सुनवल।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दशै तिहार र छठ पर्वलाइ मध्यनजर गर्दै सडक सभ्यता हाम्रो चाहना , सुरक्षित यात्राको सबैमा शुभकामना तीन दिने कार्यक्रमको शुरुवात गरेको छ ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले सुनवल १२ भुमहीमा कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उदेश्यले संचालन गरिएको यस कार्यक्रममा चालक तथा यात्रुहरुलाई सुरक्षित यात्राको शुभकामना दिने तथा चालकहरुलाई सुरक्षित हिसाबले सवारी हाक्न अनुरोध र चेतनामुलक पर्चा पम्पेट समेत वितरण गरीएको छ ।साथै नजिकिदैं गरेका पर्वहरुलाई द्यानमा राखेर यात्रुहरुको सुरक्षा तथा सहयोगार्थ पश्चिम नवलपरासी अन्तर्गत सदरमुकाम परासी, भुमही, बर्दघाट र महेशपुरमा यात्रु सहायता कक्ष समेत संचालनमा ल्याईएको छ । बाटोमा अलपत्र परेका यात्रुहरुलाई गन्तब्यमा पुग्न मद्धत गर्ने, यात्रुहरुको गुनासो सडकमै सुन्ने र समाधान गर्ने तथा यात्रुहरुलाई सुरक्षित यात्राको अनुभुति गराउने उदेश्यका साथ यात्रु सहायता कक्ष संचालन गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासील जनाएको छ ।
पश्चिम नवलपरासीमा यात्रु सहायता कक्ष संचालन
पश्चिम नवलपरासीमा यात्रु सहायता कक्ष संचालन

Advertisement
तपाईको प्रतिक्रिया