• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

  • ९. लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

  • १०. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

इस्मा आगोलागीबाट १९९ जना नागरिक प्रभावित


  •   बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिमा आगोलागीबाट १९९ जना नागरिक प्रभावित भएका छन् । गएको वैशाख ८ गते शनिबार दिउँसो स्थानीय सामुदायिक जंगलबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौंको क्षती भएको थियो ।
    आगोलागीबाट घर गोठ जलेर नष्ट हुँदा १९९ जना नागरिक प्भावित भएका हुन् । घर जल्दा खुल्ला आकाश मुनी बस्न बाध्य नागरिम अहिले छिमेकीको घरमा आश्रय लिएर बस्दै आएका छन् ।
    आगोलागीबाट इस्मा गाउँपालिकाका विभिन्न वडाहरुमा क्षति पुगेको छ । गाउँपालिकाको वडानम्बर–२ को सिदुङखा, हाडीखोला, मैनडाँडा, वडानम्बर–४ को कोटकोटेरी टिम्लेखर्क, मडकिन र वडानम्बर–६ को बुल्ममा आगोलागीबाट २६ वटा घर गोठ जलेर नष्ट भएका छन् ।
    त्यस्तै ४९ वटा गोठ जलेर नष्ट भएका छन् । आगोलागीमा एउटा ट्याक्टरमा आगोलागी हुँदा २ जन घाइते भएका छन् । ५६ वटा पशुचौपाय जलेर नष्ट भएका छन् ।
    ग्नी पिडितहरुका लागि विभिन्न संघ संस्थाले राहत सामाग्री प्रदान गर्ने क्रम बढदै गएको छ । जिल्ला र जिल्ला बाहिरबाट विभिन्न संघ संस्थाले अग्नी पिडितहरुका लागि सामाग्री पुर्याउने काम गरेका छन् ।
    यसै क्रममा रोटरी क्लव गुल्मी रेसुङ्गा, र कपडा तथा फेन्सी व्यवसायीले खाद्यन्न, कपडा, बाल्टी, जग लगायतका सामाग्रीहरु सहयोग गरेका छन् । त्यस्तै गुल्मी उद्योग वाणिज्य संघ, विभिन्न स्थानका सम्पर्क मञ्च लगायत अरु धेरै संघसंथाले सहयोग गरेका छन् ।
    राहत वितरणका लागि एकद्धार प्रणालीबाट प्रदान गरिएको छ। विभिन्न संघ संस्थाले प्रदान गर्ने राहतलाई स्थानीय स्तरमा समिति बनाएर वितरण कार्यलाई प्रभावकारी बनाइएको छ ।
    अहिले पहिलो चरणको राहत सहयोगका काम सम्पन्न भएका छन् । जस अनुसार प्रभावित नागरिकलाई खाद्यन्न, लत्ताकपडा लगायत दैनिक उपभोग्य सामग्रीहरु सहयोग प्राप्त भएको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए ।
    अब सामाग्रीहरुको सहयोग भन्दा पनि आवास निर्माण गर्न नगद रकम सहयोग गर्न सबै पालिकाले आग्रह गरेको छ । वर्खा लाग्ने समय ढिप्की थालेकाले वर्खा अगाबै वस्ती निर्माण गर्नका लागि नगद रकम आवश्यक पर्ने भएकाले अबको चरणमा नगद रकम सहयोग गरिदिन अध्यक्ष खड्काले आग्रह गरे ।
    गाउँपालिकाले राहत र उद्धारको काम तिब्र रुपमा अगाडी बढाएको छ । आगोलागी प्रभावित क्षेत्रमा रहेका विद्यार्थीहरुको कपडा सिलाउन पालिकाले कपडा सहित गाउँमै सिलाइ दिने व्यवस्था मिलाएको छ ।

    Advertisement

    गाउँपालिकाले एक लाख दिने
    अग्नी पीडितहरुको आवास निर्माणका लागि इस्मा गाउँपालिकाले एक लाख रकम उपलब्ध गराउने भएको छ । गाउँ कार्यपालिकाको बैठकले अग्नी पीडितहरुको आवास निर्माणका लागि निर्णय गरेको हो । पालिकाले निर्णय गरे अनुसार घर निर्माण प्रक्रिया अगाडी बढाइने भएको छ ।
    अग्नी पीडितहरुको भत्केका संरचना हटाउन पालिकाले इच्छुक सबै नागरिकलाई श्रमदान गरेर सहयोग गर्न आग्रह गरेको छ । अग्नी पीडितहरुका लागि मौसम जन्य बिपत अन्तर्गत संघ, प्रदेश र स्थानीय तहको साझेदादारीमा जमा चार लाख पाउने छन् ।
    प्रतिघर ५ लाख रुपैयामा अग्नी पीडितका आवास निर्माण हुनेछन् । अग्नी पीडितहरुले अत्यावश्यक सामाग्रीको राहत पाएसँगै अब तत्कालै बस्ने आवास निर्माण गरिदिन आग्रह गरेका छन् ।
    वर्खा लाग्ने समय आउन लागेकाले छिट्टै नै आवास निर्माण गर्ने काम गरिदिन अग्नी पीडित इन्द्रबहादुर कुँवरले बताए ।
    सरकारी र नीजि क्षेत्रको सहयोगबाट प्रथम चरणमा खाद्यन्न लगायतका सामाग्री सहयोग भएपनि अग्नी पीडितको मुख्य चिन्ता घर निर्माणको छ । आगेलागीबाट भत्केका संरचना हटाउने कार्य र घर निर्माणका लागि आवश्यक रहेको अग्नी पीडित घनबहादुर कुँवरले बताए ।
    अहिले गर्मी र सुख्खायाम शुरु भएसँगै आगोलागीका घटनाहरु दैनिक जसो बढ्दै गएका छन् । आगोलागीबाट सबैभन्दा धेरै क्षति एउटै गाउँ सिदुङखामा, हाडीखोला, मैनडाँडामा भएको छ । आगोलागीले धेरै क्षती भएको स्थलमा नेपाल प्रहरी र नेपाली सेनाले जलेका पशु पंक्षीलाई व्यवस्थापन गर्ने कार्य गरेका छन् । आगोलागी प्रभावित नागरिकहरुको स्वास्थ्य परीक्षणका लागी स्वास्थ्यकर्मी खटिएर स्वास्थ्य जाँचको निगरानी बढाइरहेका छन् ।
    आगोलागी प्रभावित क्षेत्रमा खानेपानी विद्युतको सम्पर्क टुटेको थियो । अहिले प्रभावित क्षेत्रमा खानेपानी मर्मतको काम सम्पन्न भएको छ । विद्युत सञ्चालन गर्नका लागि काम भइरहेको छ ।
    त्यस्तै विभिन्न संघ संस्थाले प्रभावित क्षेत्रमा पुगेर राहत सामाग्री पुर्याउने काम गरेका छन् । पीडितलाई आधारभूत आवश्यकताका आधारमा राहात दिलाउने काम भइरहेको छ ।
    जंगलसँगै बस्ती पनि आगोले सखाप बनेपछि हरियोसँगै सुकेका पनि सबै घाँस नष्ट हुँदा बाँचेका पशुचौपायलाई बचाउन समस्या छ । त्यसका लागि अनेत्र ठाउँबाट घाँस संकलन गरेर प्रभावित क्षेत्रमा लैजाने काम भइरहेको छ ।
    हावाहुरीसँगै हावाहुरीकै बेगमा बस्तीमा पसेको आगोले आफ्नै आँखा अगाडी सबै सखाप पार्दा आगलागी घटनास्थलका नागरिकमा ठूलो चोट पुगेको छ । घरमा भएको सबै श्रीसम्पति जलेर सकिदा नागरिक सबै गुमेपछि पिडामा छन् ।

    बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता
    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
    बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • २.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ३.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ७.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ८.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation