• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

लोकप्रिय समाचार

  • १. गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

  • २. गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • ३. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ४. भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

  • ५. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • ६. अस्पताल बने, सेवा सुरु भएन

  • ७. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • ८. एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

  • ९. बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

  • १०. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

बीपीको सपना कसरी पूरा हुन्छ ?


  •   मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित
  • नेपाली कांग्रेसले आप्mना संस्थापक नेता बीपी कोइरालाको मंगलवार आज ३८ औँ स्मृति दिवश प्यूठानसहित नेपालभर विभिन्न कार्यक्रम आयोजना गरेर मनाउँदै छ । समयका हिसावले उनी स्वर्गवास भएको ३८ वर्षमा लाग्दैछ तर राजनीतिक हिसाबले भने उनको व्यक्तित्व र विचारको चर्चा अहिले पनि सान्दर्भिक छ । प्रजातन्त्रका लागि आफ्नो सिंगो जीवन नै समर्पण गरेका स्वर्गीय बीपी कोइराला नेपालको वर्तमान राजनीतिक रंगमञ्चमा देखिएका सबै खाले राजनीतिक खेलाडीहरु भन्दा पृथक स्वभावका थिए ।
    एकपटक सत्ता शक्ति प्रयोग गरेका नेतालाई पुनः सत्ता हत्याउन विभिन्न हतकण्डा प्रयोग गरेको हामी देख्न सक्छौ । राजनीतिक दलको लागि सत्ता प्राप्ती गर्नु एउटा प्रमुख लक्ष पनि हो ।

    Advertisement

    तर बीपीले कहिल्यै त्यसो गरेनन् । गलत ढंगबाट सत्ता प्राप्त गरे त्यो जनताबाट अनुमोदित हुँदैन जसले राष्ट्रियता कमजोर हुने उनको निष्कर्ष थियो ।

    बीपीको मृत्युपछि मुलुकमा धेरै परिवर्तनहरु भए । इतिहास र राजनीति पनि यही समयमा चलायमान भयो । देश ठूलो उथलपुथलबाट गुज्रिरह्यो । मुलुकमा देखिएको संकटको समाधानभन्दा समस्या झन्झन् बढ्दै गैइरहेको यो अवस्थामा हरेक नेपालीले अहिले बीपी कोइरालालाई सम्झिरहेका छन्, जसले कहिल्यै पनि व्यक्तिगत सुख र स्वार्थलाई प्राथमिकता दिएनन् । जनताका निम्ति उनले पु¥याएको योगदानको स्मरण यतिखेर नेपाली जनताले गरिरहेका छन् ।
    कोइरालाको मूल लक्ष्य भनेको लोकतन्त्रको बाटो भएर समाजवादमा पुग्ने हो । बीपीले परिकल्पना गरेको बाटोमा उनी संस्थापक रहेको नेपाली कांग्रेस समेत हिड्न सकेन । २०४६ को राजनीतिक परिवर्तनपछि २०४८ को निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त ग¥यो । बीपीको समाजवादलाई भजाएर बहुमत प्राप्त गरेको कांग्रेसले उनको नीतिलाई भने सापेक्षिक रुपमा अंगाल्न सकेन । कांग्रेस लोकतन्त्रप्रति प्रतिवद्ध रहे पनि त्यसको तुलनामा समाजवादप्रति प्रतिवद्ध हुन सकेन । खुल्ला अर्थतन्त्रको हिमायती राष्ट्रमा अर्थशास्त्र अध्ययन गरेका व्यक्तिहरु अर्थमन्त्री बनाइए । उनीहरुले सरकारी उद्योगहरुको नीजिकरण गर्दै विश्वव्यापी रुपमा उदाउँदो पूँजीवादी अर्थतन्त्रलाई प्रशय दिए । जसको परिणाम नेपालीहरुको धनी र गरीबबीचको जुन खाडल थियो त्यो आशातित रुपमा कम हुन सकेन । केही लक्षित समूह विकास कार्यक्रम तथा पूर्वाधार विकास भए पनि ती सफलताकासाथ अगाडि बढ्न सकेनन् ।

    लोकतन्त्र प्रति कांग्रेस प्रतिवद्ध रहे पनि दलका नेताहरु भने अलोकतान्त्रिक हुन थाले । विचार सिद्धान्त भन्दा पनि गुट उपगूटमा कांग्रेस विभाजित हुन पुग्यो । पद र प्रतिष्ठा हत्याउने लोभमा कार्यकर्तासम्म गुटवन्दीको प्रभाव देखियो ।

    सत्तामा टिकिराख्नको लागि आ–आप्mना समूहका कार्यकर्तालाई एक आपसमा भिडाउने काम समेत नेताहरुले गर्न पछि परेनन् । आप्mनै पार्टीको बहुमत सरकार विघटन गरेर मध्यावधि निर्वाचनमा कांग्रेस गयो । यो निर्वाचमा तत्कालीन एमाले भन्दा कांग्रेसलाई कम मत दिएर कांग्रेसको आडम्वरलाई नेपाली जनताले चुनौति दिए । पटकपटक गल्ती गर्दा पनि नेपाली जनताले धेरै पटक कांग्रेसलाई विश्वास गरे । यसको पछाडि विपीले अंगालेको लोकतान्त्रिक नीति हो । अहिले पनि नेपाली कांग्रेसलाई पटक पटक गल्ती गर्दा पनि विश्वास गर्ने आधार भनेको यसको लोकतन्ँत्र प्रतिको प्रतिवद्धता हो । कांग्रेसको बैकल्पिक शक्तिको रुपमा रहेको कम्युनिष्टहरुसँग बीपीले आप्mनो जीवनकालमा कहिल्यै सम्झौता गरेनन् । उनले यसबारे प्रष्ट प्रतिक्रिया दिएको समेत पाइदैन । तत्कालीन समयमा कम्युनिष्ट पार्टी कमजोर भएको कारण बीपीले कम्युनिष्टलाई भाउ दिएनन् वा लोकतन्त्र तथा राष्ट्रियताप्रतिको कम्युनिष्टको स्पष्ट दृष्टिकोण नभएका कारण । यी दुई कारण जसको प्रभाव बढि भए पनि आप्mनो जीवनकालभर उनी कम्युनिष्टसँग नजिकिन सकेनन् ।

    राजाको निरंकशुताको पटक पटक शिकार बनेका बीपी राष्ट्रियताको सवालमा राजालाई बरु महत्व दिए तर राजा फाल्ने कम्युनिष्टको नारालाई उनले जस्तोसुकै आपत विपतमा पनि स्वीकार गरेनन् ।

    यसले गर्दा उनी कम्युनिष्टको आलोचनाको तारो समेत बने । कतिपयले भन्ने गर्छन् – बामपन्थी शक्तिसँग मिलेको भए बीपीकै समयमा राजनीतिक परिवर्तन सम्भव थियो तर बीपी यसमा चुके । अहिलेको वर्तमान परिस्थिति हेर्दा बीपी अत्यन्तै दुरदर्शि भएको प्रतित हुन्छ । दुई तिहाइको नजिकको सरकार सञ्चालन गरेको दल पनि सत्तास्वार्थमा मात्र केन्द्रित हुँदै गएको छ । मुलुकमा कोरोना संकट, बाढी पहिरोको संकटका बेला पनि अहिले सत्तारुढ नेकपा सत्ता संघर्षमा अल्झिएको छ । प्रधानमन्त्री गरीवीको दलदलमा फसेका नागरिकको जिवनस्तर उकास्न भन्दा पनि मनोगत सपनाबाट गरीवहरुमाथि राष्ट्रवादको जलप जले भावनात्मक वल्याकमेलिङ्ग गरिरहेका छन् । प्रधानमन्त्रीलाई सधै शक्तिमा रहिरहने जुक्ति निकाल्नैमा ठिक्क छ । सरकार गठन भएदेखि नै प्रधानमन्त्रीले जनताको जीवनस्तर सहज हुने काम भन्दा पनि आप्mना विरोधीलाई आतंकित पार्ने गतिविधि सिर्जना गर्नमै उनलाई ठिक्क छ । कहिले संवैधानिक प्रेस स्वतन्त्रतालाई अंकुश लगाएर कहिले सांस्कृतिक धरोहरका रुपमा रहेका सम्पदा सञ्चालन गर्ने गुठी विधेयक लिएर । अहिलेको केही चेतनास्तर राम्रो भएको समाजमा त कम्युनिष्टहरु विभिन्न बहानामा लोकतन्त्र मास्न लागि परेको छ भने । बीपीको समयमा नेपाली समाजको चेतनास्तर कस्तो हुँदो हो हामीले सहजै अनुमान गर्न सक्छौ । उनलाई बन्दुकको बलमा भन्दा पनि सामाजिक चेतनाको वलमा लोकतन्त्र स्थापना गर्न सकिन्छ भन्नेमा विश्वास थियो । बन्दुकको शक्तिले भएको राजनीतिक परिवर्तन प्रतिगामी तथा हुने हैन भन्ने बीपीलाई संशय भएको हुनुपर्छ त्यसकारण उनले पछिल्लो समय कहिल्यै सशस्त्र संघर्षतर्फ आकर्षित भएनन् ।
    राष्ट्रियता पहिलो पक्ष, लोकतन्त्र दोस्रो र समाजवाद तेस्रोमा राखेर सिद्धान्तको प्रतिपादन गरेका कोइरालाको स्मरण देशविदेशमा रहेका सम्पूर्ण नेपालीजनहरुले गरेको पाइन्छ ।

    बीपी कोइरालाका नाममा धेरैचोटि कांग्रेस सत्तामा पुग्न सफल भएको छ तर पछिल्लो समय कांंग्रेसले विपीको विचारलाई व्यवहारिक रुपमा अगाल्न नसक्दा सत्ता हैन प्रतिपक्षमा सिमित बन्न पुग्यो ।

    पछिल्लो समय नेपालका सबै राजनीतिक दलमा चरम गुटवन्दी देखिदै आएको छ । यो रोगबाट कांग्रेस नराम्ररी आक्रान्त भएको छ । यस वर्ष कांग्रेसले महाधिवेशनको तयारी गर्दै छ । महाधिवेशनको पूर्व सन्धयामा गुटवन्दीका संकेतहरु देखिन थालेका छन् । कांग्रेसले गुटबन्दीको रोग अन्त्य नगरेसम्म पार्टीले गति लिने कुनै सम्भावना छैन । गुटबन्दीको रोग कांग्रेसका मान्छेमा भयावह बनेर फैलिएको छ, जसको उपचार हाललाई त्यति सहज देखिँदैन ।
    कांग्रेसको सच्चा, इमान्दार कार्यकर्ताहरु भएर पार्र्टीिभत्र राजनीति गर्न त्यति सहज नभएको कांग्रेसी कार्यकर्ताहरु बताउने गर्छन् । अहिले कार्यकर्ताहरु देउवा, पौडेल, सिटौला गुटको विभिन्न ट्याग लाग्ने गरेको छ । जिल्लामा एउटा गूटको नेता आउँदा अर्को गूटको कार्यकर्ताले सहयोग नगर्ने कार्यक्रममै नजाने सम्मका प्रवृत्ति समेत देखिन थालेका छन् । जबसम्म सच्चा कार्यकर्ताहरुलाई कित्ताकाट गर्ने रोगबाट वञ्चित गर्न सकिँदैन, तबसम्म कांग्रेसले न आफ्नो मुहार फेर्न सक्छ, न त देशको मुहार । सर्वप्रथम कार्यकर्ताले हाम्रो पार्टी भनेर गर्वपूर्वक माया गर्ने पार्टी नबनाएसम्म कांग्रेसलाई कार्यकर्ताले नै माया गर्ने स्थिति छैन भने जनताको माया पाउने कुरा अलि परकै भयो । त्यसैले, साँच्चै नै कांग्रेसलाई बलियो बनाउने हो भने कार्यकर्ताहरुको कुँडिएको मनलाई शान्त बनाउन लाग्नुप¥यो । तेरो र मेरो भन्ने गलत सोचाइ मनबाटै हटाउनुप¥यो । कार्यकर्ता दास हुन् र हामी मालिक हौँ भन्ने निकृष्ट चिन्तन नेताहरुले हृदयबाट हटाएको व्यवहारमै देखाउनुप¥यो ।
    जुनसुकै कार्यकर्ता पनि नेताहरुको आफ्नो कार्यकर्ता हुनुभन्दा पार्टीको कार्यकर्ता हुने संस्कार नबनेसम्म कांग्रेस फेरि पनि उँभो लाग्ला भन्ने कल्पना अब नगर्दा हुन्छ । कांग्रेसका नेताहरुले तेरो र मेरो भन्ने बिल्ला नभिराइकन सबैलाई समान व्यवहार गरेर गए भने बीपी कोइरालाले सोचेजस्तो कांग्रेस हुन सक्दछ । तर, संस्कारभन्दा सत्तालाई महत्व दिने कांग्रेस नेतृत्वले यस्तो कुरा बुझ्ने प्रयास गर्दैन । संस्कार भविष्यसँग जोडिएको हुन्छ भने सत्ता क्षणिक समयका लागि, तैपनि बुझेर बुझ पचाएपछि कसको के लाग्छ! उनीहरुका लागि सधैँ सत्ता नै महरत्वपूर्ण भयो । त्यसकै कारण थियो, आज कांग्रेस यो अवस्थामा आयो । यतिवेला बीपीको बिचार बोक्ने नेताहरु कांग्रेस पार्टीमै पछाडि परिरहेका छन् । निर्वाचनहरुमा पैसाको खोलो बग्न थालेपछि आदर्शवान नेताहरु पार्टीमै बिस्तापित भइरहेका छने । अहिले नेपालका सत्तामा पुगेका पार्टीहरुका नेताहरु मोटाउने जनता दुब्लाउने अवस्था सिर्जना भएको छ । समतामूलक समाजको निर्माण गर्ने बीपी कोइरालाको सिद्धान्तसमेत लोकतन्त्र नचाहनेका लागि आलोचित बन्न पुग्यो ।
    नेपालको राजनीतिमा बीपी नेपालभित्र मात्र होइन, अन्तर्रा्ष्ट्रियस्तरमा पनि नेपालको भूमिका महत्वपूर्ण हुनुपर्दछ भन्ने विचार राख्थे । साना राष्ट्रहरुले पनि विश्व रंगमञ्चमा आफ्ना विचारहरु राख्न सक्छन् भनेर दक्षिण एसियामा नै आफ्नो पहिचान दिने उनी नै प्रथम व्यक्ति थिए । उनको चाहना आफ्नो मुलुकजस्तै अन्य साना राष्ट्रहरुको प्रतिस्थापन गरी एउटा सानो संयुक्त शक्तिको निर्माण गरी शक्तिशाली राष्ट्रहरुको मनपरीतन्त्रमाथि नैतिक दबाब दिँदै संयुक्त राष्ट्रसंघका निर्णयहरुमा प्रभावित बन्न सकोस् भन्ने थियो । तर, बीपीका अहिलेका अनुयायीहरु बीपीलाई उनको स्मृति दिवस र जन्म जयन्ती कार्यक्रममा मात्र औपचारिक रुपमा सम्झने गर्दछन् ।

    बाँकी दिन विपीका कुरालाई सम्झिदैनन् ।

    काम गर्नेको भन्दा कुरा गर्नेको दर्जा बढ्ने गरेको कांग्रेसमा काम गर्ने कार्यकर्ता पलायन हुँदै गइरहेका छन् । आज मंगलवार देशभरि बीपी स्मृति दिवस मनाउँदै गर्दा कांग्रेसले औपचारिकताका लागि स्मृति दिवस मनाउने मात्र हैन उनका विचारलाई पनि आत्मसाथ गर्न सकोस् । यसबाट मात्र बीपीको सपना पूरा हुनेछ ।

    लेखक : संजय रिजाल,प्युठानको माण्डबी समाचार साप्ताहिकका प्रकाशक/सम्पादक हुनुहुन्छ।

    मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल
    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग
    हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

    लोकप्रिय

    • १.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई

    • २.
      गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • ३.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने

    • ४.
      भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय

    • ५.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • ६.
      अस्पताल बने, सेवा सुरु भएन

    भर्खरै

    • १.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • २.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ३.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ४.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ५.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • ६.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    • ७.
      प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

    • ८.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation