टुआर क्षेत्री,प्यूठान।प्यूठान जिल्ला सदरमुकाम खंलगामा जिल्ला स्तरिय खुल्ला पुरुष फुट्वल प्रतियोगिता संचालन हुने भएको छ। ‘देशको लागि युवा, युवाका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्यूठानको मल्लरानी गाउँपालिका ४ खलगाको टुडिखेलमा फुटवल प्रतियोगिता सन्चालन हुने आयोजकले बताएको छ । आयोजकका अनुसार आगामी असोज १५ गते देखि १७ गते सम्म खेल सन्चालन गरिने छ। बडा दशैको अवसर पारेर क्रिकेट फुटबल क्लब खलङगाको आयोजना तथा मल्लरानी गाउँपालिकाको आर्थिक सहयोगमा खेल सञ्चालन हुने क्लवका अध्यक्ष सन्दिप श्रेष्ठले जानकारी दिनु भयो । जसमा प्रथम पुरस्कार नगद रु ३० हजार र द्धितिय पुरस्कार पन्ध्र हजार साथमा मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ । साथै उत्कृष्ट गोलकिपर ,म्यान अफ द म्याच र म्यान अफ द सिरिजलाई उचित पुरस्कार सँगै प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको हो। आयोजकले जिल्ला स्थित फुटबल खेलाडी, क्लव तथा खेलप्रेमि महानुभावलाई सहभागि हुन आयोजकले आग्रह समेत गरेका छ ।
प्यूठानमा जिल्ला स्तरिय फुटवल प्रतियोगिता हुने
प्यूठानमा जिल्ला स्तरिय फुटवल प्रतियोगिता हुने

Advertisement
तपाईको प्रतिक्रिया