तिलोत्तमाका किसानलाई बोयर प्रजातिको बोका अनुदान

बुटवल। तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा बोयर जातको बोका दिएको छ । नगरपालिका भित्र व्यावसायिक बाख्रापालनलाई प्रोत्साहन गर्न अनुदानमा बोयर बोका दिएको हो।

नगरपालिकाले प्रजनन प्रयोजनका लागि किसानलाई शतप्रतिशत अनुदानमा बोयर जातको बोका दिएको हो ।पशु सेवा शाखाले गरेको सूचनानुसार माग गर्ने पाँच बाखापालन फार्मलाई बोयर जातको बोका दिइएको नायब पशु सेवा प्राविधिक राजु कुँवरले जानकारी दिए ।नगर उपप्रमुख जागेश्वरी चौधरीले आज किसानलाई बोका हस्तान्तरण गर्दै नगरपालिकाले व्यवसायिक कृषि प्रवर्द्धनका लागि विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।किसानको मागलाई ध्यानमा राखी नगरपालिकाले वडा नं ७ को मिलिजुली बाख्रा पालन समूह, वडा नं ११ को भुजेल बाख्रा फार्म, वडा नं १२ का शान व्यावसायिक बाख्रा फार्म र पोख्रेली बाख्रा फार्म तथा वडा नं १ को लुम्बिनी गट फार्मलाई बोयर जातका बोका प्रदान गरेको हो ।

अनुदानमा दिइएका बोकाको तौल ३६ देखि ४२ किलोसम्म छ । सो अवसरमा किसानलाई आन्तरिक परजीवीविरुद्धको औषधिसमेत प्रदान गरिएको थियो ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.