सरकार र थारूहट संघर्ष समितिबीच ६ बुँदे सहमति

काठमाडौं। सरकार र थारू कल्याणकारी सभा, थारूहटरथारूवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । मंगलबार सरकार र थारुहट संघर्ष समितिका तर्फबाट विभिन्न ६ बुँदे सहमति भएको हो । सहमतिपत्रमा टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरी, धनीराम चौधरीलगायतको मुद्दा फिर्ता र रिहाईका लागि संविधान र कानून सम्मत पहल गर्ने, आन्दोलनका क्रममा महिला र असहायमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न छानिबनि गर्ने, कमैया, कमलरी संघर्ष समितिसँग विगतमा भएका सहमति कार्यान्वयन गर्ने उल्लेख छ ।उक्त वार्ता टोली मा सरकारका तर्फबाट कानूनमन्त्री लिलानाथ श्रेष्ठ, राजन भट्टराई र भगवती चौधरी रहेका छन् भने थारु समितिबाट रुकमिणी चौधरी, प्रमिलाल चौधरी, पद्मनारायण चोधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरी रहनुभएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...