स्वर्गद्वारीलाई राजमोले दियो ५ सय केजी चामल

प्यूठान । स्वर्गद्वारी नगरपालिका प्यूठानको विपद कोषमा राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगर कमिटीले ५ सय केजी चामल उपलब्ध गराएको छ ।
राष्ट्र लकडाउनको समयमा विपन्न तथा मजदुर परिवार भोकै बस्न नपरोस भनी यो कोषमा राहत स्वरूप खाद्य सामाग्री उपलब्ध गराएको राजमो नेता तथा वडा नम्बर ६ का वडा अध्यक्ष गिर बहादुर गुरुङले बताउनु भयो । गुरुङले भन्नुभयो ,” यो समयमा पर्ने हरेक संकटको समाधानको लागि हामी सधै जनताको साथमा छौं । जनता आत्तिनु पर्दैन ।” राजमोका नगर कमिटीका सचीव गंगाराम वि. सी. ले नगरपालिकाको कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने गरि नगर प्रमुख नेत्र बहादुर रोका क्षेत्रीलाई राहत हस्तान्तरण गर्नु भएको हो ।

Sharing Now!

You might also like

Comments are closed.