कक्षा ११को नतिजा:देउखुरीमा गोरखा स्कुल प्रथम

शिवु खनाल,देउखुरी।राष्ट्रिय परिक्षा वोर्ड नेपालले लिएको कक्षा ११ को परिक्षाको समग्र नतिजामा गोरखा ग्रुपद्धारा संचालित गोरखा स्कुल तुलसिपुरले विज्ञान संकायमा ३.८६ जि.पि.ए अंक लिए प्रथम भएको छ । यस्तै व्यवस्थापन संकायमा ज्ञानज्योती तुलसिपुरले ३.८३ जि.पि.ए ल्याइ प्रथम भएको हो । यस्तै गोरखा ग्रुपद्धारा संचालित गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीले विज्ञान संकायमा ३.३३ ल्याइ र व्यपस्थापन संकायमा ३.३९ अंक ल्याइ दुवै संकायमा देउखुरी क्षेत्रमै प्रथम भएको छ । स्थापना कालको प्रथम वर्षमै गोरखा स्कुल लमहीले कक्षा ११ र १२ मा देउखुरी क्षेत्रमा उत्कृष्ट नतिजा दिनसक्नुले देउखुरी गुणस्तरीय शिक्षामा अगाडि बढ्दै भएको पुष्टि भएको छ ।।

Sharing Now!

You might also like

Comments are closed.