स्वास्थ्य सामग्री ल्याउन सेनालाई दिएको जिम्मा फिर्ता : सांसद चाैधरी

ओमप्रकाश गुप्ता,दाङ। दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मेटमणी चाैधरीले संकटका बेला नेपाल सरकारले चिनबाट अाैषधी लगायतकाे स्वास्थ्य सामग्री ल्याउने जिम्मेवारी नेपाली सेनालाई दिइएकाे प्रति अापत्ती जनाएका छन् । उनले अाफ्नो फेसबुक स्टाटस मार्फत सो अापत्ती जनाएका हुन् । उनले सेनालाई अाैषधी ल्याउने जिम्मेवारी दिदा हामी केही पनि गर्न सक्दैनाै सबै भ्रष्टचारी छाै । जनताकाे बिश्वास गुमाएकाेले याे सबै कामकाे जिम्मेवारी नेपाली सेनालाई दिएकाे र दाेस्राे नेपालकाे शासन सत्ता पनि सेनालाई नै सुम्पिने जस्ता कुराले दुखी बनाएको बताएका छन् ।
संकटकाे समयमा हामी सक्षम छाै । संकटकाे सामना गर्न सक्छाै भन्ने बलियाे मनाेबिज्ञान निर्माण गर्ने समयमा नेपाल सरकार यसबाट चुकेकाे उनले बताएका छन् । यसलाई पुन: स्थापित गर्नुपर्ने देखिएकाेले सेनालाई दिएकाे जिम्मेवारीलाई पुन: फिर्ता गरि साे कार्य विधि पुरयाएर नेपाल सरकारले नै फास्ट ट्रेयक बिधिबाट गर्नुपर्ने बताएका छन् ।
जसले जे भने पनि याे निर्णय अालाकाँचा निर्णय नै हाे । पाका नेताहरूका क्याबिनेट र नेतृत्व हुँदा पनि यस्ताे निर्णय हुनु शाेभनिय बिल्कुलै हाेइन । यस बिषयमा नेताहरू पुन: बिचार गर्नुपर्ने जरूरी देखिन्छ कि त अाफूलाई असक्षम घाेषण गरेर हात माथि उठाउनु पर्ने बताएका छन् ।

Sharing Now!

You might also like

Comments are closed.