• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

लोकप्रिय समाचार

  • १. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल


  •   आइतबार, साउन १०, २०८३ मा प्रकाशित
  • दाङ — नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्रकै आन्तरिक कमजोरीका कारण एमाले अहिलेको अवस्थामा पुगेको स्वीकार गरेका छन्। उनले पार्टीलाई पुनर्जीवित गर्न वैचारिक पुनर्गठन, शुद्धीकरण र जनतामुखी कार्यशैली आवश्यक रहेको बताएका छन्।
    आइतबार एमाले लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा उनले विगतका कमजोरी समयमै सुधार्न नसक्दा पार्टीले ठूलो राजनीतिक क्षति बेहोर्नुपरेको बताए। “हाम्रै कमजोरीले यो अवस्था आएको हो। कार्यकर्तामा चरम निराशा छ। पार्टी जीवनकै सबैभन्दा ठूलो पराजय यही हो,” उनले भने।
    पोखरेलले भूमिहीन, श्रमजीवी, किसान, विद्यार्थी, शिक्षक र युवालगायत पार्टीका परम्परागत आधार वर्ग एमालेबाट टाढिएको स्वीकार गरे। सरकारमा हुँदा न्याय, सुशासन, सस्तो शिक्षा, स्वास्थ्य र रोजगारीको प्रत्याभूति दिन नसकिएको भन्दै उनले त्यसले जनविश्वास कमजोर बनाएको बताए।
    उनले पार्टी सरकारमुखी बन्न खोज्दा जनतासँगको सम्बन्ध कमजोर भएको स्वीकार गर्दै अब माथिबाट निर्देशन होइन, स्थानीय कमिटीले आफ्नै निर्णय गरेर जनतामाझ जानुपर्ने धारणा राखे। सूचना प्रविधि र सामाजिक सञ्जाललाई प्रभावकारी रूपमा उपयोग गर्न नसक्दा पनि पार्टी पछि परेको उनको भनाइ थियो।
    प्रदेश सरकारमा नयाँ सत्ता समीकरणबारे बोल्दै पोखरेलले कांग्रेससँग सहकार्य गर्ने पक्षमा एमाले रहे पनि नेतृत्व परिवर्तनमा सहमति नजुट्दा नयाँ गठबन्धन बनेको दाबी गरे।
    यसैबीच, प्रदेश कमिटी बैठकले २१ जना सदस्य मनोनयन गरेको छ। प्युठानबाट धर्म गिरी, अर्घाखाँचीबाट जीवनारायण कोइरालासहित विभिन्न जिल्लाका नेताहरू प्रदेश कमिटीमा मनोनीत भएका छन्।
    बैठकमा अन्तरपार्टी निर्देशन, सदस्यता नवीकरण, ‘मिसन पार्टी जागरण’ अभियान, सचिवालय विस्तार, जिम्मेवारी बाँडफाँट र मातहत कमिटीका गतिविधिबारे छलफल भएको प्रचार विभाग प्रमुख डीआर घिमिरेले जानकारी दिए।

    Advertisement

    आइतबार, साउन १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ४.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ७.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ८.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation