• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

लोकप्रिय समाचार

  • १. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • २. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ३. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ४. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ५. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • ६. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ७. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • ८. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • ९. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • १०. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

एकीकृत समाजबादी निकट अनेमसंघ रुपन्देहीको अध्यक्षमा पोख्रेल


  •   सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
  • बुटवल । नेकपा एकिकृत समाजवादीका नेताहरुले तल्लो तहसम्म संगठन विस्तारलाई तिव्रता दिन कार्यकर्तालाई आग्रह गरेका छन । नेकपा एमालेमा केपि ओलीको व्यक्तिवाद र पार्टीमा लागेकाहरुलाई निषेध गरेर सर्वसत्तावाद लागू गरेकाले त्यसलाई चिर्दै विचारको पार्टी बनाउने अभियानमा सामेल हुन आग्रह गरेका हुन ।
    अखिल नेपाल महिला संघ, समाजवादी रुपन्देहीको सोमबार बुटवलमा भएको प्रथम भेलामा बोल्दै नेताहरुले जनवर्गिय संगठन निर्माणमा जुट्न कार्यकर्तालाई अपिल गरे ।
    उक्त अवसरमा बोल्दै अखिल नेपाल महिला संघ समाजवादीका केन्द्रीय उपाध्यक्ष राजेन्द्रलक्ष्मी गैरेले महिला मुक्ति र समानताका लागि समाजवादी पार्टीमा गोलबन्द हुन आग्रह गरिन । उनले दुई तिहाई नजिकको सरकारमा हुँदा कम्यूनिष्ट धारलाई छाडेर संसद विघटनमा गएकाले एमालेबाट विद्रोह गर्नुपरेको बताईन ।
    भेलामा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले कुनै बेला माधव नेपालले गल्ती गर्दा पनि केपि ओलीलाई संरक्षण गरेको स्मरण गर्दै अहिले उल्टो बिषालू सर्प बनेर डसेको टिप्पणी गरे । उनले अहिले आफूहरुको पार्टीमा जोडिनेहरुको संख्या बढ्दै गएकाले आगामि चुनावसम्म देशैभर समाजवादीमा प्रवेश गर्नेको लहर चल्ने बताए ।
    भेलामा अर्का केन्द्रीय सदस्य तथा रुपन्देहीका सहइन्चार्ज सिद्धिचरण भट्टराईले संसद विघटन गरेर पार्टी र देशलाई ओलीले दुर्घटनामा धकेलेको बेला माधव नेपालले बचाउने काम गरेको बताए । संविधानको रक्षा गर्दै एमालेबाट विद्रोह गर्नुपरेकाले विचार र कम्यूनिष्ट आचरण भएकाहरुले समाजवादी नै रोज्नुपर्ने बताए । अखिल नेपाल महिला संघ समाजवादीका केन्द्रीय सदस्य उमादेवी काफ्लेले महिला समानता र सवैधानिक अधिकार रक्षाका लागि आफूहरु सदैव लडिरहने बताईन । उक्त अवसरमा नेताहरु डोलेन्द्र गहतराज, सरिता श्रीस, चुनबहादुर गुरुङ लगायतले बोलेका थिए ।

    Advertisement

    अनेमसंघ( समाजवादी) अध्यक्षमा पोख्रेल
    भेलाले अखिल नेपाल महिला संघ (समाजवादी) रुपन्देहीमा सरस्वती पोख्रेलको अध्यक्षतामा १०१ सदस्यी कमिटि गठन भएको छ ।
    उपाध्यक्षद्धयमा सुवर्ण कुँवर, आशा चौधरी, सचिव तुल्सि पोख्रेल खनाल, उपसचिव शारदा पहारी र कोषाध्यक्षमा सिता पोख्रेल चयन भएका छन ।

    सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा
    लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता
    रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
    माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार
    कांग्रेस कपिलवस्तुद्वारा लुम्बिनीका आफ्नै मन्त्रीहरू बहिष्कार
    रास्वपा प्युठानद्वारा भिजिट भिसा दुरुपयोग र मानव तस्करीबारे छानबिन माग

    लोकप्रिय

    • १.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • २.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ३.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ४.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    • ५.
      नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    • ६.
      गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    भर्खरै

    • १.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • २.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ३.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ४.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    • ५.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    • ६.
      गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    • ७.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ८.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation