देवदहमा निःशुल्क पिसिआर परीक्षण शुरु

सुरज भट्टराई, बुटवल। रुपन्देहीको देवदह नगरपालिकाले बुधबार देखि निःशुल्क पिसिआर परीक्षण शुरु गरेको छ । नगरपालिका क्षेत्रका नागरिकहरुको कोरोना भाइरस जाँचका लागि निःशुल्क पिसिआर परीक्षण शुरु गरिएको उपप्रमुख बिद्या लक्ष्मी गुरुङले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको लक्षण देखिएका व्यक्तिहरुले नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरेको आधारमा उनीहरुको पिसिआर गरिदिने व्यवस्था मिलाइएको उहाको भनाई छ । गुरुङका अनुसार नगरपालिकाको आफ्नै जनशक्तिले बुधवारदेखि स्वाब संकलन गर्ने काम गरिरहेको छ । ‘कुनै लक्षण देखिएमा खवर गर्नुपर्ने हुन्छ, हामी घरमै पुगेर स्वाब संकलन गर्छौ ।’ यसका लागि नगरपालिकाले उज्यालो लालटिन प्रतिष्ठानको सहकार्यमा निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था मिलाएको हो ।

संकलित स्वाब प्रादेशिक स्वास्थ्य प्रयोगशाला भैरहवामा परिक्षणका लागि लगिने नगरपालिकाले बताएको हो। हाल रुपन्देहीका तीन स्थानमा कोरोना परिक्षण हुने गरेको छ । व्यक्तिगत रुपमा परिक्षण गर्दा प्रति व्यक्ति दुई हजार रुपैयाँ लाग्ने गरेको छ ।
यसैबिच, कोरोना संक्रमितलाई लक्षित गर्दै देवदह मेडिकल कलेजमा पाँच बेडको आइसियु सेवा सञ्चालनमा आएको पनि उपप्रमुख गुरुङले कामना डेलीलाई बताउनुभयो।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...