पेस्तोल सहित चार जना पक्राउ

काठमाण्डौँ । पेस्तोल सहित काठमाडौंमा चार जना पक्राउ परेका छन। महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रहरी टोलीले असोज ८ गते विहान साढे ११ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो ।निजहरूको साथबाट प्रहरीले पेस्तोल १ थान, म्यागजिन १ थान र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड बरामद गरेको छ ।काठममाण्डौँ महानगरपालिका ९ शम्भुमार्ग स्थित एभरेष्ट होलीडे ईन होटलको ४०४ नम्बर रूमबाट बालुवाटार बस्ने उदयपुर कटारीका भिम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भिम बहादुर माझी, बल्खु बस्ने सिन्धुलिकै प्रदिप माझी र सितापाईला बस्ने लोकेन्द्र बहादुर आलेलाई पक्राउ गरेको छ ।घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Sharing Now!

You might also like

Comments are closed.