• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

खाऊँ भने थालमा किरा, नखाऊँ भने पेटमा भोकका किरा


  •   बिहिबार, कार्तिक ०८, २०७५ मा प्रकाशित
  • भरतपुर : ‘मध्यरातमा एकान्तमा लगेर खाना खान गाडी रोक्यो’, काठमाडौंबाट दाङ हिँडेका यात्रु कमल नेपालीले भने, ‘खाऊँ भने थालमा किरा, नखाऊँ भने पेटमा भोकका किरा।’ चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा सोमबार राति १२ बजे खाना खाँदै गर्दा थालमै किरा भेटिएको उनले सुनाए। उनले होटल सञ्चालकलाई यसबारे जानकारी गराउँदा पनि वास्ता नगरेको बताए।

    Advertisement

     

    राजमार्गका होटलले चरम लापरवाही गरेका कारण यात्रुहरू अस्वस्थ खाना खान बाध्य भएका हुन्। राजधानी भित्रिँदा र बाहिरिँदा लामो यात्रा गर्नेहरू सबैभन्दा ठूलो समस्यामा पर्ने गरेका छन्। तराईलाई राजधानी काठमाडौं जोड्ने मुख्य सडक मुग्लिन–नारायणगढ आसपासका होटलले दूषित र फोहोर खाना खुवाउने गरेको पाइएको छ।

    लामो यात्राका बसले लेवाटार, कुरिनघाट, कुरिनटार, मुग्लिन, जुगेडी, रामनगरलगायत क्षेत्रमा यात्रुलाई खाना खुवाउँछन्। तिनमा बासी र फोहोर खाना खुवाउने क्रम रोकिएको छैन। ‘भोकाएको बेला सुरूमा त सरासर खाएँ’, नेपालीले भने, ‘थप खाना माग्दा किरै देखियो।’ यस्ता होटलले यात्रुको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै प्रशासनले कारबाही गर्नुपर्ने उनले बताए।

    रामनगरमा खाना खान रोकेका बस तथा यात्रु।

    बाटोको बासी खानाले घर पुग्दा बिरामी हुनुपरेको अनुभव अर्का यात्रु बर्दियाका सन्देश रेग्मीले पनि सुनाए। ‘स्वस्थ्य अवस्थामा बस चढेको मान्छे घर पुग्दा बिरामी पर्छ’, रेग्मीले भने। नाफा मात्रै कमाउने नाममा यात्रुको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको उनको आक्रोश छ।

    यात्रुलाई खाना खुवाएबापत बस चालकलाई भत्ता दिने काम बन्द नगरिएसम्म यात्रु सधैं बासी खाना खान बाध्य हुने दाङ तुलसीपुरका नरेश चन्दले बताए। ‘हेर्दा ताजा देखिए पनि बासी खाना मिसाएर खुवाउने हुँदा विश्वासै गर्न सकिन्न’, चन्दले भने।

    यात्रुलाई बासी र फोहोर खाना खुवाएको भन्दै लेवाटारका दुईवटा होटल दसैंअघि नै प्रशासनको टोलीले अनुगमन गरी बन्द गराएको छ। ‘होटल सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा नगरेकाले दुई होटलमा सिलबन्दी गरेका छौं’, जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रवीणकुमार तिवारीले भने, ‘ती खुलेका छैनन्। कानुनी प्रक्रिया र मापदण्ड पूरा गरेपछि मात्रै ती खोल्न पाउँछन्।’

    चालकलाई होटलद्वारा कमिसन

    मुख्य राजमार्ग क्षेत्रका होटलमा बस रोकेबापत चालकसहितको समूहलाई होटल सञ्चालकले कमिसन दिने गरेका छन्। होटलमा धेरै ग्राहक तान्न उनीहरूले प्रतिबस एक हजारदेखि पच्चीस सय रूपैयाँसम्म कमिसन दिने गरेका छन्।

    प्रत्येक बस चालकलाई एक हजार पाँच सय रूपैयाँ कमिसन दिने गरेको इच्छाकामना ४ लेवाटारस्थित होटल एन्ड खाजा घरका सञ्चालक इन्द्रबहादुर आलेमगरले स्वीकारे। ‘चालकलाई कमिसन नदिए व्यवसाय ठप्प हुन्छ’, उनले भने, ‘नदिऊँ भन्दा कोही मान्दैनन्। एक्लैले रोकेर हुँदो रहेनछ। भत्ता नदिई सुखै छैन।’ आलेले केही समय कमिसन नदिँदा होटलमा गाडी नै नरोकेपछि पुनः दिन बाध्य भएको उनले सुनाए।

    लेवाटार, कुरिनटार, जुगेडी, रामनगरका होटलले चालकलाई भत्ता दिएर खानासमेत खुवाउँछन्। रामनगरस्थित सुष्मा होटलका सञ्चालक माधव गौतमले भने, ‘चालकलाई कमिसन नदिइए होटल नै बन्द गर्नुपर्ने अवस्था आउँछ।’ सोही स्थानको न्यू शिवशक्ति होटलले भने प्रतिबस एक हजार पाँच सय रूपैयाँ कमिसन दिने गरेको सञ्चालक विनोद भण्डारीले स्वीकारे।

    मौवाखोलादेखि रामनगरसम्म रागमार्गका होटलमा दैनिक पाँचदेखि २५ बस रोकिन्छन्। जिल्ला प्रशासन कार्यालय चितवनले होटल व्यवसायी संघसँग छलफल गरेर यस्तो कमिसन बन्द गराउने जनाएको छ। ‘कुनै पनि होटलले चालकलाई कमिसन दिन मिल्दैन’, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भने, ‘हामी थप अध्ययन गर्छौं।’

    खसीको भन्दै बाख्रीको मासु

    रामनगरका होटलमा खसीको भन्दै बाख्रीको मासु बेच्ने गरेका स्वयं होटल सञ्चालकले स्वीकारे। कानुनअनुसार बाख्रीको बध गरेर मासु बेच्न पाइँदैन। रामनगरका होटलले भने खुलेआम खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने गरेका छन्। ‘भन्दा खसीको भनिए पनि बाख्रीको मासु नै बेच्ने गरेका छौं’, न्यू शिवशक्ति होटलका सञ्चालक भण्डारीले भने, ‘यहाँका सबै होटलमा बाख्रीकै मासु हुन्छ।’

     

    प्रशासन कार्यालयले खसीको भन्दै बाख्रीको मासु बेच्नेलाई कारबाही गर्ने बताएको छ। ‘एक महिनाअघि भरतपुरको मालपोत चोकमा रहेको मिराज मिट सप्लायर्स र अर्मान मिट सप्लायर्सलाई कारबाही गरेका थियौं’, चितवनका प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘होटलमा खसीको भन्दै बाख्रीको मासु पुर्याएर बेच्ने र होटल सञ्चालकलाई पनि हामी कारबाहीको दायरामा ल्याउनेछौं।’खाद्य पदार्थ झुक्याएर बेच्नेलाई कालोबजारी ऐनअन्तर्गत जरिवाना र जेल सजायसमेत हुने कानुनी प्रावधान रहेको उनले बताए। अन्नपूर्ण बाट

    बिहिबार, कार्तिक ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation