काठमाडौं। राजधानीको मृगस्थलिमा आयोजित गोरक्ष यज्ञ एवम् धार्मिक प्रवचनमा बोल्ने बक्ताहरुले नेपालमा पुर्वीया दर्शनमा आधारित अर्थ निति लागू गर्न सके समृद्धिको गन्तव्य टाढा नभएको बताएका छन।
बिश्व हिन्दु युवा संघ र बृहत आध्यात्मिक परिषदद्वारा आज आयोजीत उक्त प्रवचन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्याम घिमिरे, गुठी संस्थानका महानिर्देशक शेष पौडेल, विद्वानहरु बिष्णु दाहाल, शिरोमणि ओझा लगायतले पुर्वीया दर्शन र हिन्दुत्वको बारेमा चर्चा गरेका थिए। कार्यक्रमको सभापतित्व बिश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले गरेका थिए। अध्यक्ष शाहले उक्त कार्यक्रम साप्ताहिक रुपमा हरेक सनिवार संचालन गर्दै आएका छन।
Comments are closed.