तिनाउ मिसन डेभलप्मेन्ट बैकद्वारा खाद्यान्न वितरण

बुटवल । तिनाउ मिसन डेभलप्मेन्ट बैक लिमिटेड तामनगर शाखाद्वारा खाद्यान्न सामाग्री वितरण गरिएको छ । बुटवल १२ तामनगर स्थित चौराह टोल र समावेसि टोलका विपन्न परिवारलाई लक्षीत गरी बैकले सो राहत सामाग्री वितरण गरेको हो । बुटवल १२ का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी र बैकका स्टाफको उपस्थितीमा दुवै टोलामा रहेका १८ विपन्न घरपरिवारलाई ५० केजि चामल, २ कार्टुन तेल र २५ केजी दाल हस्तान्त्रण गरिएको तिनाउ मिसन डेभलप्मेन्ट बैंक लिमिटेड तामनगर शाखा प्रमुख निशा थापाले जानकारी दिनुभयो ।कोरोना भाईरसको यस विषम परिस्थितीमा लकडाउनका कारण ज्यालादारीमा काम गरि खाने विपन्न परिवारलाई थोरै भएपनि राहत पुगोस भन्ने उद्येश्यका साथ खाद्यन्न सामाग्री वितरण गरिएको शाखा प्रमुख निशा थापाले जानकारी दिनुभयो । साथै आगामी दिनहरुमा पनि लक्षीत वर्गलाई सहयोग गरि रहने उहाँको भनाई थियो ।

Sharing Now!

You might also like

Comments are closed.