दाङ । बिश्व हिन्दु युवा संघले दाङमा योगी नरहरिनाथ गुरु कुल ” खोल्ने कुरालाइ आफुहरुले नेतृत्व गर्ने जनाएको छ।
दाङमा भएको एक कार्यक्रममा बोल्दै संघका अध्यक्ष ऋषिकेश जंग शाहले यस्तो बताएका हुन। उनले भने “दाङ लाइ सन्सार भर धार्मिक ग्रामको रुपमा बिश्व बिख्यात बनाइने छ,त्यो ग्रामको राजधानी श्रीगाउ हुनेछ।अर्को दाङको रिहारमा भगबान कृश्नले गाइ चराउनु हुन्थ्यो ( जहा योगी नरहरिनाथले कोटि होम लगाउनु भएको थियो )त्यहा ” योगी नरहरिनाथ गुरु कुल ” खोल्ने कुरालाइ अब बिश्व हिन्दु युवा सघले नेतृत्व गर्ने छ”। अध्यक्ष शाहले योगि नरहरीनाथले चिम्टा गाडेर जग्गा संकलन गरेर स्थापना गरेको महेन्द्र संस्कृतिक बिश्वबिद्धालय उहाँको सपना अनुसार चल्न नसकेको पनि बताएका छन।
Comments are closed.