अनिल खत्री, गुल्मी । गुल्मीमा “गरिबसँग बिशेश्वर कार्यक्रम” गरिवको साहरा बनेको छ । जिल्लामा यो कार्यक्रम लागुभएपछि धेरैको जनजिवनमा परिर्वतन ल्याएको छ । कामना डेलीले ति मध्ये केहिलाई समटेर सफलता कथा बनाएको छ ।
म गंगा बहादुर बिक इश्मा गाउँपालिका वडा नम्बर–२ मा बस्छु । ७० बर्षका बृद्ध बुवा सहित मेरो ८ जनाको परिवार छ । अहिले ४८ बवर्षको भए । म दलित परिवारको छोरो त्यसै माथी विपन्न पनि मेलापात गएर विहान वेलुकाको जोहो गर्थे । साथमा पैसा हुदैनथ्यो अरुकोबाट अन्नबाली मागेर खान्थ्यौ ।
यसैक्रममा २०६१ सालमा हाम्रो गाउँमासंचालन भएको गरिबसंग विशेश्वर कार्यक्रममा कालिका समूह मार्फत सदस्य भए । यो मेरो पहिलो वचत समूह थियो । बचत गर्न कर्जा लिन समूहमा घुलमिल हुन मैले यहा आएपछि मात्र सिके । आज म जहा छु त्यसको देन यहि कार्यक्रम हो । २०६३ सालमा यो कार्यक्रम र जिल्ला शिक्षाकार्यालयले आयोजना गरेको प्रौढ शिक्षामा सहभागी भए सामान्य लेखपढ गर्न सक्ने भए । त्यसलगत्तै गरिबसंग बिशेश्वर कार्यक्रमले आयोजना गरेको सिलाईकटाई तालिममा सहभागि भए सिके पनि त्यसपछि २०६३ सालसम्म अरुकोमा काम सिलाई काम गरे । बिसं २०६३ सालमा यहि कार्यक्रमबाट सिलाई मेशिन र इन्टरलग मेशिन पाए र आफ्नै पसल खोले अहिलेत सिलाई संगै सानो सानो फेन्सी पसल पनि चलाएको छु ।महिनाको न्यूनतम ३० हजार कमाउछु । छोराछोरी ११÷१२ मा क्याम्पस पढ्छन् कान्छो ९ मा पढ्दैछ । मेरी जहान पनि काममा सघाउछिन् म मेरो काममा खुशि छु जिविका चलेकैैै छ। खाडीमा गएर ४० हजार कमाउन भन्दा घरै बसेर २० कमाए जितिन्छ ।
जुन समाजले अपहेलना गर्थ्यो उहि समाजमा भिजेर बसेकि छु
५८ बर्षिय इश्वरा बि.क को जोश जागर र त्यो फुर्तिलो तरीकाले काम गराई देख्दा लोभ लाग्छ । कतिबेलै खालि हात नवस्ने इश्वरा आफ्नो माइतिदेश सत्यवति गाउँपालिका वडा नम्बर–७ मा बस्न लागेको बिहेपछि २० ÷२२ बर्ष भयो ।
ं २०४२ सालका चन्द्रकोट गाउँपालिकामा विहे भएको हो । माइतिको आर्थिक अवस्था अत्यन्त कमजोर उस्तै विपन्न थिए घरपरिवार पनि ।बिहे लगत्तै श्रीमान् धन कमाउन भारत पसे यता उनि दुई जिउकी थिइन् । २०४३ सालमा छोराको जन्म भयो तर श्रीमान् भने बेखबर भए २÷४ बर्ष कुरेर बसीन् श्रीमान् बेखबर हुने समाज र परिवारले अपहेलना गर्ने गर्न थालेसी छोरासंगै माइति फर्केर बस्न थाल्नुभयो माइतीमा पनि कसैको सहयोग साथ पाइनन् उल्टै बृद्ध आमा को पालनपोसन गर्ने जिम्मा पनि उहालाई नै भयो ।
मेलापात गएर अरुकोमा काम गरेर जिवीका चलाउदै जानुभयो । घर नगरेको भनेर माइति समाजले पनि राम्रो भन्दैनथे । यसैक्रममा उहा बि सं २०७५ सालदेखी गरिबसंग बिशेश्वर कार्यक्रमको सदस्य बन्नुभयो । त्यसपछि समूहबाट चल्ला पाएपछि कुखुरा पालनमा लाग्नु भएकि इश्वराले अहिले लोकल कुखुरा अण्डा र बाख्रा पाल्ने बेच्ने गनुहुन्छ । उहाभन्नुहुन्छ म अहिले महिनाको १४÷१५ हजार कमाउछु छोरा भारत छ म र बुहारीलाई यसैले पुग्छ ।यो कार्यक्रममा ढिलो समाबेश भएर म पछुताएकि छु । अचेल त मलाई सबैले माया गर्ने सहयोग गर्ने गर्नुहुन्छ । नहुदा सबै पराई हुदा सबैआफन्त भनेझै मेरा दुख पिर कम भए भन्नी भाछ हिजोआज ।
जान्यौं भने आफ्नै माटोमा सुन फल्छ
गुल्मीदरबार गाउँपालिकामा रहेको गरिबसंग बिशेश्वर कार्यक्रमका सदस्य मान बहादुर फुल्देल सदस्यहरु मध्येका उत्कृष्ट कृषकमा परेका छन् । उनि पालिका भित्रका उत्कृष्ट १० मध्येमा पर्नुहुन्छ । उनिहरुले मासिक २५ देखी ३० हजार नगद आम्दानी गर्दै आउनुभएको छ । २०६० सालदेखी गरिबसंग बिशेश्वर कार्यक्रममा जोडिनुभएका उहाँले सामान्य तरकारीखेतीबाट सुरुवात गर्नुभएकोमा अहिले व्यवसायिक किसान बन्न सफल भएका छन् ।
५६ बर्षका फुल्देल युवा पिढीका लागी अनुकरणीय व्यक्तित्व रहेका छन् । उनि भनछन् ‘आफ्नो खेतबारी चिन्न नसकेर विदेशीले लार्खौ युवाहरु एक पटक सुरुवात गरेर त हेर्नुस्’ अहिले टमाटर,सिमी,काउली लगायतका तरकारी फलाएर बेचिरहनु भएको छ ।नेपालमा पहिलो पटक विपन्न परिवारलाई रोजगारी तथा आयमूलक कृयाकलापका माध्यमबाट सामाजकि तथा आर्थिक अभियानमा संलग्न गराउने उद्येश्यमा आधारित भएर “गरिबसंग बिशेश्वर कार्यक्रम ”को सुरुवात गरिएको हो ।आर्थिक वर्ष ०५५÷५६ साल देखी यो कार्यक्रम संचालनमा आएको हो । गुल्मी जिल्लामा पनि ०५६ साल देखी यो कार्यक्रमको सुरुवात भएको थियो । जिल्लाभरमा यस कार्यक्रममा ८४ वटा समूह गठन भएका छन् जसको परिवार संख्या १६१३ छ ।
समूहले आन्तरिक बचत गर्ने कर्जा लिने जैचो कार्यक्रम लगायत गर्दै आएका छन् । जिल्लाका विपन्न परिवारलाई समूहमा आबद्ध गराई उनिहरुलाई आयआर्जनमा प्रत्यक्ष संलग्न गराउन यस कार्यक्रमले अग्रणी भूमिका निर्वाह गरेको छ ।
लक्षीत वर्गहरुले यस कार्यक्रमबाट राहतको महसुस गरेको प्रतिकृया दिन्छन् । यो यस्तो कार्यक्रम हो जसले गरिबको घरदैलोमा पुगेर उनिहरुको चाहाना अनुसार प्रत्यक्ष सरोकार राख्ने काम गर्दै आएको छ । आयआर्जन, क्षमता विकास,संस्थागत विकास,सिप विकास,साना भौतिक पूर्वाधार जस्ता कार्यक्रमले यस समुदायमा लाभ पुगेको छ । विपन्न परिवारले धेरै रुचाएको कार्यक्रमको रुपमा यस कार्यक्रमलाई लिन सकिन्छ ।विपन्न परिवारको जीवनस्तर माथी उठाइ उनिहरुको आयमूलक कृयाकलापलाई सम्मुन्नत मुलुक निर्माणको पुलमा जोड्नु मुख्य उद्येश्य हो । उनिहरुमा सकारात्मक सोंचको विकास गर्नुको साथै उनीहरुमा कार्यक्षमता, दक्षता ,क्रियाशिलता र उद्यमशिलता प्रर्बद्यन गरी व्यापक सहभागिताका साथ रोजगारी र व्यवसायिकीकरण गर्ने उद्येश्यले हरेक जिल्लामा गरिबसंग बिशेश्वर कार्यक्रमको सुरुवात भएको हो ।
विपन्नको परिभाषा विभिन्न मुलुकमा आ–आफ्नै किसिमले गरेको पाइन्छ । नेपालको सन्दर्भमा बार्षिक १६ हजार भन्दा कम आम्दानी हुने परिवारलाई विपन्न भन्ने गरीएको छ । आगामी १० वर्षभित्र राष्ट्रीय समृद्धि , समानता र सामाजिक न्याय हासिल गर्दै देशलाई अतिकम विकसित राष्ट्रबाट दु्रत विकाससिल राष्ट्रमा पु¥याउने सरकारको लक्ष्यमा यस कार्यक्रमले पनि केहि इटा थप्ने काम गर्ने उदेश्य राखिएको छ ।