प्रदेश ५ का स्थानिय तहमा थालियो डेंगु नियन्त्रण अभियान

कामना डेली,रुपन्देही। पाँच नम्बर प्रदेशका विभिन्न स्थानिय तहले डेंगु नियन्त्रण गर्न अभियान थालेका छन। उनिहरुले डेंगु रोग महामारीका रुपमा फैलन नदिन अभियान थालेका हुन। यश प्रदेशका बुटवल उपमहानगरपालिका,कपिलवस्तुको शिवराज नगरपालिका, रुपन्देहीका तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभियान चलाएका छ्न। स्थानिय निकायहरुले आफ्नो क्षेत्र भित्र डेंगु सार्ने एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको बासस्थान र लार्भा नस्ट गर्ने काम सुरु गरिएको छ भने प्रत्येक घरमा पुगेर ज्वरो आएका र डेंगु लागेका विरामीको तथ्यांक संकलन गर्ने काम गरिरहेका छ्न। अभियान अन्तर्गत पानी जम्ने ठाउँ नष्ट गर्ने, पानी ट्यांकीलाई छोपेर राख्न सुझाव दिने, फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्न सुझाव दिने, बाहुला भएका वा शरीर ढाकिने लुगा लगाउन र झुलको प्रयोग गर्न सुझाव दिने, लामखुट्टे भगाउने मल्हम प्रयोग गर्न, घर वरिपरि सफाई गर्ने र पानी जम्ने खाल्डाखुल्डी पुर्न नगरबासीलाई सचेत गराउदै आएका छन । स्थानिय सरकारले डेगुं नियन्त्रणका लागि स्वाथ्यकर्मी र स्वयम्सेविका समेत परिचालन गरेको जनाएका छन ।

Sharing Now!

You might also like

Comments are closed.