कुलोको विषयमा विवाद हुँदा गोली चल्यो

तुलसीपुर (दाङ) । दाङको तुलसीपुरमा कुलोको विषयमा सामान्य विवाद हुँदा एक युवकले गोली चलाएका छन् ।

गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका–८ का पूर्णबहादुर ओलीलाई ६ राउण्ड गोली र पिस्तोलसहित प्रहरीले तत्काल पक्राउ गरेको छ । शुक्रबार दिउसो सवा १२ बजेतिर पेस्तोल चलाएर रा २ प ६७९२ नम्बरको मोटरसाईकलमा भाग्दै गरेको अबस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।उनीसहित भाग्दै गरेको मोटरसाईकल चलाईरहेका तुलसीपुर ८ टिकरीका आकाश चौधरीलाई पनि पक्राउ गरिएको छ ।

ओलीले चलाएको गोलीबाट कुनै पनि क्षति नभएको पनि प्रहरीले बताएको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.