प्युठानकी एक संक्रमित महिलाको दाङमा मृत्यु

दाङ । दाङमा प्युठानकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठान नगरपालिका ३ की ३६ वर्षीया महिला रहेको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङले जनाएको छ । उनको शुक्रवार बिहान ११ः ५० बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

ती महिला यहि बैशाख १० गतेदेखि अस्पतालमा आइसियूमा भर्ना भएकी थिइन् । उनलाई कोरोना संक्रमणसंगै निमोनिया पनि भएको व्यवस्थापक वलीले जानकारी दिए ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...