मार्मीक गीत’आमा मेरी आमा’ सार्वजनिक (भिडियो)

सुरज भट्टराई, बुट्वल । लोकप्रीय गायक एवं संगितकार पुष्कर सुनुवारको स्वरमा रहेको मार्मिक गीत ‘ आमा मेरी आमा’ सार्वजनिक भएको छ।
गीतको भिडियोमा संगीतकार एव् कलाकार पेमा तामाङ, अनिता गोले,मिना तामांङ’, बुद्ध गुरुङ’,रोहित गुरुङ’ र निमा तामाङले अभिनय गरेका छन । यो गीतको भिडियोले बिदेशमा दुखः गरिरहेका नेपालीहरुको पिडा बोलेको संगीतकार पेमा तामाङले बताउनुभयो । गीतकार मिना तामाङले गीतको रचना गर्नु भएको हो भने भिडियोमा उहालाई आमाको भूमिकामा देखाईएको छ । सुरज श्रेष्ठको कन्सेप्ट र निरेन श्रेष्ठको निर्देशनमा भिडियो तयार पारिएको हो । दिपक गिरीले छायांकन गरेको यो गीतको भिडियोलाई नबिन सुनुवारले सम्पादन तथा कलारिङ गर्नुभएको हो । गायक पुस्कर सुनुवारको युट्युब च्यानलमा यो गीत हेर्न सकिन्छ।
गीतको भिडियोलाई मेलोडी नेपालले पोस्ट प्रोडक्सन गरेको छ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.