अबका यूवाको यात्रा, पुरानो बाटोमा नयाँ पुस्ता

विश्वव्यापी महामारी अर्थात कोरोना भाइरस (कोभिड–१९) ले गर्दा विश्व जर्जर अवस्थामा पुगेको छ । अत्यन्त तीब्ररुपमा फैलिएको यो महामारी रोगले विश्वमा नै प्रभाव जमाइसकेको छ। विश्व स्वास्थ संगठनले कोभिड–१९ लाई विश्वव्यापी महामारी र स्वास्थ संकटकालको घोषणा गरेसंगै,विभिन्न देशले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षणको शुरुवाती चरणको नतिजा सकारात्मक देखिएको छ ।

मेडिकल जर्नल द लेसेन्टमा प्रकाशित सूचनाअनुसार क्लिनिकल परीक्षणको दुई चरणका खोपले कोरोना भाइरसविरुद्ध लड्न आवश्यक एन्टिबडी विकास भएको पाइएको छ भने,विश्व स्वास्थ संगठनले यसलाई करिब सन् २०२१ मध्यतिर प्रयोगमा ल्याउन सकिने अनुमान गरेको छ । लामो समयको लकडाउन तथा ठूलो संख्यामा रोजगारी कटौती,अध्ययन, वा अन्य कारणले देश तथा देशबाहिर रहेका युवाहरू अहिले स्थानिय तह(गाउँ) फर्केर र पारिवारीक पेशामा नैं संक्रियता रहेको अवस्थामा,स्थानिय स्थरमा देखिएका समस्याहरु मध्यका शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन तथा रोजगार,खेलकुद लगायतका क्षेत्रमा नीतिगत तर्जुमा गरी कार्यक्रमहरु कार्यान्वयन गर्न अति आवश्यक रहेको देखिन्छ । स्थानिय स्थरमा ठूलो संख्यामा रहेको हामी युवा अब विकास निमार्णको संवाहक हुन आवश्यक छ । नेपालको सन्दर्भमा राष्ट्रिय युवा नीति,२०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । नेपालमा युवाको कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत अर्थात (१ करोड ७ लाख) रहेको छ भने । नेपाल सरकारका विभिन्न निकायमा युवा उमेर समूहबारे अझ एकरूपता कायम हुन नसकिरहेको सन्दर्भमा युथ भिजन सन् २०२५ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ । युवा शक्ति कुनै पनि देशको राजनैतिक,आर्थिक, साँस्कृतिक र सामाजिक परिवर्तनको संवाहक हो भने,सक्रिय¸उर्जावान र गतिशिल समूह पनि हो । हरेक राजनितिक,आर्थिक,साँस्कृतिक र सामाजिक परिवर्तनलाई संस्थागत गर्न र राष्ट्र निर्माणमा युवा जनशक्तिको सङ्ख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगति गरे जस्तैं हाम्रो पनि विकास निर्माण हामी युवाहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ नैं ।

यसबाट नेपाल युवा जनसाङ्ख्यिक लाभांशबाट फाइदा लिई समृद्धि र विकासको सुनौलो युगमा प्रवेश गर्नसक्ने अवसरमा रहे पनि राजनीतिक सङ्क्रमणका कारण देशको आर्थिक साँस्कृतिक र सामाजिक क्षेत्रमा अपेक्षाकृत परिवर्तन हुन सकेको छैन ।

विश्वव्यापी महामारी गर्दा यती बेरा धेरै संङख्यामा यूवाहरु स्थानीय तहमै रहेका छन । हामी युवाले नै राजनैतिक,आर्थिक,साँस्कृतिक र सामाजिक परिवर्तनको लागि उपयुक्त समय छ । स्थानिय तहका जनप्रतिनिधि संग समन्वय गर्दै,युवा परिचालन,सहभागिता र युवाको नेतृत्वमा विकास युवा स्वावलम्बन,सशक्तीकरण,सहकार्य, पहलकदमीमार्फत स्थानिय स्थरको बिकास निर्माणको पूर्ण जिम्मेवारी हामी युवाको नै हो,भने युवा नेतृत्वलाई विकास र स्थापित गर्दै जानुपर्दछ । हाम्रो इतिहास,हाम्रो गोरव,हाम्रो साँस्कृतिक र हाम्रो पहिचान,अबको हामी यूवाको यात्रा,पुरानो बाटोमा नयाँपुस्ता भने जस्तैं मानव सभ्यताको शुरुवातको समय देखि नै सम्पदाको ज्ञान विभिन्न समुदायहरु,जातजातिहरुबीचमा पुस्तौ पुस्ता एकपछि अर्कोगरी हस्तान्तरण हुँदै गएको पाइन्छ,पुरातात्विक,ऐतिहासिक, सांस्कृतिक तथा धार्मिकस्थलमा हामी युवा हाम्रो जिम्मेवारीलाई पुरा गर्नको लागि एक ढिका हुन आवश्यकता छ । स्थानीय स्तरका साँस्कृतिक सम्पदा अन्तर्गत ऐतिहासिक कला,विज्ञान,संस्कृति बोकेका धरहराहरु,ताम्रापत्रहरु,गुफा जस्ता मूल्य मान्यता बोकेको ऐतिहासिक भवनहरुको सूचीकृत गर्ने,खोज गर्ने र अध्ययन अनुसन्धान गर्ने,संरक्षणको लागि हामी युवाको स्थानीय स्थरमै भएकोले र हामी नेपालीको महान चाडपर्वहरु,रीतिरिवाजहरु, संस्कार संस्कृतिहरु,हाम्रो आगन अगाडि आउन लागेको छ ।यस कारणले गर्दा नि अध्ययन अनुसन्धान र संरक्षणमा थप टेवा पुग्ने छ। विश्वब्यापी महामारीलाई मध्यनजरमा राख्दै हामी युवाहरुको मुख्य जिम्मेवारी स्थानीय स्तर विकास निर्माणका कार्यक्रमलाई यसरी सघाउन सकिन्छ ।

कृषि र पशुपालनमा आत्मनिर्भता
सम्माननीय प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा नेकपाको सरकार निर्माण भइसकेपछि सरकारको वार्षिक नीति तथा कार्यक्रम २०७७ मा भूमिसुधारको लागि भूमि व्यवस्थापन गर्ने सम्बन्धमा भूमि बैंक स्थापना गर्ने नीतिमा ।

यस वर्षको बजेटमा भूमि बैंकको स्थापना गर्ने गरी ५० करोडको लगानी गर्ने गरी, प्रदेश र स्थानीय तहको समन्वयमा संघले ५० प्रतिशत प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय सरकार २० प्रतिशत लगानी गर्ने व्यवस्था गरिएको छ ।

यसै बर्षमा ७५३ स्थानीय तहमध्ये आधा भन्दा बडि स्थानीय तहमा यो अवधारणा लागू गर्ने लक्ष्य राखेको छ । कृषिमा उत्पादन बढाउन, जग्गा बाँझो राख्न नदिन तथा आत्मनिर्भरतातर्फ लाग्ने उद्देश्यका साथ सरकारले नीति तथा कार्यक्रम र बजेटमा समेत भूमि बैंकको अवधारणा ल्याएको छ। संघ,प्रदेश र स्थानीय तहको समन्वयमा भूमि बैंक स्थापना गरी जग्गा हुनेबाट जग्गा लिएर जग्गा नहुनेलाई प्रयोग गर्न दिने अवधारणा सरकारको रहेको छ ।

भूमि बैंक
आन्तरिक बसाइँसराइले गर्दा घर तथा जग्गाजमिन छोडेर जाने प्रवृत्ति प्रशस्त मात्रामा भएको हुनाले सो जग्गालाई कसरी व्यवस्थित रुपमा प्रयोग गर्ने र स्थानीय सामुदायिक विकासका लागि प्रयोग गर्ने भन्ने अभिप्रायले यसको स्थापना भएको पाइन्छ । त्यसबखत विभिन्न बस्तीहरूमा अल्पकालीन र दीर्घकालीन योजना बनाई बाँझो जमिनलाई कसरी उत्पादनशील कार्यमा लगाउने भन्ने उद्देश्य राखिएको थियो । कुनै एउटा गाउँठाउँको जग्गा जमिन बाँझो रहनाले र घर जग्गा त्यागेर जाने गर्नाले यसको असर अन्य छिमेकमा पनि पर्न जाने भएकोले यसलाई रोक्नको लागि भूमि बैंक व्यवस्था गरिएको हो । आवश्यक पर्नेले सो जग्गा प्राप्त गर्न सक्छ । त्यस्तो जग्गा किन्न निश्चित वर्गलाई ऋण पनि प्रदान गरिन्छ ।

मानव सभ्यता तथा साँस्कृतक संरक्षण
बहुभाषी, बहुधार्मिक तथा बहुसाँस्कृतिक हाम्रो देश,१२५ जातजातिहरु र तिनीहरुले बोल्ने १२३ भाषा यहाँ पाहिन्छ । यी सबै जातजातिहरुको आफ्नै साँस्कृतिक तथा ऐतिहासिक पहिचान रहेकोले पनि नेपाल अनेकतामा एकता वा एकताभित्र विविधता भएको मुलुक हो । ऐतिहासिक सम्पदा कुनैपनि एक व्यक्तिसँग सरोकार राख्ने नभएर समूह,समुदाय वा क्षेत्र र राज्यसँग सरोकार राख्ने हुन्छ । विभिन्न कलखण्डमा बसोबास गरेका विभिन्न मानवसमुदायहरुले सिर्जना गरेर छाडेका र हाल बसोबास गरिरहेका हाम्रा विभिन्न जाति एवं समुदायका पुर्खाहरुले सिर्जना र अवलम्बन गरी हामीलाई जिम्मामा गएका भौतिक अभौतिक सम्पदाहरु र त्यस अनुरुपको जीवनशैलीको समष्टिगत रुप नै नेपाली संस्कृति हो। हामीले खोज्नुपर्नेकुराहरु लोकभाषा, धर्म, लोकपरम्परा, चाडपर्वहरु, रीतिरिवाजहरु, संस्कार संस्कृतिहरु, लोकनृत्य, लोकगाना, लोकजीवन, अभ्यासहरु, कथाहरु, उखानटुक्काहरु,कला र सीपहरु, अलिखित तथ्यहरु, लोकनाटकहरु, सामाजिक परम्पराहरु, लोकसंगीत, लोकभेषभूषा, वार्तालापहरु, परम्परागत खेलहरु,समाज विकासका कुराहरु,आदिवासी ज्ञान, परम्परागत ज्ञान,ओखतीमूलो उपचारका विधिहरु, जीवन सञ्चालन गर्ने विविध कुराहरुको संरक्षण र प्रचारप्रसार गर्ने पूर्ण जिम्मेवाारी हामी युवाको काधमा छ । ऐतिहासिक र पुरातात्विक महत्व बोकेका हजारौं हजार वर्ष पुराना विभिन्न ऐतिहासिक मन्दिर, गुफा,दरवारलगायत धार्मिक र पर्यटकीय स्थलको संरक्षणतर्फ सम्बन्धित निकायको ध्यान पुराउन युवाकै आवश्यकता रहेको छ । स्थानीय तह सम्म आन्तरिक तथा बाह्य पर्यटकको आर्कषणका रुपमा रहेका यी सम्पदाको संरक्षण र सम्वद्र्धन स्थानीय स्थरमा रहेका दर्जन प्राकृतिक सौन्दर्य,पुरातात्विक,ऐतिहासिक, सांस्कृतिक तथा धार्मिकस्थल पर्यटकीय गन्तब्यको सूचीमा समेत हामी युवाले छनोट गरि पूर्वाधार विकास तथा प्रचार प्रसारको ब्यवस्थापनको काम युवायुवतीले नै गर्न पर्छ ।

त्यसैले, भनिएको हो, युवा शक्ति राजनैतिक, आर्थिक, साँस्कृतिक र सामाजिक परिवर्तनको सक्रियता, उर्जावान र गतिशिल समूह पनि हो ।

होमस्टे निमार्ण
साँस्कृतिक तथा ऐतिहासिक पहिचान रहेकोले पनि नेपाल अनेकतामा एकता वा एकताभित्र विविधता भएको मुलुक हो । हाम्रो देश साँस्कृतिक विविधतामा धनी देश हो । यहाँका विभिन्न आदिवासी कला, सीप तथा ज्ञानहरुलाई संस्थागत गर्न सकिएको खण्डमा स्थानीय जीविकोपार्जनमा सुधार गर्न सकिन्छ । विभिन्न जातजातिहरुको नृत्यलाई मात्र पनि डकुमेन्टशन गर्न सकिएको खण्डमा पर्यटकहरुलाई आकर्षण तथा आयआर्जनमा बृद्धि गर्न सकिन्छ । ऐतिहासिक प्राचीन ज्ञान तथा सीपहरुको डकुमेन्टेशन, पुस्तान्तरण कार्यकोलागि स्थानीय समुदायको सहभागिता जुटाउने कार्यहरु गर्नसकेको खण्डमा र स्थानीय समुदायको संग्रहालय निर्माण गर्न सकिनेछ । साँस्कृतिक सम्पदा अन्तर्गत हामीले खोज्नुपर्ने वास्तविक कुराहरु लोकभाषा, धर्म, लोकपरम्परा, चाडपर्वहरु, रीतिरिवाजहरु, संस्कार संस्कृतिहरु, लोकनृत्य, लोकगाना, लोकजीवन, सामाजिक परम्पराहरु, लोकसंगीत, लोकभेषभूषा, वार्तालापहरु, परम्परागत खेलहरु, समाज विकासका कुराहरु, आदिवासी ज्ञान, परम्परागत ज्ञान, ओखतीमूलो उपचारका विधिहरु, जीवन सञ्चालन गर्ने विविध कुराहरुको संरक्षण र डकुमेन्टेशन, प्रचारप्रसारमा जोड गरिएमा हाम्रो साँस्कृतिक गर्न सकिन्छ । आन्तरीम पर्यटन, साँस्कृतिक पर्यटनमा महत्वपूर्ण उपलब्धि गर्नसक्ने प्रबल सम्भावना छ र साथै, प्रदर्शनी गरी पर्यटकहरुको बसाइँ लम्ब्याउनको साथै आर्थिक उपार्जनमा टेवा पुग्नेछ ।

युवालाई खेलकुद
खेलकुद र मनोरञ्जनलाई युवाको मानसिक र शारिरीक स्वास्थ्यका साथै व्यक्तित्व विकाससँग समेत जोड्नुपर्दछ । खेलकुदको विकासले युवामा राष्ट्रिय भावना र एक्यवद्धता कायम गर्न मद्दत गर्दछ । संघ, प्रदेश र स्थानीय तहको सरकारले बर्षनी आफ्नो बार्षिक बजेडमा हामी युवालाई लक्षित गरि खेलकुदमा छुटाएको सहि कार्यावन्य गर्ने, यसका लागि मनोरञ्जन केन्द्र, व्यायाम केन्द्र, पार्कहरू, रंगशाला, खेल मैदानहरू,सांस्कृतिक कलाकेन्द्र र खोज तथा अनुसन्धान केन्द्रको स्थापना गर्न राज्यको लगानी आवश्यक हुन्छ । खेलकुदलाई व्यापकता दिन विद्यालय स्तरदेखि नै योजनाबद्ध विकास गरी सबै युवाको पहुँच सुनिश्चित गरिनु आवश्यक छ । युवाको शारिरीक, मानसिक,बौद्धिक, नैतिक तथा संवेगात्मक पक्षको समुचित विकास गरी उच्च मनोबलयुक्त, नैतिक, सिर्जनशील तथा व्यवसायिकरुपमा दक्ष युवा तयार गर्ने सरकार लागि पर्ने आवश्यकता छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.