प्रधानमन्त्रीसहित सरकारका सबै मन्त्रीले दसैँ भत्ता नलिने

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुलाई दसैँ भत्ता नलिनका लागि आग्रह गरेका छन् ।

दसैँ भत्तावापतको रकम कोरोना कोषमा जम्मा गरी कोरोना नियन्त्रण र उपचारमा खर्च गर्ने निर्णय भएको गुरुङले जनाकारी दिए ।

Sharing Now!

You might also like

Comments are closed.