आगलागीबाट ५ घरगोठ,१ पसल र २ भान्साघर जलेर नस्ट

ओमप्रकाश गुप्ता,गढवा। दाङ देउखुरीको गढवा गाउँपालि का वडा नम्बर ६ मनिकापुुरमा बिहीवार दिउसो करिब ३ बजेर ५० मिनटमा एक्कासी आगलागी भएको छ।आगलागीबाट ३ घर,२ गोठ,एक घुुम्ती पसल र २ भान्साघर पुुर्णरुपमा जलेर खरानी भएका छ । आगलागीबाट स्थानीय बिष्णुु रानाको घर तथा भान्साघर,भक्तबहादुुर सुुनारको गोठ,कृष्णबहादुुर सुुनारको पसल र घर तथा ऋषि रानाको घर,गोठ तथा भान्साघर नष्ट भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।आगलागीबाट घरमा रहेका लत्ता कपडा,खाद्यान्न,काठपात तथा फर्निचर र महत्वपुुर्ण कागजातहरु सबै जलेको अग्नीपिडीतहरुले बताएका छन्। आगलागी भएको खबर आएपछि गढवा गाउँपालिकाको दमकल र इलाका प्रहरी तथा स्थानीयले आगो निभाउने कार्यमा सहयोग गरेको र पछि लमही नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो। दुुवै दमकलमा पानी सकिएपछि पुुन राप्ती नदीमा गएर पानी ल्याई आगोलाई पुुर्णरुपमा निभाइएको गढवा गाउँपालिकाका बिपद् ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले जानकारी दिएका छन्। आगलागीबाट क्षतिको बिवरण भने यकिन भएको छैन । प्रहरी कार्यालयको मुुचुुल्का तयार भएपछि मात्र क्षतिको विवरण आउने बताइएको छ । स्थानीय भक्तबहादुुर सुुनारको गोठ नजिकै बिद्युुत्तको ट्रान्फार्मर रहेको र सो को फ्युुजबाट निस्किीएको झिल्काले आगलागी भएको स्थानीयहरुले बताएका छन् ।

Sharing Now!

You might also like

Comments are closed.