बीपीको सपना कसरी पूरा हुन्छ ?

नेपाली कांग्रेसले आप्mना संस्थापक नेता बीपी कोइरालाको मंगलवार आज ३८ औँ स्मृति दिवश प्यूठानसहित नेपालभर विभिन्न कार्यक्रम आयोजना गरेर मनाउँदै छ । समयका हिसावले उनी स्वर्गवास भएको ३८ वर्षमा लाग्दैछ तर राजनीतिक हिसाबले भने उनको व्यक्तित्व र विचारको चर्चा अहिले पनि सान्दर्भिक छ । प्रजातन्त्रका लागि आफ्नो सिंगो जीवन नै समर्पण गरेका स्वर्गीय बीपी कोइराला नेपालको वर्तमान राजनीतिक रंगमञ्चमा देखिएका सबै खाले राजनीतिक खेलाडीहरु भन्दा पृथक स्वभावका थिए ।
एकपटक सत्ता शक्ति प्रयोग गरेका नेतालाई पुनः सत्ता हत्याउन विभिन्न हतकण्डा प्रयोग गरेको हामी देख्न सक्छौ । राजनीतिक दलको लागि सत्ता प्राप्ती गर्नु एउटा प्रमुख लक्ष पनि हो ।

तर बीपीले कहिल्यै त्यसो गरेनन् । गलत ढंगबाट सत्ता प्राप्त गरे त्यो जनताबाट अनुमोदित हुँदैन जसले राष्ट्रियता कमजोर हुने उनको निष्कर्ष थियो ।

बीपीको मृत्युपछि मुलुकमा धेरै परिवर्तनहरु भए । इतिहास र राजनीति पनि यही समयमा चलायमान भयो । देश ठूलो उथलपुथलबाट गुज्रिरह्यो । मुलुकमा देखिएको संकटको समाधानभन्दा समस्या झन्झन् बढ्दै गैइरहेको यो अवस्थामा हरेक नेपालीले अहिले बीपी कोइरालालाई सम्झिरहेका छन्, जसले कहिल्यै पनि व्यक्तिगत सुख र स्वार्थलाई प्राथमिकता दिएनन् । जनताका निम्ति उनले पु¥याएको योगदानको स्मरण यतिखेर नेपाली जनताले गरिरहेका छन् ।
कोइरालाको मूल लक्ष्य भनेको लोकतन्त्रको बाटो भएर समाजवादमा पुग्ने हो । बीपीले परिकल्पना गरेको बाटोमा उनी संस्थापक रहेको नेपाली कांग्रेस समेत हिड्न सकेन । २०४६ को राजनीतिक परिवर्तनपछि २०४८ को निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त ग¥यो । बीपीको समाजवादलाई भजाएर बहुमत प्राप्त गरेको कांग्रेसले उनको नीतिलाई भने सापेक्षिक रुपमा अंगाल्न सकेन । कांग्रेस लोकतन्त्रप्रति प्रतिवद्ध रहे पनि त्यसको तुलनामा समाजवादप्रति प्रतिवद्ध हुन सकेन । खुल्ला अर्थतन्त्रको हिमायती राष्ट्रमा अर्थशास्त्र अध्ययन गरेका व्यक्तिहरु अर्थमन्त्री बनाइए । उनीहरुले सरकारी उद्योगहरुको नीजिकरण गर्दै विश्वव्यापी रुपमा उदाउँदो पूँजीवादी अर्थतन्त्रलाई प्रशय दिए । जसको परिणाम नेपालीहरुको धनी र गरीबबीचको जुन खाडल थियो त्यो आशातित रुपमा कम हुन सकेन । केही लक्षित समूह विकास कार्यक्रम तथा पूर्वाधार विकास भए पनि ती सफलताकासाथ अगाडि बढ्न सकेनन् ।

लोकतन्त्र प्रति कांग्रेस प्रतिवद्ध रहे पनि दलका नेताहरु भने अलोकतान्त्रिक हुन थाले । विचार सिद्धान्त भन्दा पनि गुट उपगूटमा कांग्रेस विभाजित हुन पुग्यो । पद र प्रतिष्ठा हत्याउने लोभमा कार्यकर्तासम्म गुटवन्दीको प्रभाव देखियो ।

सत्तामा टिकिराख्नको लागि आ–आप्mना समूहका कार्यकर्तालाई एक आपसमा भिडाउने काम समेत नेताहरुले गर्न पछि परेनन् । आप्mनै पार्टीको बहुमत सरकार विघटन गरेर मध्यावधि निर्वाचनमा कांग्रेस गयो । यो निर्वाचमा तत्कालीन एमाले भन्दा कांग्रेसलाई कम मत दिएर कांग्रेसको आडम्वरलाई नेपाली जनताले चुनौति दिए । पटकपटक गल्ती गर्दा पनि नेपाली जनताले धेरै पटक कांग्रेसलाई विश्वास गरे । यसको पछाडि विपीले अंगालेको लोकतान्त्रिक नीति हो । अहिले पनि नेपाली कांग्रेसलाई पटक पटक गल्ती गर्दा पनि विश्वास गर्ने आधार भनेको यसको लोकतन्ँत्र प्रतिको प्रतिवद्धता हो । कांग्रेसको बैकल्पिक शक्तिको रुपमा रहेको कम्युनिष्टहरुसँग बीपीले आप्mनो जीवनकालमा कहिल्यै सम्झौता गरेनन् । उनले यसबारे प्रष्ट प्रतिक्रिया दिएको समेत पाइदैन । तत्कालीन समयमा कम्युनिष्ट पार्टी कमजोर भएको कारण बीपीले कम्युनिष्टलाई भाउ दिएनन् वा लोकतन्त्र तथा राष्ट्रियताप्रतिको कम्युनिष्टको स्पष्ट दृष्टिकोण नभएका कारण । यी दुई कारण जसको प्रभाव बढि भए पनि आप्mनो जीवनकालभर उनी कम्युनिष्टसँग नजिकिन सकेनन् ।

राजाको निरंकशुताको पटक पटक शिकार बनेका बीपी राष्ट्रियताको सवालमा राजालाई बरु महत्व दिए तर राजा फाल्ने कम्युनिष्टको नारालाई उनले जस्तोसुकै आपत विपतमा पनि स्वीकार गरेनन् ।

यसले गर्दा उनी कम्युनिष्टको आलोचनाको तारो समेत बने । कतिपयले भन्ने गर्छन् – बामपन्थी शक्तिसँग मिलेको भए बीपीकै समयमा राजनीतिक परिवर्तन सम्भव थियो तर बीपी यसमा चुके । अहिलेको वर्तमान परिस्थिति हेर्दा बीपी अत्यन्तै दुरदर्शि भएको प्रतित हुन्छ । दुई तिहाइको नजिकको सरकार सञ्चालन गरेको दल पनि सत्तास्वार्थमा मात्र केन्द्रित हुँदै गएको छ । मुलुकमा कोरोना संकट, बाढी पहिरोको संकटका बेला पनि अहिले सत्तारुढ नेकपा सत्ता संघर्षमा अल्झिएको छ । प्रधानमन्त्री गरीवीको दलदलमा फसेका नागरिकको जिवनस्तर उकास्न भन्दा पनि मनोगत सपनाबाट गरीवहरुमाथि राष्ट्रवादको जलप जले भावनात्मक वल्याकमेलिङ्ग गरिरहेका छन् । प्रधानमन्त्रीलाई सधै शक्तिमा रहिरहने जुक्ति निकाल्नैमा ठिक्क छ । सरकार गठन भएदेखि नै प्रधानमन्त्रीले जनताको जीवनस्तर सहज हुने काम भन्दा पनि आप्mना विरोधीलाई आतंकित पार्ने गतिविधि सिर्जना गर्नमै उनलाई ठिक्क छ । कहिले संवैधानिक प्रेस स्वतन्त्रतालाई अंकुश लगाएर कहिले सांस्कृतिक धरोहरका रुपमा रहेका सम्पदा सञ्चालन गर्ने गुठी विधेयक लिएर । अहिलेको केही चेतनास्तर राम्रो भएको समाजमा त कम्युनिष्टहरु विभिन्न बहानामा लोकतन्त्र मास्न लागि परेको छ भने । बीपीको समयमा नेपाली समाजको चेतनास्तर कस्तो हुँदो हो हामीले सहजै अनुमान गर्न सक्छौ । उनलाई बन्दुकको बलमा भन्दा पनि सामाजिक चेतनाको वलमा लोकतन्त्र स्थापना गर्न सकिन्छ भन्नेमा विश्वास थियो । बन्दुकको शक्तिले भएको राजनीतिक परिवर्तन प्रतिगामी तथा हुने हैन भन्ने बीपीलाई संशय भएको हुनुपर्छ त्यसकारण उनले पछिल्लो समय कहिल्यै सशस्त्र संघर्षतर्फ आकर्षित भएनन् ।
राष्ट्रियता पहिलो पक्ष, लोकतन्त्र दोस्रो र समाजवाद तेस्रोमा राखेर सिद्धान्तको प्रतिपादन गरेका कोइरालाको स्मरण देशविदेशमा रहेका सम्पूर्ण नेपालीजनहरुले गरेको पाइन्छ ।

बीपी कोइरालाका नाममा धेरैचोटि कांग्रेस सत्तामा पुग्न सफल भएको छ तर पछिल्लो समय कांंग्रेसले विपीको विचारलाई व्यवहारिक रुपमा अगाल्न नसक्दा सत्ता हैन प्रतिपक्षमा सिमित बन्न पुग्यो ।

पछिल्लो समय नेपालका सबै राजनीतिक दलमा चरम गुटवन्दी देखिदै आएको छ । यो रोगबाट कांग्रेस नराम्ररी आक्रान्त भएको छ । यस वर्ष कांग्रेसले महाधिवेशनको तयारी गर्दै छ । महाधिवेशनको पूर्व सन्धयामा गुटवन्दीका संकेतहरु देखिन थालेका छन् । कांग्रेसले गुटबन्दीको रोग अन्त्य नगरेसम्म पार्टीले गति लिने कुनै सम्भावना छैन । गुटबन्दीको रोग कांग्रेसका मान्छेमा भयावह बनेर फैलिएको छ, जसको उपचार हाललाई त्यति सहज देखिँदैन ।
कांग्रेसको सच्चा, इमान्दार कार्यकर्ताहरु भएर पार्र्टीिभत्र राजनीति गर्न त्यति सहज नभएको कांग्रेसी कार्यकर्ताहरु बताउने गर्छन् । अहिले कार्यकर्ताहरु देउवा, पौडेल, सिटौला गुटको विभिन्न ट्याग लाग्ने गरेको छ । जिल्लामा एउटा गूटको नेता आउँदा अर्को गूटको कार्यकर्ताले सहयोग नगर्ने कार्यक्रममै नजाने सम्मका प्रवृत्ति समेत देखिन थालेका छन् । जबसम्म सच्चा कार्यकर्ताहरुलाई कित्ताकाट गर्ने रोगबाट वञ्चित गर्न सकिँदैन, तबसम्म कांग्रेसले न आफ्नो मुहार फेर्न सक्छ, न त देशको मुहार । सर्वप्रथम कार्यकर्ताले हाम्रो पार्टी भनेर गर्वपूर्वक माया गर्ने पार्टी नबनाएसम्म कांग्रेसलाई कार्यकर्ताले नै माया गर्ने स्थिति छैन भने जनताको माया पाउने कुरा अलि परकै भयो । त्यसैले, साँच्चै नै कांग्रेसलाई बलियो बनाउने हो भने कार्यकर्ताहरुको कुँडिएको मनलाई शान्त बनाउन लाग्नुप¥यो । तेरो र मेरो भन्ने गलत सोचाइ मनबाटै हटाउनुप¥यो । कार्यकर्ता दास हुन् र हामी मालिक हौँ भन्ने निकृष्ट चिन्तन नेताहरुले हृदयबाट हटाएको व्यवहारमै देखाउनुप¥यो ।
जुनसुकै कार्यकर्ता पनि नेताहरुको आफ्नो कार्यकर्ता हुनुभन्दा पार्टीको कार्यकर्ता हुने संस्कार नबनेसम्म कांग्रेस फेरि पनि उँभो लाग्ला भन्ने कल्पना अब नगर्दा हुन्छ । कांग्रेसका नेताहरुले तेरो र मेरो भन्ने बिल्ला नभिराइकन सबैलाई समान व्यवहार गरेर गए भने बीपी कोइरालाले सोचेजस्तो कांग्रेस हुन सक्दछ । तर, संस्कारभन्दा सत्तालाई महत्व दिने कांग्रेस नेतृत्वले यस्तो कुरा बुझ्ने प्रयास गर्दैन । संस्कार भविष्यसँग जोडिएको हुन्छ भने सत्ता क्षणिक समयका लागि, तैपनि बुझेर बुझ पचाएपछि कसको के लाग्छ! उनीहरुका लागि सधैँ सत्ता नै महरत्वपूर्ण भयो । त्यसकै कारण थियो, आज कांग्रेस यो अवस्थामा आयो । यतिवेला बीपीको बिचार बोक्ने नेताहरु कांग्रेस पार्टीमै पछाडि परिरहेका छन् । निर्वाचनहरुमा पैसाको खोलो बग्न थालेपछि आदर्शवान नेताहरु पार्टीमै बिस्तापित भइरहेका छने । अहिले नेपालका सत्तामा पुगेका पार्टीहरुका नेताहरु मोटाउने जनता दुब्लाउने अवस्था सिर्जना भएको छ । समतामूलक समाजको निर्माण गर्ने बीपी कोइरालाको सिद्धान्तसमेत लोकतन्त्र नचाहनेका लागि आलोचित बन्न पुग्यो ।
नेपालको राजनीतिमा बीपी नेपालभित्र मात्र होइन, अन्तर्रा्ष्ट्रियस्तरमा पनि नेपालको भूमिका महत्वपूर्ण हुनुपर्दछ भन्ने विचार राख्थे । साना राष्ट्रहरुले पनि विश्व रंगमञ्चमा आफ्ना विचारहरु राख्न सक्छन् भनेर दक्षिण एसियामा नै आफ्नो पहिचान दिने उनी नै प्रथम व्यक्ति थिए । उनको चाहना आफ्नो मुलुकजस्तै अन्य साना राष्ट्रहरुको प्रतिस्थापन गरी एउटा सानो संयुक्त शक्तिको निर्माण गरी शक्तिशाली राष्ट्रहरुको मनपरीतन्त्रमाथि नैतिक दबाब दिँदै संयुक्त राष्ट्रसंघका निर्णयहरुमा प्रभावित बन्न सकोस् भन्ने थियो । तर, बीपीका अहिलेका अनुयायीहरु बीपीलाई उनको स्मृति दिवस र जन्म जयन्ती कार्यक्रममा मात्र औपचारिक रुपमा सम्झने गर्दछन् ।

बाँकी दिन विपीका कुरालाई सम्झिदैनन् ।

काम गर्नेको भन्दा कुरा गर्नेको दर्जा बढ्ने गरेको कांग्रेसमा काम गर्ने कार्यकर्ता पलायन हुँदै गइरहेका छन् । आज मंगलवार देशभरि बीपी स्मृति दिवस मनाउँदै गर्दा कांग्रेसले औपचारिकताका लागि स्मृति दिवस मनाउने मात्र हैन उनका विचारलाई पनि आत्मसाथ गर्न सकोस् । यसबाट मात्र बीपीको सपना पूरा हुनेछ ।

लेखक : संजय रिजाल,प्युठानको माण्डबी समाचार साप्ताहिकका प्रकाशक/सम्पादक हुनुहुन्छ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.