महाराजगंज क्वारेन्टाइनमा माछा, मासु र शाकाहारी खानाको ब्यवस्था

कपिलवस्तु ।कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा स्थापना गरीएको क्वारेन्टाइनमा बसेकालाई विभिन्न सुविधा दिएको पाइएको छ । महाराजगन्ज नगरपालिका वडा नं ४ बराईपुरमा स्थापना गरिएको क्वारेन्टाइनमा बसेकाहरु अहिले सन्तुष्ट रहेका छन ।क्वारेन्टाइन स्थापना गर्दा विभिन्न समस्या रहेपनी अहिले राम्रो सुबिधा भएको क्वारेन्टाइनमा बसेका राजपुरका वरिस धोबीले बताए । उनले भने अहिले घर भन्दा क्वारेन्टाइन भएको छ हप्ताको २ दिन माछा मासु र ५ दिन शाकाहारी खाना पाएका छौ आनन्दले बसेका छौ कुनै टेन्सन छैन। महाराजगन्ज नगरपालिका वडा नं ४ का अध्यक्ष शुशिल कुमार चौधरीले क्वारेन्टाइनमा सबै ब्यवस्थापन गरेको बताए । महाराजगन्ज नगरपालिकाको निर्देशन अनुसार सबै ब्यवस्थापन भएको चौधरीले बताए । वडाले खाना बस्ने ब्यवस्थापन राम्रोसँग मिलाएकोले क्वारेन्टाइनमा बसेकालाई सजिलो भएको चौधरीले बताए ।बराइपुर क्वारेन्टाइन अहिलेसम्म ११ जना रहेका छन ।बराईपुर स्वास्थ चौकीका इन्चार्ज पित्तम्बर यादव, अहेव राजाराम बराई, अहेव प्रेम सगर चौधरी र कार्यालय सहायोगी अनुरुद्र प्रसाद चौधरीले क्वारेन्टाइनमा बसेकालाई हेरिरहेका छन ।

Sharing Now!

You might also like

Comments are closed.