• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

सरङकोटबासीलाई सधै खानेपानीको चिन्ता, १ गाग्री पानी लिन ४ घण्टा।


  •   शनिबार, मङि्सर ०८, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान। धारामा पानी लिन आउनेहरुको बिहानै देखि भीडँ हुन्छ । स्थानीयको दैनिकी पानीको जोहोमै बित्छ । घरायसी काममा लाग्नुपर्ने महिलाको पानीको पालो कुर्दैमा बिहान बित्छ । बिद्यार्थी पनि पानीकै जोहोमा लाग्नुपर्दा समय मै पढन जान भ्याउँदैनन् । पानीको मेसो मिलाउन बिहानभर धारामा लाईन लाग्नुपर्दा कहिलेकाही उनिहरुको स्कुल समेत छुट्छ। गाउमा खानेपानीको अभाव बढ्दै गएको स्थानियहरु बताउँछन् । गाउमा खानेपानीको ठूलो समस्या छ । स्थानीय देवकला सुनारले भनिन,–‘आफनो पालो कुर्दा कुर्दै एक बिहान बित्छ । ‘धारामा पानी सानो आउँछ, पानी भर्दाभर्दै धारा सुक्छ । ’ । पानी उपयोग गर्ने जनशक्ति वढी छ ,धारामा प्रयाप्त पानी न आउने समस्याका कारण यहाँ पानीको जोहो गर्न निकै समस्या छ ।मल्लरानी गाउँपालिका–५ सरङकोट, जोरपोखरी, छेडापोखरा, दर्भाने तथा ऐरावती गाउँपालिकाको सिंधुरेडाँडाका करिब पचास घरधुरीले यही पानी उपभोग गर्दै आएको स्थानीय भुमीसुधार आधारभूत बिद्यालयका व्यवस्थापन समिती अध्यक्ष दान बहादुर बुढाथोकीले बताए । यहाँका स्थानीयले बिहान भरेको पानीले भालीखेर बिहान सम्म काम चलाउनुपर्छ । बुढाथोकीले भने,–‘ पानी भर्ने त बिहान मात्र हो, साझमा धारामा पानी नै आउँदैन । नुहाउनुपरे स्थानीयलाइ दुइ घण्टा हिडेर झिमरुक खोला झर्नैपर्ने बाध्यता छ ।०७२ सालको भुकम्पले जमिन थर्काएपछि झन पानीको मुहान सुक्दै गएको स्थानियहरु बताउछन् ।भुकम्प गएको पनि ४ वर्ष भयो , मुलुकमा स्थानिय तहको निर्वाचन भई गाउँगाउँमा सिंह दरवारको अधिकार गाउँ गाउँमा आएको भनिएता पनि सरङ्गकोट बासीको यो समस्या देख्दा जो कसैलाई पनि सिंह दरवारको अधिकार कहाँ गयो कहाँ भन्ने अनुभुति हुन्छ । पानी खानका लागि निकै सास्ती भोगेको बताउँदै स्थानिय गोपिलाल सुनार भन्दछन मुल सुके पछि ४ घण्टा हिंडेर झिमरुक खोलाको बगेको पानी लिएर खाएका छौ हाम्रो दुःख बुझ्ने कोहि भएन ।

    Advertisement


    स्थानिय सरकारले खानेपानी उपलब्ध गराउनको लागि केहि सहयोग नगरेको स्थानियको गुनासो रहेको छ । केही दिन अगाडि ४ वटै बस्तीका १० जना संयुक्तसमुह जिल्ला प्रशासनमा डेलिगेशन समेत गएको र प्रमुख जिल्ला अधिकारीले बद्रीनाथ गैह्रेले सक्दो प्रयास गर्ने आस्वासन दिएको स्थानियहरु बताउछन् ।खानेपानीको मुल हेर्न गाउापालिकाका अध्यक्ष सरङकोटमा पुगेको स्थानिय किरण पन्थीले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष अमरध्वज राना मगरले यस क्षेत्रमा खानेपानीको सुविधा पु¥याउनका लागि गाउँपालिकाले नसक्ने बताए । उनले भने,–‘प्रदेश सरकार संग यसको माग गर्ने छ । ’ यस क्षेत्रमा खानेपानीके मुल नभएकाले लिफ्ट योजना मार्फत खानेपानी लिन बजेट वढी लाग्ने गाउँपालिकाका अध्यक्ष अमरध्वज राना मगरले बताए । उनले भने,‘यस क्षेत्रमा खानेपानीको सेवा पु¥याउन प्रदेश सरकार संग माग गरेका छौँ । ’

    शनिबार, मङि्सर ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार
    देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...