लागु औषध सहित दुई युवक पक्राउ

माधव बेल्वासे,कपिलवस्तु।कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिवार विहान १ चन्द्रौटा चोक नेपालगंज जाने वाटोमा संकास्पद रुपमा हिडिरहेका दुई युवालाई चेकजाच गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा घोराही उप माहानगरपालिका वडा न १८ ढोडने बस्ने २० वर्षीय रजिनेस बुढा र सोहि ठाउँ बस्ने नरेश विक रहेका छन ।उनिहरुको साथ वाट डाइज्पम २ एम एलको सिसि ३७ पिस,नुकिन २ एम एलको ३८ पिस,प्रोमथाईजिगं हाईड्रो क्लोराईड इन्जेक्सन २ एम एल को ३९ सिसि फेला परेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक मोतिलाल योञ्जनले वताए ।

Sharing Now!

You might also like

Comments are closed.