• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ८. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ९. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • १०. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल


  •   आइतबार, साउन १०, २०८३ मा प्रकाशित
  • दाङ — नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्रकै आन्तरिक कमजोरीका कारण एमाले अहिलेको अवस्थामा पुगेको स्वीकार गरेका छन्। उनले पार्टीलाई पुनर्जीवित गर्न वैचारिक पुनर्गठन, शुद्धीकरण र जनतामुखी कार्यशैली आवश्यक रहेको बताएका छन्।
    आइतबार एमाले लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा उनले विगतका कमजोरी समयमै सुधार्न नसक्दा पार्टीले ठूलो राजनीतिक क्षति बेहोर्नुपरेको बताए। “हाम्रै कमजोरीले यो अवस्था आएको हो। कार्यकर्तामा चरम निराशा छ। पार्टी जीवनकै सबैभन्दा ठूलो पराजय यही हो,” उनले भने।
    पोखरेलले भूमिहीन, श्रमजीवी, किसान, विद्यार्थी, शिक्षक र युवालगायत पार्टीका परम्परागत आधार वर्ग एमालेबाट टाढिएको स्वीकार गरे। सरकारमा हुँदा न्याय, सुशासन, सस्तो शिक्षा, स्वास्थ्य र रोजगारीको प्रत्याभूति दिन नसकिएको भन्दै उनले त्यसले जनविश्वास कमजोर बनाएको बताए।
    उनले पार्टी सरकारमुखी बन्न खोज्दा जनतासँगको सम्बन्ध कमजोर भएको स्वीकार गर्दै अब माथिबाट निर्देशन होइन, स्थानीय कमिटीले आफ्नै निर्णय गरेर जनतामाझ जानुपर्ने धारणा राखे। सूचना प्रविधि र सामाजिक सञ्जाललाई प्रभावकारी रूपमा उपयोग गर्न नसक्दा पनि पार्टी पछि परेको उनको भनाइ थियो।
    प्रदेश सरकारमा नयाँ सत्ता समीकरणबारे बोल्दै पोखरेलले कांग्रेससँग सहकार्य गर्ने पक्षमा एमाले रहे पनि नेतृत्व परिवर्तनमा सहमति नजुट्दा नयाँ गठबन्धन बनेको दाबी गरे।
    यसैबीच, प्रदेश कमिटी बैठकले २१ जना सदस्य मनोनयन गरेको छ। प्युठानबाट धर्म गिरी, अर्घाखाँचीबाट जीवनारायण कोइरालासहित विभिन्न जिल्लाका नेताहरू प्रदेश कमिटीमा मनोनीत भएका छन्।
    बैठकमा अन्तरपार्टी निर्देशन, सदस्यता नवीकरण, ‘मिसन पार्टी जागरण’ अभियान, सचिवालय विस्तार, जिम्मेवारी बाँडफाँट र मातहत कमिटीका गतिविधिबारे छलफल भएको प्रचार विभाग प्रमुख डीआर घिमिरेले जानकारी दिए।

    Advertisement

    आइतबार, साउन १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु
    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • २.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ६.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ७.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ८.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation