कामना डेली। केही समय अघि सामाजिक सञ्जालमा एउटा तस्वीर एकाएक भाइरल भयो। तस्वीरमा देखिएका व्यक्ति थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका माहिलो भाइ र उनले टेम्पो चलाएर आफ्नो गुजारा चलाउने गरेको जानकारी दिएको थियो ।समाचार माध्यमहरुले जनाएअनुसार नरेन्द्र मोदी एकदमै इमान्दार रहेको र आफ्नो परिवारलाई आफ्नो पदमार्फत फाइदा लुट्न नदिएको भनेर विश्लेषण गर्न गरिएको छ । पहिले यो तस्वीर श्यामनारायण शर्माले आफ्नो फेसबुकवालमा राखेका थिए । जसमा भनिएको छ ‘मोदीजीका माहिला भाई टेम्पो चलाएर परिवार पालिरहेका छन । र यहाँ अन्य विधायकका परिवार भने एसी गाडीमा घुमि रहेका छन, त्यस लगत्तै त्यो पोस्ट यति भाइरल बन्यो कि केही समयमै हजारौंले लाइक र सेयर गरे । तस्वीरमा मोदी जस्तै देखिने ब्यक्ति टेम्पोमा बसेका छन् । र सो तस्वीर अन्य धेरै व्यक्तिहरुले पनि लाईक सेयर गरेको पाईछ ।तर, त्यो तस्वीर मोदीका भाइको नभएको तथ्य पछि पत्ता लागेको थियो । यस सम्बन्धी जानकारी सन् २०१६ मै फोर्थ डट इन नामक साइटमा प्रकाशित भइसकेको थियो । उनी अदिलावादस्थित अटो ड्राइभर भएको र उनी हेर्दा प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै देखिने समाचार त्यति बेलै नै सार्वजनिक भएको थियो ।
भारतीय प्रधानमन्त्री मोदीका भाइ टेम्पो चालक !
भारतीय प्रधानमन्त्री मोदीका भाइ टेम्पो चालक !
Advertisement
तपाईको प्रतिक्रिया