कपिलवस्तुमा ट्याक्टरको रोटावेटरमा बेरिएर बालकको मृत्यु 

कपिलबस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका – ७ रुद्रपुरमा ट्याक्टरको रोटावेटरमा वेरिएर बालकको मृत्यु भएको छ ।
खेत जोत्ने क्रममा लु अ ज ४३६ नम्बरको ट्याक्टरले रुद्रपुरका बर्खु यादवको अन्दाजी ९÷१० बर्षिय छोरा विजय यादवको रोटावेटरमा वेरिएर मृत्यु भएको हो । सोमबार राती ८ बजे खेत जोत्ने क्रममा विजयको मृत्यु भएको हो । विजयको शव छतविछत अवस्थामा खेतमा भेटीएपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए। आफ्नै दाजु सुमिरन यादवले चलाएको ट्याक्टरको रोटावेटरमा बेरिएर विजयको ज्यान गएको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी सहायक निरिक्षक धर्म बहादुर भण्डारीले जानकारी दिनु भयो।
विजयको शब शिवराज अस्पाताल बहादुरगंजमा राखीएको छ । चालक सुमिरन यादव फरार रहेकोले खोजी कार्य भैरहेको बहादुरगंज प्रहरीले जनाएको छ ।

Sharing Now!

You might also like

Comments are closed.