काठमाडौ ।सत्तारुढ नेपाल कम्युनिष्ट्र पार्टि(नेकपा)की प्रभावशाली नेतृ तथा संबिधान सभा सदस्य रामकुमारी झाक्रीले सोमबार मन्त्रिपरिषदले गरेको दल बिभाजन संवन्धि अध्यादेशको कडा अलोचना गरेकी छिन । सासद झाक्रीले अर्काको पाटी बिभाजन गर्ने नाममा ल्याइएको उक्त अध्यादेशले भोलि आफुतिर नर्फकला भन्न नसकिने टिप्पणी गर्दै उक्त कार्यलाई जघन्य अपराधको समेत संज्ञा दिएकी छिन । उनले सामाजिक संन्जाल फेसबुकमा लेखेकी छिन
कमरेड ?
कानुनले पार्टी फूट्न र रोक्न दुबै सक्छ।जसको पार्टी बिभाजन गर्ने दिवासप्ना देखेर अध्यादेश ल्याए पनि त्यो अपराध हो। किन की आज हामीलाई राजनितीक एकता चाहिएको छ। बिभाजन होईन।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी ऐनको परिच्छेद ६ मा रहेको दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारले गरेको सिफारिसअनुसार सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी पनि गरेकी छन् ।उक्त व्यवस्थाअनुसार अब कुनै पनि दल विभाजन गर्न दलको केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत मत भए पुग्छ । यसअघि केन्द्रीय समिति र ससदीय दल दुबैतिर ४० प्रतिशत मत पुर्याउनुपर्ने व्यवस्था थियो ।