• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ५. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • १०. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

किर्तिपुरः मेयर भर्सेज विद्यार्थी


  •   शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित
  • देश लकडाउन भएसँगै यातायात, कलकारखाना, व्यापार, व्यवसाय, विद्यालय, क्याम्पस, निजी तथा आवासीय विद्यालय, विश्वविद्यालय आदि शैक्षिक संस्थाहरू पूर्णरुपमा ठप्पछन् । सम्पूर्ण निकाय ठप्प भएसँगै शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूलाई खाद्यन्न समस्या परेको छ । खाद्यन्न समस्या परेपछि उनीहरू के खाने, कता जाने भन्ने चिन्ताले दिनहुँ पिरोलिन्छन् । उनीहरूको पीडालाई मध्यनजर गर्दै राज्यले कुनै राहत तथा सहयोगका लागि निश्चित मापदण्ड तय गर्नुपथ्र्यो । तथापि त्यस्तो खाले मापदण्ड तयार गर्न सकेन । बरू मजदुर, श्रमिक, गरीब तथा आर्थिक विपन्न किसानहरूलाई राहत वितरण तथा अनुगमनका लागी मापदण्ड तोकेको छ । बिडम्बना, हाम्रा अभिभावक एवं तीनै तहका सरकारहरूले विद्यार्थीका लागि राहत स्वरुप कुनै मापदण्ड नतोकेपछि राहत सामाग्री वितरण गर्न सरकारलाई सकस पर्नु स्वभाविक हो । त्यो स्वभाविकतालाई विद्यार्थीहरूले सरल ढंगबाट ग्रहण गरेका थिए । त्यो सरल ग्रहणशिलताको तात्पर्य भोको बस्नु होइन ।
    सुरु गरौँ, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र त्रिभुवन विश्वविदालयमा अध्ययनरत विद्यार्थी हेमराज थापाबीचको अन्तर कलहकाबारे । उक्त नगरपालिकाका मेयर रमेश महर्जन जनताबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनले पाँच वर्षसम्मका लागि नेपाल सरकारको नीति, निमय बमोजिम काम, कारवाही अगाडि बढाउँन पाउँछन् । उनलाई संघीयताले आफ्नो क्षेत्राधिकार वा नगरमा पूर्ण स्वायत्तता प्रदान गरेको छ । त्यो स्वायत्तता स्वच्छाचारी दुरुपयोग गर्न भने मेयरलाई छुटछैन । त्यसकालागि कानुन सधैँ जागा छ ।

    Advertisement

    मेयर महर्जन निर्वाचित भएयता उनले के गरे, के गरेनन्, के गनुपथ्र्यो ? यो कुरा डेरा गरेर दुईचार दिन बस्ने विद्यार्थीको काबुभन्दा बाहिरको कुरा हो । तर, गर्नै पर्ने कार्य भनेको वर्तमान संकटको समयमा चुनौतीको रुपमा खडा भएको राहत वितरण कार्य हो ।

    नगरक्षेत्रभित्र बसोबास गर्ने मजदुर, श्रमिक, आर्थिक, विपन्न किसानकालागि राहत वितरण मापदण्ड जसरी तय गरिएको छ । त्यसरी नै विद्यार्थीकाहरूका लागि पनि तय गर्नुपथ्र्यो । संयोगले आजसम्म त्यो मापदण्ड तय भएको कतै देखिएन । त्यसकालागि निश्चित मापदण्ड निर्धारण गरेको भए यो सामान्य कुरा सहजै हल हुन्थ्यो । र, यो विषयले उग्ररुप लिदैनथ्यो । यसकालागि नगर प्रमुख लगायत सिंगो नगरपालिकाको टिम मिलेर स्पष्ट राहत वितरण तथा अनुगमन मापदण्ड तयार गर्नुपर्छ ।
    यहीँ स्पष्ट मापदण्ड नहुनुले यतिबेला त्रि.वि. मा अध्ययरत विद्यार्थी हेमराज थापाले दुःख पाउँनु परेको छ भने मेयरको टाउको दुखाईको विषय भनेको छ । मेयरको टाउको दुखाई र हेमराजको दुःखको कारक हो, ‘राहत वितरण ।’ एउटा नेपाली उखान छ, ‘मर्नुभन्दा बौलाउँनु बेस ।’ यहीँ उखान यो संकटको घडीमा विद्यार्थीहरूमाथि चरितार्थ भएको छ ।

    देशभर लकडाउन छ । सारा नेपाल ठप्प छ । घर जाउ यातायातका साधन गुड्दैनन् । हिडेर जाउँ कयौँ गुणा दुरमा घर छन् । खाउ भने कोठामा गेडी चामल छैन । घरभेटी साँझ, विहान भाडा मागेर दिक्क पार्छन् । विचरा के गरून् उनीहरूले ।

    अरू सबथोक छोडेर भए पनि भोको पेटकालागि सरकारसँग हारगुहार गर्नै पर्यो । हारगुहार गर्दा पनि सरकारले नसुनेपछि भोकै मर्नुभन्दा बौँलाउँनकै लागि भएपनि उनीहरूले केहीँ उपाय अबलम्बन गर्न पाउँनुपर्यो ।
    त्यहीँ उपायको खोजीमा निस्किएका विद्यार्थी हेमराज थापा यतिबेला पुलिस, प्रशानको निगरानीमा छन् । उनी निगरानीमा रहनुको एउटै कारण थियो, ‘त्यहीँ राहत वितरण ।’ राहत वितरणका लागि कीर्तिपुर नगरपालिकाले स्पष्ट मापदण्ड तय गरेको छैन । र, विद्यार्थीका लागि उक्त नगरपालिकाले कुनै मापदण्ड अपानाएको पनि पाइदैँन । बरू केही हप्ता अगाडि अनलाइन फारम भर्न आह्वान गरेको थियो । त्यसमा कतिले भरे, कतिले भरेनन् । त्यो नगरपालिकाको स्वामित्व भित्रको विषय हो । यद्यपि संकटको घडीले च्याप्दै गएपछि विद्यार्थी भोकै बस्नुपर्ने बाध्यता खड्कियो । अनलाइन फारम छोडिदिए र उक्त बाध्यतालाई विद्यार्थी थापाले आफ्नो अभिभावक स्थानीय सरकार कीर्तिपुर नगरपालिका सामु सवाल तेस्र्याए । जवाफमा सरकारले भन्यो, ‘नगरसँग कुनै त्यस्तो व्यवस्था छैन, आफैले व्यवस्थापन गर्नुस् ।’ यतिसम्मको अख्तियारी आफ्नो अभिभावकबाट पाएपछि विद्यार्थी थापा ढुक्कले राहत संकलन गर्न प्रत्येक दातासँग पुगें । विचरा दातासँग बिन्ती बिसाए, पाउ परे, झुकें, ढोग गरे, आँसु बगाए, पसिना चुहाए र प्रशस्त राहत पाए । उनले कुनै राजनीतिक बल, धम्की वा शीर्षस्थ नेता प्रयोग गरेर संकलन गरेको राहत हुँदै होइन । उनले जे–जसरी राहत संकलन गरे र वितरण गरिदिए । अब रह्यो, त्यही आफू बस्ने कोठामा थन्काएको राहत वा खाद्यन्नको विषय । एकपटक मौन भएर सोचौँ, ‘कोठा भाडामा बस्ने विद्यार्थी हेमराज थापाको कीर्तिपुरमा न घर छ, न त ससुराली नै हो ।’ दाताले दिएको राहत कहाँ लिएर राखुन् त ? दाताले विश्वास मानेर दिलाएको राहत अन्तकतै राखेमा चोरी, पैठारी गर्यो भने उनै थापाले कानुनी सजाय पाउँदैनन् र ? सायद यहीँ मनसायले आफ्नो कोठामा राहत सामाग्री थन्काएको हुनुपर्छ । नियतबस् राखेको हो भन्नु सतही टिप्पणी हो । बरू उनले के गल्ती गरेका छन् भने जुन समयमा राहत संकलन गरेका हुन्, त्यही समयमा साथीहरूलाई खबर गरी वितरण गरिदिनु पथ्र्यो । उनको कमजोरी यहीँ हो । यो कमजोरी हेमराजले महसुस गर्नैपर्छ । कमजोरीलाई मुद्दा बनाएर नगरपालिका उनीमाथि खनिनु राम्रो होइन । कोठा भाडामा लिएर दुईदिन बस्ने विद्यार्थीलाई पुलिस, प्रशासन प्रयोग गर्नु कतिसम्मको निरिह बन्न खोजेको हो, सरकार ? यदि उनले त्यो राहत सामाग्री कतैबाट चोरी गरेर कोठामा थन्काएको हो भने कानुन बमोजिम कडा कारवाही गरिनुपर्छ । तर, उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सबै राहत संकलनको विवरण प्रष्टै राखेका छन् । फेसबुक लाइभमा आफ्नो स्पष्टिकरण र धारणा राखी सकेका छन् ।

    फेरी थापा पुलिस, प्रशासनको खोजी सूचीमा किन ? आफ्नो हात जगनाथ गर्न त मिल्दैन नि ! सरकार । आफैले राहत संकलन र व्यवस्थापन गर्नु भनेर अख्तियारी दिने अनि कारवाही पनि गर्न खोज्ने ? आफ्नै सन्तानमाथि निरंकुशता लाद्न पाईन्छ र ? कि यो लोकतन्त्र होइन, मेयरसाप ?

    मेयर रमेश महर्जनले विद्यार्थी हेमराज थापासँग पूर्वाग्रही राख्नुपर्ने कारण के होला ? एउटा विद्यार्थीको कोठा छापा हानेर पत्रकार सम्मेलन गर्नुपर्ने किन रहेछ ? पत्रकारले पनि समाचार लेख्नुपर्ने ? सारा अच्चमित छन् । थापा आफैले संकलन गरेको त्यतिधेरै राहत आफू एक्लैले त खाएनन् होला ? सबैले हेमराज थापाले दिएको राहत भन्दै हिड्छन्, चुह्लो बाल्छन् । उनको गुनगान गाउँछन् । थापालाई विद्यार्थीहरू नेता भनेर होइन, प्रिय साथी भनेर चिन्छन् । विद्यार्थीको सानो समस्यालाई पनि आफ्नै समस्याझैँ सम्झिन्छन् । र, विद्यार्थीहरूको भोको पेट भरिदिनु पाप त होइन होला ? भोकाएकालाई खाना दिनु, तिर्खाएकालाई पानी दिनु पाप त होइन । उनलेभन्दा कयौँ गुणा बढी राहत संकलन र वितरण गर्ने अन्य विद्यार्थी संघ, संगठनका नेता, कार्यकर्ताहरू माथि पूर्णरुपमा छुट छ । नियम, कानुन त सर्बोपरी हो । किन हेमराज थापालाई जस्तै गरेर उनीहरूलाई लगाम लगेन ? उहीँ माथि किन गिद्धे नजर लगाउँनु परेको हो ? पुलिस, प्रशासन उनको पिछा गर्दै दिनहुँ गस्तीमा किन धाउँछ ? नगरपालिका, मेयर जस्ता सरकारका अंग र सदस्यले त्यो बबुरो विद्यार्थीमाथि के गरेको हो ?यसरी कडाईकासाथ निगरानी गर्नै खोजेको हो भने त्रि.वि. र कीर्तिपुर नगरहाताभित्र राहत संकलन गर्ने र वितरण गर्नेको घर, कोठा, चोटा प्रहरीले छापा मार्न सक्नुपर्यो । हैन भने दुरका भोका विद्यार्थीहरूमाथि लात हान्नु किमार्थ राम्रो होइन । सरकार हेमराज थापा तिम्रै सन्तान हो, ‘पाले पुन्य, मारे पाप लाग्ला ।’

    नरेश राना, राजनीतिशात्र विभाग त्रिभुवन विश्वविद्यालय काठमाडौं ।

    शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation