• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, कार्तिक ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ४. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ५. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

इस्मा आगोलागीबाट १९९ जना नागरिक प्रभावित


  •   बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिमा आगोलागीबाट १९९ जना नागरिक प्रभावित भएका छन् । गएको वैशाख ८ गते शनिबार दिउँसो स्थानीय सामुदायिक जंगलबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौंको क्षती भएको थियो ।
    आगोलागीबाट घर गोठ जलेर नष्ट हुँदा १९९ जना नागरिक प्भावित भएका हुन् । घर जल्दा खुल्ला आकाश मुनी बस्न बाध्य नागरिम अहिले छिमेकीको घरमा आश्रय लिएर बस्दै आएका छन् ।
    आगोलागीबाट इस्मा गाउँपालिकाका विभिन्न वडाहरुमा क्षति पुगेको छ । गाउँपालिकाको वडानम्बर–२ को सिदुङखा, हाडीखोला, मैनडाँडा, वडानम्बर–४ को कोटकोटेरी टिम्लेखर्क, मडकिन र वडानम्बर–६ को बुल्ममा आगोलागीबाट २६ वटा घर गोठ जलेर नष्ट भएका छन् ।
    त्यस्तै ४९ वटा गोठ जलेर नष्ट भएका छन् । आगोलागीमा एउटा ट्याक्टरमा आगोलागी हुँदा २ जन घाइते भएका छन् । ५६ वटा पशुचौपाय जलेर नष्ट भएका छन् ।
    ग्नी पिडितहरुका लागि विभिन्न संघ संस्थाले राहत सामाग्री प्रदान गर्ने क्रम बढदै गएको छ । जिल्ला र जिल्ला बाहिरबाट विभिन्न संघ संस्थाले अग्नी पिडितहरुका लागि सामाग्री पुर्याउने काम गरेका छन् ।
    यसै क्रममा रोटरी क्लव गुल्मी रेसुङ्गा, र कपडा तथा फेन्सी व्यवसायीले खाद्यन्न, कपडा, बाल्टी, जग लगायतका सामाग्रीहरु सहयोग गरेका छन् । त्यस्तै गुल्मी उद्योग वाणिज्य संघ, विभिन्न स्थानका सम्पर्क मञ्च लगायत अरु धेरै संघसंथाले सहयोग गरेका छन् ।
    राहत वितरणका लागि एकद्धार प्रणालीबाट प्रदान गरिएको छ। विभिन्न संघ संस्थाले प्रदान गर्ने राहतलाई स्थानीय स्तरमा समिति बनाएर वितरण कार्यलाई प्रभावकारी बनाइएको छ ।
    अहिले पहिलो चरणको राहत सहयोगका काम सम्पन्न भएका छन् । जस अनुसार प्रभावित नागरिकलाई खाद्यन्न, लत्ताकपडा लगायत दैनिक उपभोग्य सामग्रीहरु सहयोग प्राप्त भएको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए ।
    अब सामाग्रीहरुको सहयोग भन्दा पनि आवास निर्माण गर्न नगद रकम सहयोग गर्न सबै पालिकाले आग्रह गरेको छ । वर्खा लाग्ने समय ढिप्की थालेकाले वर्खा अगाबै वस्ती निर्माण गर्नका लागि नगद रकम आवश्यक पर्ने भएकाले अबको चरणमा नगद रकम सहयोग गरिदिन अध्यक्ष खड्काले आग्रह गरे ।
    गाउँपालिकाले राहत र उद्धारको काम तिब्र रुपमा अगाडी बढाएको छ । आगोलागी प्रभावित क्षेत्रमा रहेका विद्यार्थीहरुको कपडा सिलाउन पालिकाले कपडा सहित गाउँमै सिलाइ दिने व्यवस्था मिलाएको छ ।

    Advertisement

    गाउँपालिकाले एक लाख दिने
    अग्नी पीडितहरुको आवास निर्माणका लागि इस्मा गाउँपालिकाले एक लाख रकम उपलब्ध गराउने भएको छ । गाउँ कार्यपालिकाको बैठकले अग्नी पीडितहरुको आवास निर्माणका लागि निर्णय गरेको हो । पालिकाले निर्णय गरे अनुसार घर निर्माण प्रक्रिया अगाडी बढाइने भएको छ ।
    अग्नी पीडितहरुको भत्केका संरचना हटाउन पालिकाले इच्छुक सबै नागरिकलाई श्रमदान गरेर सहयोग गर्न आग्रह गरेको छ । अग्नी पीडितहरुका लागि मौसम जन्य बिपत अन्तर्गत संघ, प्रदेश र स्थानीय तहको साझेदादारीमा जमा चार लाख पाउने छन् ।
    प्रतिघर ५ लाख रुपैयामा अग्नी पीडितका आवास निर्माण हुनेछन् । अग्नी पीडितहरुले अत्यावश्यक सामाग्रीको राहत पाएसँगै अब तत्कालै बस्ने आवास निर्माण गरिदिन आग्रह गरेका छन् ।
    वर्खा लाग्ने समय आउन लागेकाले छिट्टै नै आवास निर्माण गर्ने काम गरिदिन अग्नी पीडित इन्द्रबहादुर कुँवरले बताए ।
    सरकारी र नीजि क्षेत्रको सहयोगबाट प्रथम चरणमा खाद्यन्न लगायतका सामाग्री सहयोग भएपनि अग्नी पीडितको मुख्य चिन्ता घर निर्माणको छ । आगेलागीबाट भत्केका संरचना हटाउने कार्य र घर निर्माणका लागि आवश्यक रहेको अग्नी पीडित घनबहादुर कुँवरले बताए ।
    अहिले गर्मी र सुख्खायाम शुरु भएसँगै आगोलागीका घटनाहरु दैनिक जसो बढ्दै गएका छन् । आगोलागीबाट सबैभन्दा धेरै क्षति एउटै गाउँ सिदुङखामा, हाडीखोला, मैनडाँडामा भएको छ । आगोलागीले धेरै क्षती भएको स्थलमा नेपाल प्रहरी र नेपाली सेनाले जलेका पशु पंक्षीलाई व्यवस्थापन गर्ने कार्य गरेका छन् । आगोलागी प्रभावित नागरिकहरुको स्वास्थ्य परीक्षणका लागी स्वास्थ्यकर्मी खटिएर स्वास्थ्य जाँचको निगरानी बढाइरहेका छन् ।
    आगोलागी प्रभावित क्षेत्रमा खानेपानी विद्युतको सम्पर्क टुटेको थियो । अहिले प्रभावित क्षेत्रमा खानेपानी मर्मतको काम सम्पन्न भएको छ । विद्युत सञ्चालन गर्नका लागि काम भइरहेको छ ।
    त्यस्तै विभिन्न संघ संस्थाले प्रभावित क्षेत्रमा पुगेर राहत सामाग्री पुर्याउने काम गरेका छन् । पीडितलाई आधारभूत आवश्यकताका आधारमा राहात दिलाउने काम भइरहेको छ ।
    जंगलसँगै बस्ती पनि आगोले सखाप बनेपछि हरियोसँगै सुकेका पनि सबै घाँस नष्ट हुँदा बाँचेका पशुचौपायलाई बचाउन समस्या छ । त्यसका लागि अनेत्र ठाउँबाट घाँस संकलन गरेर प्रभावित क्षेत्रमा लैजाने काम भइरहेको छ ।
    हावाहुरीसँगै हावाहुरीकै बेगमा बस्तीमा पसेको आगोले आफ्नै आँखा अगाडी सबै सखाप पार्दा आगलागी घटनास्थलका नागरिकमा ठूलो चोट पुगेको छ । घरमा भएको सबै श्रीसम्पति जलेर सकिदा नागरिक सबै गुमेपछि पिडामा छन् ।

    बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ४.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ५.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation