गुल्मीमा पहिलो पटक डेंगु,५ जना संक्रमित

गुल्मी । गुल्मीमा पहिलो पटक डेंगु रोगको संक्रमण देखिएको छ । जिल्लाको सत्यवती गाउँपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आएका ५ जना बिरामीमा डेगुंको संक्रमण देखिएको हो । गाउपालिकाका ५ जना डेगुंका बिरामीहरु देखा परेको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डक्टर शिला ढकालले बताइन् । बिरामीहरु मध्ये तीन जनाको स्थानिय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको र अन्य २ जनाको बुटवलमा उपचार भइरहेको ढकालले जानकारी दिइन् ।जिल्लामा डेगुको सक्रमण बढन नदिन र देखिएमा तत्काल उपचार गर्न जिल्ला अस्पताल तम्घासले सार्वजनिक सुचना मार्फत अपिल गरेको छ ।

Sharing Now!

You might also like

Comments are closed.