• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, माघ ०६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

लोकप्रिय समाचार

  • १. ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

  • २. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • ३. औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र मरिच आयात खुला

  • ४. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ६. कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

  • ७. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ८. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • ९. जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

  • १०. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

प्रधानमन्त्री ओलीको विकल्प कोही छैन, न प्रचण्ड न माधव नै : सिपी गजुरेल


  •   बुधबार, कार्तिक ०७, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अहिले नेकपाभित्र कोही पनि नरहेको बताएका छन् । उनले भने,‘प्रचण्डको अहिले प्रधानमन्त्री हुने कुनै संभावना छैन । प्रचण्डमात्रै होईन, ओलीको विकल्प अहिले माधव नेपालपनि होईन । संविधानतः ओलीको अहिले विकल्प छैन् । सडक आन्दोलनबाट चाहीँ हटाउन विकल्पै विकल्प छन् ।’

    बुधबार काठमाडौमा भएको साक्षात्कारमा गजुरेलले प्रधानमन्त्री ओली नेतृत्वको सरकार कुनै हालतमा पनि सफल नभएको दाबी भने गरे । उनले भने,‘ओली सरकारले जनताको आँखामा छारो हाल्ने कामभन्दा अरु केही गर्न सकेको छैन । यो सरकारलाई सफल सरकार भन्ने ठाउँ छैन् ।’

    उनले भने,‘ओली सरकारको ७ महिनाको क्रियाकलाप र गतिविधि हेर्दा पूर्ण रुपमा असफल भयो । यसलाई सफल भन्ने केही पनि आधार छैन् ।’ ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेदेखि पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उनले गुनासो पोखे । उनले भने, ‘त्यसको असर खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुमा परेको छ । दशैंअघि १२० रुपैयाँ पर्ने च्याउ दशैंको मुखमा २२० पर्यो, यसमा १०० प्रतिशत मुल्यबृद्धि भएको छ ।’

    नेता गजुरेलले साढे ३३ केजी सुन प्रकरणको बारेमा सरकारले केही समय हल्लीखल्ली मच्चाए पनि अहिले त्यो सुननै गायब भएको आरोप लगाए । उनले भने, ‘शान्ति, सुरक्षाको अवस्था त्यस्तै छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको यत्तिका दिन भयो । तर, अहिलेसम्म बास्तविक अपराधी पत्ता लगाउन सकेको छैन । प्रधानमन्त्री ओलीले अपराधी पत्ता लगाउन १२ वर्ष लाग्नसक्छ भन्नुभयो । उहाँले यतिका वर्ष भैसक्यो मदन भण्डारीको हत्यारा पत्ता लगाउन सकिएको छैन भन्दै उदाहरण दिनुभयो ।’

    मुलुकको राष्ट्रिय स्वाधिनता रक्षा गर्न पनि सरकार चुकेको उनले आरोप लगाए । उनले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आँउदा जनकपुरमा ओली र मोदीले लगाएको पोशाक हेर्नुभए पुग्छ, मोदी आँउदा २५० जना स्पेशल कमाण्डरहरुले हिमालदेखि तराईसम्म परेड खेले । नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरा अहिले भारतमा परेका छन् । त्यही नक्शा प्रधानमन्त्री कार्यालयमा झुण्डाएर राखिएको छ । ७ वटा प्रदेशमा प्रत्येक प्रदेशको १००१९ वर्ग किलोमिटर क्षेत्रफल पुग्दैन् । कहाँ हरायो ? भन्नेबारे सरकारलाई केही थाहा छैन् ।’

    चिकित्सा क्षेत्रको सुधारको लागि २७ दिनसम्म अनशन बसेर डाक्टर गोविन्द केसीले सरकारसँग सम्झौता गरेको तर, सरकारले सदनमा त्योसम्बन्धी कुनै काम नगरेको उनको आरोप लगाए । उनले भने,‘सदनमा डाक्टर केसीको माग पूरा गराउन कुनै विद्येयकनै टेबुल भएन् । अहिले मेडिकल साईन्स पढ्ने प्रति विद्यार्थीबाट ३५ लाख बढी रकम असुली भैरहेको छ । भ्रष्टाचार त्यसैगरि मौलाएको छ । यी सबै कुरामा सरकार असफल भैसकेको छ ।’

    प्रधानमन्त्री ओलीले अब प्रत्येक नेपालीको घरको चुलोमा विजुलीको तार पुर्याउने भनेर हिजो सम्बोधन गरेकोप्रति टिप्पणी गर्दै गजुरेलले भने,‘विजुलीको तार त अहिलेपनि छ नि । जनताको आँखामा यसरी छारो हाल्ने काम गरिएको छ । योभन्दा हाँस्यस्पद अरु के हुन्छ ?’ उनले वर्तमान सरकार दुई तिहाई बहुमतको भएको उल्लेख गर्दै अहिले संविधानतः सरकारलाई हटाउन नसकिने बताए ।

    गजुरेलले भने, ‘यो मन नपरेको र असफल भैसकेको सरकारलाई जनताले कति दिन र वर्ष बोकेर हिड्नुपर्ने हो ? सरकारलाई हटाउन पनि सकिँदैन् । संविधानमा नै त्यस्तो प्रावधान राखेको छ । असफल सरकार बोकेर हिड्नुपर्ने नेपाली जनताको नियति ? यो संविधानको असफलता हो । जनतालाई नै बोझ भएको सरकार हटाउन नपाउने ? संविधानमा त्यो अधिकार खोसिएको छ ।’

    उनले अब यो सरकारलाई हटाउने एउटै उपाय अब सडक आन्दोलनमात्रै रहेको सुनाए । उनले भने,‘सडक आन्दोलनबाटमात्रै सरकार हटाउन सकिन्छ । हिजो सडक आन्दोलनबाट पञ्चायत ढल्यो । राजतन्त्र ढल्यो । ओली नेतृत्वको सरकारलाई संविधानतः हटाउनै सकिँदैन् । अब सडकबाटमात्रै हटाउन सकिन्छ । यो ७ महिनामा हामीले धेरै भोगिसकेका छौं । यो संविधान जनताको पक्षमा छैन् । खारेज गर्नुपर्छ । जनगणतन्त्र संविधान बनाउनुपर्छ । यो संविधान त्यस्तो छैन् ।’

    कहिलेकाहीँ त आफूहरुलाई कम्युनिष्ट भन्नपनि लाजै लागेर आउने उनले सुनाए । उनले भने,‘नेकपाले पनि हामी कम्युनिष्ट भन्छ । अहिले नेकपाकै सरकार छ । जनताले यो सरकारलाई थुकिराखेका छन् । त्यसैले कहिलेकाहीँ कम्युनिष्ट भन्नपनि हामीलाई लाजै लाग्छ ।’

    बुधबार, कार्तिक ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने
    नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता
    जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली
    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति
    तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म
    राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

    लोकप्रिय

    • १.
      ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    • २.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • ३.
      औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र

    • ४.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ५.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ६.
      कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

    भर्खरै

    • १.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • २.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ३.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ४.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    • ५.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • ६.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ७.
      अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

    • ८.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...