दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका-१९ छिल्लीकोटमा रहेको कालिका-मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्ने तीन महिलालाई प्रहरीले पक्राउ परेका छ ।
माताको भेषमा आएर मूर्ति चोरी गर्ने तुलसीपुर-१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।
आइतबार दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो ।
तीनै जनाले आफूहरूलाई माता भन्दै भगवानले घण्टी माग गरेकाले मन्दिरबाट मूर्ति र घण्टी उठाएको बताएका छन्। उनीहरुलाई सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाइ थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
Advertisement