गुल्मी । गुल्मीमा बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरलले बताउनुभयो ।
शुक्रबार दिउसो बल्छिबाट माछा मार्न भनि बाडिगाड खोलामा गएको मियाँ घरमा नआएपछि खोजने क्रममा खोला किनारमा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको कमाण्डमो टोली खटिएको डिएसपी पोखरलले बताउनुभयो ।
शबलाई पोष्टमार्टको लागि गुल्मी अस्पताल ल्याइदै छ ।
Advertisement