रुकुम। रुकुम पश्चिममा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ ।
Advertisement
बाफिकोट गाउपालिका १ लागिमकि १७ वर्षीया कल्पना बिकको नहरमा डुबेर मृत्यु भएको हो । घरतर्फ जाने क्रममा कल्पना नवभिजन सानालघु जलविद्युतको नहरमा चिप्लिएर खसेकी थिईन ।
उनको शब सोही नहरको ईन्टेकमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको हो । एकसाता अघि पनि बाफिकोटस्थित स्यार्पुतालमा डुबेर २ जना युवकको मृत्यु भएको थियो ।