• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार ३०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

प्रशासकिय भवन बन्यो, प्रयोग भएन

‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल

झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

  • २. कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

  • ३. प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

  • ४. सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

  • ५. अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

  • ६. उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

  • ७. गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

  • ८. थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

  • ९. वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

  • १०. गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

निर्मलाका परिवार अनिश्चितकालीन धर्नामा


  •   आइतबार, कार्तिक २५, २०७५ मा प्रकाशित
  • २५ कार्तिक २०७५,

    Advertisement

    कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै आइतबारदेखि पीडित परिवार अनिश्चितकालीन धर्नामा बसेका छन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार नै जिल्ला प्रशासन कार्यालयको द्वारमा निर्मलाका आमाबुवा छोराछोरीसहित धर्नामा बसेका हुन् ।आइतबार दिउँसो महेन्द्रनगरको मदनचोकमा भेला भएका परिवार र महिला अधिकारकर्मीहरुले र्‍यालीसहित प्रदर्शन गरेका थिए । र्‍यालीमा निर्मलाका सहपाठीहरुसमेत थिए । महेन्द्रनगर बजारमा प्रदर्शनपश्चात् जिल्ला प्रशासन कार्यालय अगाडि पुगेपछि बुवा यज्ञराज, आमा दुर्गादेवी, कान्छी आमा लक्ष्मी र आफन्तहरु धर्नामा बसे । आमाबुवासँगै निर्मलाकी बहिनी सरस्वती र भाइ मोहितसमेत छन् । त्यसअघि निर्मलाका बुवा यज्ञराजले प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई धर्ना बस्ने कार्यक्रमबारे जानकारी गराएका थिए ।

    उनले छोरीका हत्यारा सार्वजनिक नभएसम्म धर्ना जारी रहने जानकारी गराए । ‘अब छोरीका हत्यारा सार्वजनिक नभएसम्म म यहाँबाट उठ्दिनँ’ धर्ना बस्नुअघि यज्ञराजले भने, ‘मेरो लडाइँ न्यायका लागि हो ।’ उनले जस्तो सुकै अवस्था आए पनि न्याय नपाउँदासम्म धर्नामा बसिरहने बताए ।

    साउन १० गते साथीको घरमा गएकी निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका २ र १८ को सीमामा मृत अवस्थामा भेटिएकी थिइन् । सोही दिनदेखि हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार र आफन्तले आन्दोलन गर्दै आएका छन् । न्याय माग्दै निर्मलाका बुवा र आमा काठमाडौंसमेत पुगेका थिए ।

    प्रधानमन्त्री, गृहमन्त्री सबैलाई भेट्दा पनि न्याय नपाएपछि अन्तिम विकल्पका रुपमा धर्ना बस्नुपर्ने निर्मलाकी आमा दुर्गादेवीको भनाइ छ । ‘सबैले हत्यारा पत्ता लगाउँछौं भन्छन्, तर अहिलेसम्म हामीले न्याय पाएनौं’ उनले भनिन्, ‘त्यही भएर धर्ना बस्नुपर्ने अवस्था आएको हो ।’

    आइतबार, कार्तिक २५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला
    राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान
    अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान
    थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए
    थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन
    उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    लोकप्रिय

    • १.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • २.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान

    • ३.
      प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

    • ४.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    • ५.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ६.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित

    भर्खरै

    • १.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • २.
      लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

    • ३.
      प्रशासकिय भवन बन्यो, प्रयोग भएन

    • ४.
      ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

    • ५.
      वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

    • ६.
      तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल

    • ७.
      झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

    • ८.
      लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation