा बालसञ्जालले बालविवाह रोकेको छ । जिल्लाको माण्डवी गाउँपालिका– २ मर्कावाङ्ग १ महिना अघि भएको बालविवाह रोकिएको हो । गत मंसिर १ गते वर्ष २० को केटा र वर्ष १८की बालिका विच विवाह सम्पन्न भएको थियो ।
    शुक्रवार बालविवाह भयो भन्ने थाहाँपाएर जिल्ला बालसञ्जालका अध्यक्ष प्रेम बहादुर विश्वकर्माको नेतृत्वमा गाउँपालिका उपाध्यक्ष मुगा पुन, प्रहरी, गाउँपालिकाको बालसञ्जाल, पत्रकारको समुहले बालविवाह रोकेको बालसञ्जाल जिल्ला अध्यक्ष विश्वकर्माले बताए । बालविवाहलाई आधिकारिक रुपले छुटाउनको लागि पुष १ गते गाउँपालिकाको न्यायिक समितिमा बोलाईएको छ । समुहले बालिकाको अभिभावकलाई भेटी बालविवाहको असर तथा कानुनी उपचारको बारेमा समेत सचेत गराएको थियो । दाङमा विवाह भएकी बालिकालाई जन्मदर्ता सहित केटालाई लिएर गाउँपाकिलामा उपस्थित हुन बालसञ्जालले अभिभावकलाई आग्रह गरेको छ ।
    यसै बिच समुहले मर्कावाङमा रहेको सुन्नानी आधार माध्यामिक विद्यालय निरिक्षण समेत गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीसंग बालविवाह गर्न नगराउन, कम्तिमा आफ्नो एकजना साथीलाई सम्झाउन, कतै बालविवाह भएमा बालसञ्जाल, प्रहरीलाई खबर गर्ने जस्ता विषयमा सहजीकरण गरिएको थियो ।
    जिल्ला वालसञ्जालले जिल्लामा वालविवाह न्युनिकरणका लागि अभियान चलाउने मात्र होईन विवाह रोक्नेसम्मको काम गरेको बालसञ्जाल अध्यक्ष विश्वकर्माले बताए । भौगोलिक अवस्थाले बालविवाह रोक्ने अभियान दुरदराजमा पुगेको छैन। उनले भने,– ‘जिल्लामा थुप्रै वालविवाह रोक्यौं तर, दुर्गममा प्रभावकारी अभियान चलाउन सकेका छैनौं।’ उनी भन्छन् बालविवाह रोक्नका लागि दुर्गम क्षेत्रमा रहेका वालक्लवहरुलाई पनि सक्रिय बनाउन अभियान अगाडी वढाईएको उनले बताए । विश्वकर्मा बालसञ्जालको अध्यक्ष ०७३ चैत १८ गते भएका हुन् । उनको नेतृत्वमा हाँलसम्म औपचारिक र अनौपचारिक तबरबाट ३२ जति बालविवाह रोकिएका छन् ।
    ५ मुद्धा जिल्ला प्रहरीमा
    जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा यसवर्ष आ.व. २०७५÷०७६ मा जिल्लाभरमा वालविवाह गर्नेको संख्या ५ छ जसमध्य २ वटा अन्तरजातिय विवाह छन्। आ.व. २०७४÷०७५ मा १२ वटा मुद्धा प्रहरीमा पुगेका थिए। भने २०७३÷०७४ मा दुईओटा केसमात्रै जिल्ला प्रहरी कार्यालयमा पुगेका छन्। जिल्लामा वालविवाह विरुद्धको अभियान चलाईएपनि दुर्गममा यो अभियानको प्रभाव पर्न नसकेको हो।
    वालविवाह कानुनतह अपराध हो । वालविवाह गर्नेलाई कानुनमा ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था भएको अधिवक्ता मेघराज भट्टले बताए । जिल्लामा वालविवाह गर्नेलाई प्रहरीले मुद्धा नचलाएको पनि होईन। तर, दुर्गम क्षेत्रमा वालविवाह रोकिएको छैन। यसका पछाडिका कारणहरु जनचेतना, सामाजिक वातावरण, आर्थिक अवस्था संगै किसोर किसोरीलाई अविभावकले सचेततापुर्वक रेखदेख र परिचालन गर्न नसक्नु पनि हो। भने प्रहरी प्रशासन र अभियन्ताहरुको ध्यान पनि दुरदराजमा पुग्न सकेको छैन।
    सानै उमेरमा विवाह गर्नाले महिला र उनवाट जन्मने वच्चाको स्वास्थ्य, परिवार र सामाजिक पहुंचमा प्रतिकुल असर पर्ने जानकारहरु वताउछन्। जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विसाल सुवेदीका अनुसार जिल्लामा वाल विवाहको कारण आमा र वच्चाको स्वास्थ्यमा समस्या आएका घटना दुर्गम क्षेत्रमा धेरै छन्। वालविवाह न्युनिकरणका लागि सरकार र सरोकारवाला निकायले लाखौं रुपैया खर्च गरेपनि त्यो लगानि दुर्गम वस्तीमा पुग्दा वालुवामा पानि भएजस्तै लाग्छ। यसकारण दुर्गम क्षेत्रमा वालविवाह न्युनिकरणका लागि स्थानिय सरकारमा निर्वाचित जनप्रतिनिधी हरुको नेतृत्वमा अभियान चलाउनुका साथै वालविवाहका प्रत्यक्ष तथा अप्रत्यक्ष कारणहरु पहिचान गरि त्यसको समाधानमा ध्यान दिनु जरुरी छ।
    दुर्गममा गाउँमा रोकिएन बालविवाह
    जिल्लाका दुर्गम गाउँमा अझै बालविवाह रोकिएको छैन् । बालविवाह विरुद्धका अभियान शहर केन्द्रित हुँदा बालविवाह नरोकिएको हो । दुर्गम क्षेत्रमा टेलिफोन र सामाजिक सञ्जाल वालविवाह न्युनिकरण तथा रोकथामको चुनौति वनेको छ। चिन्दै नचिनेका केटाकेटीले पनि फोन र फेसवुकमा प्रेम गरेर विवाह गर्ने गरेको सामाजिक अगुवाहरु वताउछन्। स्कुले केटाकेटीले फोनै फोनमा सम्वन्ध गासेको अभिभावकहरु पत्तै पाउदैनन्। पुरानो पुस्ता प्रविधिको न्युन पहुंचमा रहेको त्यस क्षेत्रका अधिकांस किसोर किसोरीले टेलिफोन मात्र होईन सामाजिक सञ्जालको समेत प्रयोग गर्ने गर्दछन्।

    Advertisement

    शनिबार, मङि्सर २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation